• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

३ दिन अघि
२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

४ दिन अघि
३

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

५ दिन अघि
४

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

६ दिन अघि
५

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
६

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

१ हफ्ता अघि
७

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

१ हफ्ता अघि
८

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

२ हफ्ता अघि
९

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

२ हफ्ता अघि
१०

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि
११

मन्त्रिमण्डल विस्तार हुँदै : सम्भावित मन्त्रीहरु

३ हफ्ता अघि
१२

म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०७७ पौष ८, बुधबार (४ साल अघि)

पार्टी फुटाएपछि कार्यालय कब्जामा, धुम्बाराहीदेखि धनगढीसम्म कहाँ कसले कब्जा गरे ?

फाईल तस्विर

  • ८२१ पटक पढिएको
  • नेकपा दुई चिरामा विभाजन भएसँगै आधिकारिक नेकपा को भन्ने विवाद सुरु भएको छ । सोही विवाद सुरु भएसँगै दुवै पक्षले देशभरका पार्टी कार्यालयमा तालाबन्दी गर्न थालेका छन् ।

    तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच ३० महिनाअघि पार्टी एकीकरण भएको थियो । तर, मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधव नेपाल समूहले बेग्लाबेग्लै बैठक गरेर औपचारिक रूपमा पार्टी विभाजनमा लागे ।

    प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले अध्यक्ष ओलीलाई पदबाट हटाएर उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णयसमेत गरेको छ ।

    उता, ओलीले प्रचण्ड-माधवलाई १ पुसमै कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाएको सार्वजनिक भएको छ । नेकपा विभाजनपछि आधिकारिक नेकपा को भन्ने अब निर्वाचन आयोगले फैसला गर्ने छ ।

    पार्टीको केन्द्रीयदेखि जिल्ला कार्यालयसम्म ताला 

    पार्टी विभाजन भएपछि पार्टी कार्यालय कब्जामा लागेका छन् नेकपाका नेता तथा कार्यकर्ता । नेकपा केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षले ताला लगाएको छ । सोमबारदेखि नै धुम्बाराहीको पार्टी कार्यालयमा ओली पक्षले ताल लगाएका हुन् ।

    धुम्बाराही पार्टी कार्यालय तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय हो । तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा छ । पार्टी एकीकरणपछि भने देशभर नै नेकपाका पार्टी कार्यालय साझा भएका थिए ।

    अहिले पूर्वमाओवादी पक्ष मात्र नभएर पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितको ठूलो हिस्सा विभाजन भएका कारण पार्टी कार्यालयका निम्ति ठूलो झगडा हुने देखिएको छ ।

    कैलालीको धनगढीस्थित नेकपा पार्टी कार्यालयमा दुवै पक्षले ताला लगाएका छन् । ओली पक्षले मंगलबार पहिले ताला लगाएलगत्तै प्रचण्ड-नेपाल पक्षले समेत कार्यालयको मूल ढोकामै ताला लगाएका छन् । कैलालीका पार्टी अध्यक्ष ओली पक्षका रतन थापाले सुरुमा ताला लगाएका थिए ।

    पछि यसअघि कारबाहीमा परेका दीर्घ सोडारीको कारबाही प्रचण्ड–नेपाल समूहले फुकुवा गरेलगत्तै उनीहरूले पनि ताला लगाएका हुन् । प्रदेश पार्टी कार्यालयमा भने प्रचण्ड-नेपाल समूहले ताला लगाएका छन् ।

    त्यसरी नै ओली पक्षधर कार्यकर्ताले नै काभ्रेस्थित जिल्ला पार्टी कार्यालयको मूल गेटमा ताला लगाएका छन् । मंगलबार ओलीनिकट जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा गएका जिल्ला नेताहरूले कार्यालय पुगेर ताला लगाएका हुन् ।

    उता, सोमबार नै लमजुङको पार्टी कार्यालय मदन-आश्रित भवनमा ओलीनिकट युवा र विद्यार्थीले ताला लगाएका छन् । तालापछि पार्टीका जिल्ला अध्यक्ष मधु अघिकारीलाई समेत कार्यालयमा छिर्न दिएका छैन । तत्कालीन एमाले र माओवादीको एकीकरण हुँदा दुई दलको सहमतिअनुसार लमजुङमा माओवादीकी अघिकारीले अध्यक्षको जिम्मा पाएकी थिइन् ।

    त्यस्तै, बुधबार ओली समूहका कार्यकर्ताले सिन्धुलीको नेकपा पार्टी कार्यालय कब्जा गरेका छन् । कमलामाइ नगरपालिका ६ मा रहेको नेकपा कार्यालय आजाद स्मृति भवन ओली समूहले कब्जामा लिएको हो । पार्टी एकीकरण हुँदा सिन्धुली अध्यक्ष तत्कालीन माओवादीलाई पाएको थियो ।

    सुरक्षा निगरानीमा पार्टी कार्यालय 

    पार्टी कार्यालयमा दुई पक्षले तालाबन्दी गर्न थालेपछि अप्रिय घटना हुन सक्ने भन्दै प्रहरीले देशभरका नेकपा पार्टी कार्यालयमा निगरानी बढाएको छ । कार्यालयको नाममा झडपको अवस्था सिर्जना हुन सक्ने भन्दै देशभरका पार्टी कार्यालयमा निगरानी बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

    ‘हामीले देशभरका प्रहरी कार्यालयलाई सम्भावित घटना हुनसक्ने क्षेत्रको निगरानी र सुरक्षा सतर्कता अपनाउन निर्देशन भएको छ । सोहीअनुसार हामीले प्रहरी परिचालन गरेका छौँ,’ प्रवक्ता कुवँरले भने ।

    प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले भने अहिले नै पार्टी कार्यालबारे कसैले बोल्न नहुने तर कार्यालय आधिकारिक पार्टीकै हुने बताए ।

    -सिलापत्र अनलाइनबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

    ४ दिन अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

    ५ दिन अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार


  • ६ दिन अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • १ हफ्ता अघि

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

  • १ हफ्ता अघि

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

  • समाचार
  • १

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • २

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    ४ दिन अघि

  • ३

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    ५ दिन अघि

  • ४

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    ६ दिन अघि

  • ५

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ६

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    १ हफ्ता अघि

  • ७

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    १ हफ्ता अघि

  • ८

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    २ हफ्ता अघि

  • ९

    मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो
    २ हफ्ता अघि

  • १०

    बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution