• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन २६, बुधबार (५ साल अघि)

शिवरात्री र शिकारीको कथा

फाईल तस्विर

  • १७८७ पटक पढिएको
  • एक पल्ट पार्वतीजीले भगवान् शिवशङ्करसँग सोधिन्, ‘यस्तो कुन चाही श्रेष्ठ तथा सरल व्रत-पूजन छ, जसबाट मृत्युलोकका प्राणीले तपाईको कृपा सजिलै प्राप्त गर्दछन ?’ उत्तरमा शिवजीले पार्वतीलाई ‘शिवरात्री’को व्रतको विधान बताएर यो कथा सुनाए- ‘एउटा गाँउमा एक शिकारी बस्तथ्यो। पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पालनपोषण गर्थ्यो।

    ऊ एउटा साहूको ऋणी थियो, ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसले त्यो ऋण चुकाउन सकेको थिएन। भाका नाघेपछि एक दिन क्रोधित साहूले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्री थियो।’

    शिकारी ध्यानमग्न भएर शिव सम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्री व्रतको कथा पनि सुन्यो। कथा श्रवणको प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुक्ता गर्ने वचन दिएर बन्धनबाट छुट्यो।

    आफ्नो सधैंको दिनचर्या सरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोक प्यासबाट व्याकुल थियो। एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो। बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन ।

    रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे। यसरी दिनभरि भोकै-प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो। एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीणीले भनी, ‘म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु।

    यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु!’ शिकारीले प्रत्यञ्चा खुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो ।

    केही बेरपछि एउटा अर्को पोथी मृग पुनः तालाउमा देखा पर्यो। शिकारीको प्रसन्नताको ठेगान भएन। नजीकै आएपछि उसले धनुषमा बाण चढायो। तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगीणीले विनम्रतापूर्वक निवेदन गरी, ‘हे शिकारी! म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु। यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौंतारिदै छु। म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजीक आउने छु।’

    शिकारीले उसलाई पनि छाड्यो। दुईदुई पटक शिकारलाई गुमाएर उसको टाउको रन्कियो। उ चिंतामा डुब्यो। रातको अन्तिम पहर बित्यो। त्यसवेला एउटी अर्की मृगिणी आफ्ना बच्चाहरूसँगै त्यही ठाउँमा आइपुगी। शिकारीका लागि यो स्वर्णिम अवसर थियो। उसले धनुषमा बाण चढाउन ढिलो गरेन ।

    उसले अस्त्र प्रयोग गर्नै आँटेको मात्र के थियो, त्यस मृगले पनि अनुरोध गरी, ‘हे शिकारी!’ म यी बच्चाहरूलाई यिनका पिताको जिम्मा लगाएर फर्की आउने छु, त्यसैले अहिले मलाई नमार। शिकारी हाँस्यो र भन्न थाल्यो, आँफू अगाडि आएको शिकारलाई म कसरी छाडौं, म मूर्ख त हैन नि! यसभन्दा पहिले नै मैले दुईपल्ट आफ्नो शिकार गुमाइसकेको छु। मेरा बच्चाहरू भोक र प्यासले घरमा छटपटिंदै होलान् म चाँहि हातमा आएको शिकार त्याग्दै बस्दै गरेको छु।

    उत्तरमा मृगिणीले फेरि पनि अनुरोधात्मक स्वरमा भनी, तिमीलाई जसरी आफ्ना बालबच्चाको ममताले सताउँदै छ, ठीक त्यस्तै अवस्था हो मेरो पनि। त्यसैले केवल बालबच्चाका निमित्त केही बेरका लागि जीवनदानको याचना गर्दछु। हे मनुष्य! मेरो विश्वास गर, म यिनलाई यिनका पिताका जिम्मा लगाएर तुरुन्त फर्कने प्रतिज्ञा गर्दछु। मृगको दीन वचन सुनेर शिकारीलाई त्यसमाथि पनि दया पलायो। उसले त्यो शिकार पनि त्याग गर्यो ।

    शिकारको अभावमा बेल वृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो। अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले, त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो। शिकारीले यसको शिकार चाँहि अवश्य गर्नुपर्ने विचार गर्यो। शिकारीले हान्न ठिक बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, हे शिकारी भाइ! यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनीत कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन।

    म ती मृगिणीहरूको पति हूँ। यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर। म तिनीहरूसँग भेट गरी तिम्रा सामु उपस्थित हुनेछु। मृगका कुरा सुनेपछि शिकारी सम्मुख पूरा रातको घटनाचक्र घूम्यो, उसले सारा कथा मृगलाई सुनायो। तब मृगले भन्यो, ‘मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिमा तिनीहरूको कार्य सम्पन्न हुनेछैन।

    अतः जसरी तिमीले उनलाई विश्वासपात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जानदेऊ। म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु।’ जानीनजानी उपवास, रात्रि-जागरण तथा शिवलिङ्गमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो। उनमा भगवद्शक्तिले निवास गरेको थियो। धनुष तथा बाण उनको हातबाट सहजै छूट्न पुग्यो। भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक भाव विभोर भयो।

    त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आफू पश्चातापको ज्वालामा बल्न लाग्यो। केहीबेरपछि त्यो मृग सपरिवार शिकारीसमक्ष उपस्थित भयो। जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानि भयो। उसका आँखाबाट आंसुको वर्षा हुन थाल्यो।

    उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो। देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए। घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे। शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो’।(कथा विकिपिडियाबाट)

    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
    २ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    २ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ३ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • ३ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ४ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ५ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ५ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution