काठमाडौँ, असार-३०, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ७ मन्त्री र एक राज्यमन्त्री मागेका छन् । यादव निकट स्रोतका अनुसार यादव पक्षको यस मागमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक छन् ।
यादव पक्ष साउन ३ गते पछि सरकारमा सहभागी हुने भएको छ । साउन ३ मा निर्वाचन आयोगले आधिकारिकताको फैसला सुनाउने यादव पक्षका नेताहरूको बुझाई छ । आयोगले आधारिकताको फैसला सुनाए पछि सरकारमा जाने यादव पक्षको तयारी छ ।
यादव पक्षका एक नेताले भने, ‘सरकारमा हामीले नेपाली कांग्रेस र माओवादी केन्द्रको हाराहारीमा संख्या माग गरेका छौ । यसमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष सकारात्मक हुनु भएको छ ।’ती नेताले भने,‘यसअघि, ओली सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा हाम्रो पार्टी विभाजित भयो । त्यसैले यस पटक कम्तीमा ८ जना व्यक्तिलाई मन्त्री बनाउन हाम्रो बाध्यता छ । हाम्रो बाध्यतालाई देउवा र दाहालले बुझ्नु भएको छ ।’
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग निकट मानिएका केही सांसद आफूतिर आउने ती नेताले दाबी गरे । उनले भने,‘कित्ता परिवर्तन गरेका सांसदहरूलाई मन्त्री बनाउनु पर्ने हाम्रो बाध्यता हुन्छ ।’ प्रमोद साहले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । यसै गरी ठाकुर पक्षका अमृता अग्रहरी र रानी मण्डल पनि यादव पक्षसँग निकट भएको स्रोतले बतायो । ठाकुरले बोलाएको पछिल्लो बैठकमा अग्रहरी र मण्डल सहभागी भएका थिएनन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )