• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १८, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ दिन अघि
२

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२ दिन अघि
३

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

२ दिन अघि
४

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

२ दिन अघि
५

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

२ दिन अघि
६

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

३ दिन अघि
७

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

५ दिन अघि
८

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

६ दिन अघि
९

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
१०

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
११

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १, बिहिबार (४ महिना अघि)

साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

तस्विर: कृष्ण जिसी

  • २०७ पटक पढिएको
  • कृष्ण जिसी / जलजला अनलाइन – झमझम पानी पर्ने, कुहिरोले ढाकिएको अनि कहिलेकाहीँ खुला आकाशमुनि झिलिमिली देखिने साउने सङ्क्रान्तिको रात बाल्यकालमा बेग्लै अनुभूति दिन्थ्यो। त्यो झिलिमिली कुनै विद्युतीय बत्तीबाट होइन, घरघरको आँगनमा दन्काइएको आगोको ज्वालाबाट झिलिमिली हुन्थ्यो । सिट्ठी बजाउने,  थाल बजाउने, गाली गर्ने,  चिच्याउने, अगुल्टो फ्याँक्ने, अनि आगोको छेउमा बसेर चाम्रे भात वा कतै बाख्राको मासु खानु साउने सङ्क्रान्तिको मौलिक स्वाद थियो।

    साउने सङ्क्रान्ति, जुन विक्रम सम्वतको पात्रोअनुसार साउन महिनाको पहिलो दिन पर्छ, हिन्दू धर्ममा ‘कर्कट सङ्क्रान्ति’ को रूपमा चिनिन्छ। ज्योतिषशास्त्र अनुसार यस दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छ। धार्मिक, सामाजिक र चिकित्सकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने यो दिन विशेष गरी लुतो फाल्ने परम्परा अभ्यास गरिन्छ। संस्कृतमा यस पर्वलाई ‘लुत निक्षेपण’ अर्थात् लुतो फाल्ने पर्व भनिन्छ।

    साउने सङ्क्रान्तिमा लुतो फाल्ने परम्पराको मूल जड छाला सम्बन्धि  रोग उपचारसँग जोडिएको छ। असार महिनाभर खेतबारीमा हिलो छ्याप्दै काम गर्ने किसानहरूमा देखिने हिलो जन्य खटिरा, एलर्जी, र छालाका रोगहरूबाट मुक्त हुन यो परम्परा सुरु भएको मानिन्छ।

    यस दिन दिउँसो जंगलबाट विभिन्न औषधीय गुणयुक्त वनस्पति भलायोको पात, कुकुरडाइनोको लहरो, पटपटे, स्याल धोति, मकर घांची, घिउ घांची,  बन मकै, कुरिलो जस्ता औषधीय गुण भएका बनास्पतिहरु संकलन गरिन्छ ।

    साँझ परेपछि घरघरमा कन्दारकको पूजा गरिन्छ। कन्दारकलाई “लुते देउता” को रूपमा पूजा गर्ने चलन छ। पूजा गर्दा दिने भरे खोजेका बन्स्पतिहरु प्रयोग गरिन्छ। पूजा सम्पन्न भएपछि लुतो फाल्ने विधि सुरु हुन्छ।

    कुरिलोको डाँठबाट पाँचदेखि सातवटा मुठा बनाइन्छ। मुठा जलाएर अगुल्टो तयार गरिन्छ अनि दियालो बालेर घरको आँगन वा बाख्रीगोठमा लुतो हटाउने प्रतीक स्वरूप बलेको अगुल्टो फालिन्छ। थाली ठटाइन्छ, ढिकी कुटिन्छ, शंख फुकिन्छ। एउटाले अर्को गाउँको नाम लिएर “लुतो लैजा है” भन्दै अगुल्टो फाल्छ। अर्को गाउँले पनि त्यसैगरी प्रत्युत्तर स्वरूप अगुल्टो फर्काउँछ। हाम्रो भेकमा काली वार पार एक गाउँले अर्को गाउँलाई गाली गर्दै लुतो लैजा भन्दै अगुल्टो फाल्ने चलन छ । यसरी लुतो फाल्ने परम्परा समुदायबीच हासो, रमाइलो र धार्मिक चेतनाको संगम बनाउँछ।

    आज आधुनिकताको प्रवाहमा पुराना चलनहरू लोप हुँदै गएका छन्, तर यस्ता मौलिक संस्कार हाम्रो पहिचानको आधार हुन्। साउने सङ्क्रान्तिको दिन मनाइने लुतो फाल्ने प्रथा केवल परम्परा नभएर स्वास्थ्य, संस्कृति र सामूहिक एकता झल्काउने अभ्यास हो। विज्ञान, परम्परा र जनविश्वासको समिश्रण भएकाले यसको संरक्षण र अभ्यास आवश्यक छ। हाम्रा पुर्खाहरूले शुरु गरेको यो सांस्कृतिक अभ्यासलाई सम्मान गरौं र सन्तानलाई पनि यसको अर्थ बुझाइदिऔं।

    साउने सङ्क्रान्तिको शुभकामना!

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ दिन अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

    ३ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ३ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल


  • १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • समाचार
  • १

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ दिन अघि

  • २

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २ दिन अघि

  • ३

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    २ दिन अघि

  • ४

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    २ दिन अघि

  • ५

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    २ दिन अघि

  • ६

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ३ दिन अघि

  • ७

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    ५ दिन अघि

  • ८

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ६ दिन अघि

  • ९

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • १०

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution