• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ फागुन ८, शनिबार (५ साल अघि)

समाचार सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेषण हुन सकेन

फाईल तस्विर

  • १०१९ पटक पढिएको
  • विभिन्न घटनामा आधारित रहेका समाचारहरु तथ्यमा भन्दा बढी सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेसण हुन सरकारी कार्यालयका प्रवक्ताहरुले चिन्ता व्यक्त गरेका छन्  । प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाण्डाैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न सरकारी कार्यालयका प्रवक्ताहरुले सही सूचनामा आधारित समाचार प्रसारण हुन छाडेको गुनासो गरेका हुन् ।

    खासगरी अपराध अनुसन्धानसँग जोडिएका विषयहरुमा कसले छिटो समाचार लेख्ने भन्ने प्रवृति रहेको र यसले अनुसन्धानमा असर पुर्‍याउने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो । समाचार लेखेकै आधारले अनुसन्धानको ट्रयाक बिग्रने गरेको उहाँको गुनासो छ ।

    नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले समाचार र समाचारको शिर्षक फरक हुने गरेको पाइएकोले त्यसको अनुगमन प्रेस काउन्सिलले गर्नुपर्ने बताउनुभयो । कुनैपनि पत्रकारले मिडिया हाउस परिवर्तन गरेपछि आफ्नो परिचय नदिई सूचना माग्ने प्रवृतिले पनि सूचना प्रवाहमा समस्या हुने गरेको पौडेलले बताउनुभयो ।

    सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले को पत्रकार हो, कुन मिडियाको पत्रकार हो र उसको जिम्मेवारी के हो भन्ने किसिमको परिचय थाहा पाउनै कठिन हुने गरेको बताउनुभयो । खासगरी सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुमा सबैभन्दा बढी समस्या रहेको पनि उहाँले बताउनुभयो । यस्तै अपराधिक क्रियाकलाप गर्न खोज्ने मनसाय राखि पत्रकारिता गर्नेहरुमाथि निगरानी राख्नुपर्ने पनि उहाँले बताउनुभयो ।

    गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले धेरै प्रत्रकारहरुलाई आचारसंहिताको बारेमा जानकारी नै नहुँदा समाचार सम्प्रेषणमा समस्या हुने गरेको बताउनुभयो । सन्तुलित र मर्यादित पत्रकारिताको अपेक्षा गरिएको र त्यसका लागि विभिन्न कार्यक्रमहरु गरी जानकारी दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालको संविधानले प्रेस स्वतन्त्रताको कुरा गरेको बताउनुभयो । तर उच्च पदस्थहरुको विरोध गर्‍यो भने चर्चित भइन्छ भन्ने कुराले पत्रकारहरुमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । राष्ट्रले गरेको काममा सकारात्मक सन्देश दिएमा राष्ट्रिय एकता सद्भावमा बल पुग्ने तर पत्रकारहरुमा त्यस्तो मनस्थिति कम देखिने गरेको बताउनुभयो ।

    राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनले पत्रकारहरुलाई जिम्मेवार भएर रिपोर्टिङ गर्ने कुरामा प्रेस काउन्सिलले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खासगरी महिला सम्बन्धी घटनामा पत्रकारहरुले गोपनियतामा ध्यान नदिएको पाइएको उहाँले बताउनुभयो ।

    राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले पत्रकारहरुलाई हुने थ्रेटमा राज्यका निकायहरुले सम्बोधन गरिदिने वातावरण बन्नुपर्ने बताउनुभयो । पत्रकारलाई आफ्नै कारणले कुनै थ्रेट भएको खण्डमा पत्रकार आफैले समेत सच्याउनुपर्ने बताउनुभयो । सच्याइने कामको नेतृत्व प्रेस काउन्सिलले गर्नुपर्ने बताउनुभयो ।

    सूचना तथा प्रसारण विभागका प्रवक्ता इश्वरराज दाहालले कुनैपनि मिडिया दर्ता भइसकेपछि उक्त मिडियामा काम गर्ने पत्रकारलाई परिचयपत्र जारी गरिने र त्यही परिचयपत्रको आधारमा जुनसुकै ठाउँबाट सूचना संकलन गर्न सक्ने बताउनुभयो । यो विषय पनि पत्रकार आचारसंहितासँग जोडिने भएकोले त्यसको नियमन गर्न विद्यमान ऐन कानूनमा संशोधन आवश्यक रहेको बताउनुभयो ।

    प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको परिचय र सञ्चार माध्यम खुल्दैन र सूचना लिएर कहाँ प्रयोग गर्न खोजेको छ भन्ने कुरा स्पष्ट नभएसम्म सूचना नदिन आग्रह गर्नुभयो । पत्रकारलाई चिनेर मात्रै सूचना दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्ने र त्यो ठिक छ की छैन भनेर हेर्ने काम प्रेस काउन्सिल नेपालले गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

    २ हफ्ता अघि

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

    १ महिना अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा


  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • २ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

  • ३ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • ३ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution