• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

१९ घण्टा अघि
२

तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

१ दिन अघि
३

वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम

२ दिन अघि
४

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

४ दिन अघि
५

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

२ हफ्ता अघि
६

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

२ हफ्ता अघि
७

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

२ हफ्ता अघि
८

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

२ हफ्ता अघि
९

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

२ हफ्ता अघि
१०

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

३ हफ्ता अघि
११

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

३ हफ्ता अघि
१२

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ २३, सोमबार (८ महिना अघि)

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

तस्विर: कृष्ण जीसी

  • ४३५ पटक पढिएको
  • देवी सुबेदी जि.सी./ म्याग्दी, असार-२२,  किताबी ज्ञानमै सीमित रहेको परम्परागत शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउने उद्देश्यले म्याग्दीको बेनी नगरपालिकाले सुरु गरेको कार्यक्रम  “हामी सक्छौं, हामी गर्छौं”  अहिले व्यावसायिक सीपमा आधारित विद्यालय शिक्षाको राष्ट्रिय उदाहरण बन्न थालेको छ। सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू अब केवल पाठ्यपुस्तकको ज्ञानमा होइन, आत्मनिर्भर बन्ने सीपमा पनि दक्ष हुँदैछन्।

    “विद्यार्थीहरू कपाल काट्छन्, वायरिङ गर्छन्, च्याउ फलाउँछन्, ट्र्याक्टर मर्मत गर्छन्”  यस्तो सुन्दा कुनै प्राविधिक संस्थाको गतिविधि जस्तो लाग्न सक्छ। तर यो बेनी नगरपालिकाका सामुदायिक विद्यालयहरूको वास्तविक दृश्य हो। २०७९/८० मा १० विद्यालयबाट सुरु गरिएको कार्यक्रम २०८१/८२ मा १६ वटै माध्यमिक विद्यालयमा विस्तार भइसकेको छ। हरेक विद्यालयले १ लाख रुपैयाँ बराबरको सीप विकास अनुदान प्राप्त गरेको छ। यस वर्ष १२ वटा विद्यालयले कार्यक्रमको लागी सस्म्झौता गरी कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

     विद्यालयहरूमा सिकाइको विविधता

    विद्यालयतालिम कार्यक्रम
    बेनी सामुदायिक माविकपाल काट्ने
    दीपक मावि, पात्लेखेतच्याउखेती
    प्रकाश माविहाउस वायरिङ
    जनकल्याण मावि, पुलाचौरबाँस सामग्री निर्माण
    राष्ट्रिय माविब्याकपाल काट्ने तालिम
    पौलत्स्य माविहाते ट्र्याक्टर मर्मत
    सरस्वति माविहाउस वायरिङ
    जामुनाखर्क माविब्युटी पार्लर
    धौलागिरि माविहाउस वायरिङ
    भकिम्ली माविअकबरे खुर्सानी तथा तरकारी उत्पादन
    बाल मन्दिर माविप्लम्बिङ
    गलेश्वोर मावि तोरीपानीसर्भे क्याम्प
    बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रमले कक्षा कोठाको वातावरणमा उल्लेखनीय परिवर्तन ल्याएको छ। अब विद्यार्थीहरू केवल पाठ्यपुस्तकमा आधारित ज्ञानमा सीमित छैनन्, उनीहरूले वास्तविक जीवनमा उपयोगी सीप सिक्न थालेका छन्, जसले उनीहरूको सोच, व्यवहार र आत्मविश्वासमा गहिरो परिवर्तन ल्याएको छ।

    बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले, ‘माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको र  दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने सहयोग पुग्ने कार्यक्रमले उद्देश्य राखेको बताउनुभयो ।

    बाल मन्दिर माविमा प्लाम्बिंग तालिम लिएका  एक विद्यार्थी भन्छन,  “अब हामी साना–ठूला काम आफैँ गर्न सक्छौं, अब भविष्यप्रति डर छैन। घरमा आउने प्लम्बिंग सम्बन्धि साना साना समस्या सजिलै समाधान गर्न सक्छौं ”

    यो भनाइले उनीहरूमा विकास भएको आत्मनिर्भर सोच, व्यवहारिक क्षमताप्रति विश्वास, र भविष्यप्रति सकारात्मक दृष्टिकोणलाई स्पष्ट रूपमा झल्काउँछ। यस्तो आत्मविश्वास केवल सीप सिकाएर संभव हुँदैन, यो त व्यवहारमै आधारित सिकाइबाट निर्माण हुने मानसिकता हो।

    शिक्षकहरू पनि कक्षाको परिवर्तित माहोल देखेर उत्साहित छन्। बेनी सामुदायिक माविका प्राधानाध्यापक दिपक श्रेष्ठले यसको प्रभाव समग्र सिकाइमा परेकोसमेत बताउनुभयो “कक्षा थप जीवन्त बनेको छ, विद्यार्थीहरू बढी सक्रिय छन्, सिकाइ व्यवहारमा देखिन्छ ।

    त्यसैगरी बाल मन्दिर माविका प्राधानाध्यापक सुरेन्द्र प्रसाद केसीले, यहाँ अघिल्लो वर्ष तालिम लिएका विद्यार्थीहरुले विद्यालयकै नव निर्मित भवनमा वायारिंग गरेको बताउनुभयो ।

    यसको तात्पर्य हो अब कक्षा कोठा केवल सुन्ने–लेख्ने ठाउँ होइन, अनुभव गर्ने, प्रयोग गर्ने र समस्या समाधान गर्ने प्रयोगशालामा रूपान्तरण भइसकेको छ। विद्यार्थीहरू ‘सिक्ने’ मात्र होइन, ‘गर्ने’ अभ्यासमा लागेका छन्, जसले शिक्षालाई जीवन्त  बनाएको छ।

    यी परिवर्तनहरू केवल शैक्षिक सुधारका संकेत होइनन्, शिक्षाको मुख्य उद्देश्य — “जीवनका लागि तयार पार्ने” —  सार्थक यात्राका सूचक हुन्। अब विद्यालय केवल पढ्ने ठाउँ मात्रै  होइन, सीपको प्रयोगशाला बन्दै गएका छन् । कक्षा कोठा अब आत्मनिर्भर भविष्यको निर्माणस्थल बनेको छ।

    बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” अभियानले शिक्षा प्रणालीमा देखिने मात्रिक सुधारहरू भन्दा धेरै गुणात्मक सुधारहरु छन् । यसले विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि गराएको त छ नै अझै बढी  स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

    विद्यार्थीहरूमा देखिएको आत्मनिर्भरता, स्थानीय अर्थतन्त्रमा योगदान र रोजगारी सिर्जना  गर्न सक्ने  सम्भावना यस अभियानको सफलताको स्पष्ट प्रमाण हुन्। यस्ता उपलब्धिहरूले युवा पलायनको सोचमा  कमी ल्याएको छ, भने सामुदायिक विद्यालयप्रतिको स्थानीय विश्वास पुनःस्थापित गरेको छ। यी सबै संकेतहरू दिगो विकास र समावेशी शिक्षाको आवश्यकतामा केन्द्रित छन्।

    विद्यालयहरूको विद्यार्थी भर्ना दरमा वृद्धिले अभिभावकहरूको बढ्दो चासो र स्थानीय जनप्रतिनिधिहरूको बजेट थप गर्ने उत्साहको थपिदिएको छ । यसले विद्यालय र समुदायबीचको सहकार्य सुदृढ भएको प्रमाणित गर्छ।

    यद्यपि, अभियानका क्रममा केही चुनौतीहरू पनि देखिएका छन्। दक्ष प्रशिक्षकको अभावले गुणस्तरीय तालिमको निरन्तरता कमजोर पार्ने सम्भावना छ। उपकरण व्यवस्थापनमा समस्या आउँदा तालिमका प्रभावहरू सीमित हुन सक्छन्। साथै, तालिमपछि निरन्तर अभ्यासको अभावले सिकाइको स्थायित्वमा असर पुर्‍याउन सक्छ।

    तर बेनी नगरपालिकाले यी चुनौतीहरूको समाधानका लागि ठोस रणनीति बनाएको छ। स्थानीय प्रशिक्षक उत्पादन, विभिन्न साझेदारीहरूको विस्तार र फलोअप कार्यक्रममार्फत दीर्घकालीन सफलताको आधार तयार पार्न खोजिएको छ। भविष्यमा, तालिमलाई केवल सीप विकासमा सीमित नराखी यसलाई स्थानीय उद्यमशीलता र बजारसँग जोड्ने योजना बनाइएको छ।  साथै, बजार पहुँच विस्तार गरेर उत्पादक र उपभोक्ताबीचको दूरी घटाउने लक्ष्य राखिएको छ। अन्ततः, स्वरोजगारलाई विद्यालय शिक्षासँग एकीकृत गर्दै विद्यार्थीहरूलाई प्रारम्भिक चरणदेखि नै व्यावसायिक र उद्यमशील सोच विकास गर्ने योजना अघि बढाइएको छ।

    यसरी, बेनी नगरपालिकाको यो अभियान केवल शिक्षा सुधारको पहल नभई, समग्र ग्रामीण विकास र आर्थिक रूपान्तरणको आधार बन्ने सम्भावना राख्दछ। सफल कार्यान्वयन र निरन्तर समर्थनले यसले दीर्घकालीन प्रभावहरू निम्त्याउनेछ र अन्य स्थानीय तहका लागि प्रेरणादायी नमूना बन्न सक्छ।


     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम

    १ महिना अघि

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

    १ महिना अघि

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन


  • १ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • १ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • २ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • २ महिना अघि

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

  • समाचार
  • १

    म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु
    १९ घण्टा अघि

  • २

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न
    १ दिन अघि

  • ३

    वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    ४ दिन अघि

  • ५

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    २ हफ्ता अघि

  • ६

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    २ हफ्ता अघि

  • ७

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    २ हफ्ता अघि

  • ८

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    २ हफ्ता अघि

  • १०

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution