काठमाडौं, असार-१३, काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् । निषेधाज्ञाकै बीच सवारीसाधनमा जोरबिजोर लागु गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सार्वजनिक सवारीसाधनमा जोर बिजोर लागु गरिने तर कस्तो कस्तो अवस्थामा कडाइ गर्ने भन्नबारे अहिले निर्णय हुन नसकेको जानकारी दिनुभयो । उपत्यकाको तीन वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको बताइएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदा कस्ता मापदण्डमा कडाइ गरिने भन्नेबारे छलफल जारी रहेको बताइएको छ । यसको निर्णय आज निकाल्न नसक्दा बैठक थाती राखेका र भोलि बिहान १० बजे पुन: बैठक बसेर निर्णय निकालिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
सार्वजनिक यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य गरी सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )