• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०७७ पौष ८, बुधबार (५ साल अघि)

पार्टी फुटाएपछि कार्यालय कब्जामा, धुम्बाराहीदेखि धनगढीसम्म कहाँ कसले कब्जा गरे ?

फाईल तस्विर

  • ९३८ पटक पढिएको
  • नेकपा दुई चिरामा विभाजन भएसँगै आधिकारिक नेकपा को भन्ने विवाद सुरु भएको छ । सोही विवाद सुरु भएसँगै दुवै पक्षले देशभरका पार्टी कार्यालयमा तालाबन्दी गर्न थालेका छन् ।

    तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच ३० महिनाअघि पार्टी एकीकरण भएको थियो । तर, मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधव नेपाल समूहले बेग्लाबेग्लै बैठक गरेर औपचारिक रूपमा पार्टी विभाजनमा लागे ।

    प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले अध्यक्ष ओलीलाई पदबाट हटाएर उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णयसमेत गरेको छ ।

    उता, ओलीले प्रचण्ड-माधवलाई १ पुसमै कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाएको सार्वजनिक भएको छ । नेकपा विभाजनपछि आधिकारिक नेकपा को भन्ने अब निर्वाचन आयोगले फैसला गर्ने छ ।

    पार्टीको केन्द्रीयदेखि जिल्ला कार्यालयसम्म ताला 

    पार्टी विभाजन भएपछि पार्टी कार्यालय कब्जामा लागेका छन् नेकपाका नेता तथा कार्यकर्ता । नेकपा केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षले ताला लगाएको छ । सोमबारदेखि नै धुम्बाराहीको पार्टी कार्यालयमा ओली पक्षले ताल लगाएका हुन् ।

    धुम्बाराही पार्टी कार्यालय तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय हो । तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा छ । पार्टी एकीकरणपछि भने देशभर नै नेकपाका पार्टी कार्यालय साझा भएका थिए ।

    अहिले पूर्वमाओवादी पक्ष मात्र नभएर पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितको ठूलो हिस्सा विभाजन भएका कारण पार्टी कार्यालयका निम्ति ठूलो झगडा हुने देखिएको छ ।

    कैलालीको धनगढीस्थित नेकपा पार्टी कार्यालयमा दुवै पक्षले ताला लगाएका छन् । ओली पक्षले मंगलबार पहिले ताला लगाएलगत्तै प्रचण्ड-नेपाल पक्षले समेत कार्यालयको मूल ढोकामै ताला लगाएका छन् । कैलालीका पार्टी अध्यक्ष ओली पक्षका रतन थापाले सुरुमा ताला लगाएका थिए ।

    पछि यसअघि कारबाहीमा परेका दीर्घ सोडारीको कारबाही प्रचण्ड–नेपाल समूहले फुकुवा गरेलगत्तै उनीहरूले पनि ताला लगाएका हुन् । प्रदेश पार्टी कार्यालयमा भने प्रचण्ड-नेपाल समूहले ताला लगाएका छन् ।

    त्यसरी नै ओली पक्षधर कार्यकर्ताले नै काभ्रेस्थित जिल्ला पार्टी कार्यालयको मूल गेटमा ताला लगाएका छन् । मंगलबार ओलीनिकट जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा गएका जिल्ला नेताहरूले कार्यालय पुगेर ताला लगाएका हुन् ।

    उता, सोमबार नै लमजुङको पार्टी कार्यालय मदन-आश्रित भवनमा ओलीनिकट युवा र विद्यार्थीले ताला लगाएका छन् । तालापछि पार्टीका जिल्ला अध्यक्ष मधु अघिकारीलाई समेत कार्यालयमा छिर्न दिएका छैन । तत्कालीन एमाले र माओवादीको एकीकरण हुँदा दुई दलको सहमतिअनुसार लमजुङमा माओवादीकी अघिकारीले अध्यक्षको जिम्मा पाएकी थिइन् ।

    त्यस्तै, बुधबार ओली समूहका कार्यकर्ताले सिन्धुलीको नेकपा पार्टी कार्यालय कब्जा गरेका छन् । कमलामाइ नगरपालिका ६ मा रहेको नेकपा कार्यालय आजाद स्मृति भवन ओली समूहले कब्जामा लिएको हो । पार्टी एकीकरण हुँदा सिन्धुली अध्यक्ष तत्कालीन माओवादीलाई पाएको थियो ।

    सुरक्षा निगरानीमा पार्टी कार्यालय 

    पार्टी कार्यालयमा दुई पक्षले तालाबन्दी गर्न थालेपछि अप्रिय घटना हुन सक्ने भन्दै प्रहरीले देशभरका नेकपा पार्टी कार्यालयमा निगरानी बढाएको छ । कार्यालयको नाममा झडपको अवस्था सिर्जना हुन सक्ने भन्दै देशभरका पार्टी कार्यालयमा निगरानी बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

    ‘हामीले देशभरका प्रहरी कार्यालयलाई सम्भावित घटना हुनसक्ने क्षेत्रको निगरानी र सुरक्षा सतर्कता अपनाउन निर्देशन भएको छ । सोहीअनुसार हामीले प्रहरी परिचालन गरेका छौँ,’ प्रवक्ता कुवँरले भने ।

    प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले भने अहिले नै पार्टी कार्यालबारे कसैले बोल्न नहुने तर कार्यालय आधिकारिक पार्टीकै हुने बताए ।

    -सिलापत्र अनलाइनबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

    २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

    १ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया


  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • २ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • २ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • २ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution