• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ३०, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

१५ घण्टा अघि
२

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

१८ घण्टा अघि
३

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१ दिन अघि
४

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

२ दिन अघि
५

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

३ दिन अघि
६

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

५ दिन अघि
७

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

५ दिन अघि
८

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

६ दिन अघि
९

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

१ हफ्ता अघि
१०

अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

१ हफ्ता अघि
११

प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

१ हफ्ता अघि
१२

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ १७, आईतबार (१ साल अघि)

गुरु पुर्णिमा र मेरा गुरुहरु !

फाईल तस्विर

  • १५३७ पटक पढिएको
  • कृष्ण जी. सी. /असार-१७,  मेरो जीवनको पहिलो  गुरु मेरो हजुरबुवा हीरा बहादुर घर्ति क्षेत्री (हेमानन्द गिरी ) हुनुहुन्छ ।  अगेनाको डिलमा खरानीले कखरा सिकाउने देखि मानव मूल्य, नैतिकता, धर्म, संस्कार सबैकुरा उहाँबाट सिकेको हुँ। जडिबुटीको ज्ञान भएका मेरा हजुरबुवाबाट करिव १०० वटा जडिबुटीको मात्रै पहिचान र  तिनको काम  सिक्न सके बाकी अधुरै रह्यो । त्यति मात्रै हैन सिकर्मी, डकर्मी, चोयाको काम समेत मैले जाने ।  भजन कीर्तन सत्संग सबैकुरा उहाँले सिकाउनुभयो ।

    त्यसपछि, निरक्षर मेरा बुवा मेरा अर्को महत्वपुर्ण गुरु हुनुहुन्छ ।  बुवाबाट सधै उत्प्रेरित भइ आज यो स्थान सम्म आएको हुँ ।  इमान्दारिता, परिश्रम, के हो ? भन्ने कुरा मेरा बुवालाई हेरे पुग्छ । अनि, आउनुभयो मेरी आमा । संघर्ष, घरव्यवहार कसरी चलाउने भन्ने कुरा मैले मेरी आमाबाट बुझेको छु । जव मेरो औपचारिक शिक्षा शुरुभयो, विद्यालयमा मैले यस्ता गुरुहरु भेटें जो मेरो जीवनमा स्मरणीय हुनुहुन्छ ।

    मलाइ गायत्री मन्त्र सुनाउने मेरा परम पुज्य गुरु लोकनाथ रेग्मी (थाम, पिडाल्ला ) प्रति शिर नुगाई ढोग गर्न चाहन्छु । आज गुरुपुर्णिमको अवसरमा सबैप्रती आदार-भाव प्रकटगर्दै गुरुपुर्णिमा २०८० को अवसरमा मैले औपाचारिक/विद्यालय शिक्षा लिएका आदरणीय गुरुहरुलाइ यसरी सम्झना चाहन्छु :

    श्री शिवालय प्राथमिक विद्यालय, लेकफाँट गिद्देश्वोर, पर्वत  (कक्षा १ देखि कक्षा ५ सम्म )

    • स्व.चक्रबहादुर घर्ति छेत्री (प्रधानाध्यापक समेत)  लेखफांटको “रानी माहुरी” हुनुहुन्थ्यो उहाँको मृत्यु अझै रहस्यमय छ ।
    • लोकनाथ रेग्मी (अंग्रेजी, नेपाली कक्षा ४-५) उहाँले अंग्रेजी नघोकाएको भए अंग्रेजी प्रतिको मोह र बि ए मा मैले मेजर इंगलिस पढ्न सक्ने थिएन होला ।  हजुरको रिस कडा थियो अनि हाम्रो साथि हजुरको बहिनि लक्ष्मी रेग्मी  (क्यानडा निवासी ) लाइ हप्काएको कहिल्यै  बिर्सन्न । उहाँ अहिले पर्बत बेनीमा बसोबास गर्नुहुन्छ ।
    • चक्रबहादुर के.सी. (अंग्रेजी, सामाजिक, गणित ) शिवालय प्रा.वि. मा  लामो समय प्र.अ. भइ सेवानिवृत्त अहिले समाजसेवा, लेखन कार्यमा क्रियाशील हुदै कहिले लेखफाट कहिले पोखरा बस्नुहुन्छ  (पूर्वीय दर्शनका अध्येता हुनुहुन्छ )  उहाँले जिब्रो निकालेर कान बटार्नुहुन्थ्यो  त्यसो नगरेको भए  हामी यो स्थानमा हुने थिएनौं ।
    • रेशम बहादुर के.सी. (गणित, स्वास्थ्य शारीरिक ) अहिले चितवनमा बसोबास गर्दै हुनुहुन्छ, उहाँ राम्रो भलिवल खेलाडी पनि हो । कार्बन पेपरमा छापेर प्रश्न पत्र बाड्दा मलाइ सधै सक्कली दिनुहुन्थ्यो ।
    • सोम बहादुर जि.सी. (नेपाली, अंग्रेजी कक्षा १ -५ ) उहाँ गिद्देश्वोर प्रा. वि. कुवापानीबाट सरुवा भइ आउनुभयो ।  उहाँ खतरनाक भलिबल खेलाडी हो । केहि वर्षपछी भारतीय सेनामा भर्ति भइ अहिले पेन्सन समेत भएर चितवनमा बसोबास गर्नुहुन्छ ।
    • याम प्रसाद सुबेदी (गणित ) लेखफाट गहते निबासी उहाँ चितवन बसाइ सर्नुभयो अहिले सम्पर्क हुन सकेको छैन ।  उहाँलाई हामीले “गहते सर ! गहते सर” भन्थ्यौं ।

    श्री ग्राम प्रकाश मा वि. लेखफाँट रातामाटा  (कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरेको विद्यालय )

    • लेखनाथ रेग्मी (नेपाली, ८-१०, संस्कृत कक्षा ७-८ ) प्रधानाध्यापक हुनुभयो, अहिले सेवा निबृतभइ लुंग्दी  मिलन चोकमा बस्नुहुन्छ ।  मजाक गरेर उहाँलाई कागजको पुच्छर बनाउने म हुँ अनि सघाउने लोप्रेको युगमायाँ पुन ।
    • कपिलमणि रेग्मी (गणित कक्षा ७, ८ र भूगोलर स्वास्थ्य शिक्षा कक्षा ९, १०) प्रधानाध्यापक हुदै सेवा निबृत हुनुभयो अहिले चितवनमा बस्नुहुन्छ । मलाइ कक्ष ८ मा ५०% गरिवी छात्रवृत्ति  प्रदान गर्नु भएको थियो (हामीले पढ्दा शुल्क तिर्नु पर्थ्यो )
    • स्व. दलबहादुर थापा (अंग्रेजी कक्षा ६, ७ स्वास्थ्य शारीरिक कक्षा ६,७ ) लेखफाँटको सामाजिक व्यक्ति समेत हुनुहुन्थ्यो । उहाँ छिमेकी भएकोले डर लाग्थ्यो गाउँको अगुवा, पसले, गाउँको न्यायाधिश हुनुहुन्थ्यो ।
    • स्व. कपिलमणि पौडेल ( अर्थशाश्त्र कक्षा ९, १० ) २०५५ सालमा बालाचतुर्दशीको दिनमा मंसिर १५ गते गलेश्वोरमा निधन भयो । उहाँको निधनले लेखफाँटले दुरदर्शी व्यक्ति गुमायो ।
    • गिरिधारी सुबेदी (बिज्ञान  कक्षा ८,९,१०) कुशल बिज्ञान शिक्षक हुनुहन्थ्यो सरुवा भइ चितवन जानुभयो त्यसपछि
    • माधव सुबेदी : (बिज्ञान तथा स्वास्थ्य कक्षा ८, ९, १० ) उहाँ पर्बत पांगबाट पढाउन आउनुभएको थियो । उहाँ जवान, सुन्दर र जोशिलो हुनुहुन्थ्यो ।
    • गिरिधारी सुबेदी  (गणित शिक्षक कक्षा ६,७) उहाँ विद्यालयको लेखापाल (एकाउन्टेन) समेत हुनुहुन्थ्यो ।
    • विष्णुदत्त सुबेदी (पुर्व ब्यबसायिक शिक्षा र कृषि) कृषि बिषयमा प्राक्टिकल असाध्यै गराउनुहुन्थ्यो ।अहिले लेखफाँट मै हुनुहुन्छ । सरको मृगौलाको पत्थरीको अपरेसन भएको कहानी धेरैले सुनेका छन्  त्यतिबेला उहाँको सफल उपचार भएको थियो ।
    • टिकाराम सुबेदी: (नैतिक शिक्षा कक्षा ६,७ ) सरको थेगो भनेको “चाइने” थियो ।   उहाँ असाध्यै सिस्टमेटिक हुनुहुन्थ्यो, नैतिक शिक्षासंगै परीक्षामा सधै सिटप्लान गर्ने गर्नुहुन्थ्यो ।  नैतिकवान शिक्षक नै नैतिक शिक्षक हुदा आफै खुल्ला किताव हुनुहुन्थ्यो ।
    • नारायण सुबेदी: (अनिवार्य गणित र अतिरिक्त गणित ९, १० ) कडा स्वाभावको हुनुहुन्थ्यो ।  “हे” भन्ने उहाँको थेगो थियो, विद्यामन्दिर मा.वि. बाग्लुंगबाट सेवानिवृत भएपछी अहिले पोखरा बस्नुहुन्छ ।
    • होमनाथ पौडेल: (खुइले सर)  (अंग्रेजी कक्षा १०) हामीलाई अंग्रेजी ग्रामरको बेस उहाँले बनाइदिनु भएको हो ।  एस एल सी पछी उहाँसंग भेट भएन । उहाँले मोजा लगाएको कहिल्यै देखिएन, जुत्तामात्रै लगाउनुहुन्थ्यो, उहाँले नै मलाइ “खुइले सर” भन भन्नुहुन्थ्यो ।
    • नारायण मल्ल: (अंग्रेजी कक्षा १० केहि दिन उहाँले एउटा पाठ An Unsolved Mystery…त्यो पाठमा SAUCER को अर्थ “तस्तरी” भन्नु भएको अझै सम्झना छ) त्यसपछी होमनाथ सर आउनुभएको हो , (अहिले नारायण सर ग्राम प्रकाश मै हुनुहुन्छ )
    • भुपेन्द्र बहादुर बरुवाल (पंचायत तथा नागरिक जीवन कक्षा ८ र अंग्रेजी कक्षा ९, १०) उहाँ बेतलवी बिदामा पढाउदा-पढाउदै वि. सं २०४८ सालमा साउदी अरव जानु भएको हो । पंचायत बिरोधी व्यक्तिले पंचायत बिषयमा राजाका कथा जीवनी पढाउदा खाली राज संस्थाको गाली र “यो गफ हो ” भन्नु हुन्थ्यो उहाँ  अहिले चितवनमा बसोबास गर्नुहुन्छ ।
    • डिल्लीराम रखाल ( प्रधानाध्यापक, कक्षा १० अर्थाशाश्त्र ) होचो कदको हेडसर, घडी लगाएको हात खुब हल्लाउनु हुन्थ्यो । बहुदल आएपछी उहाँलाई कालोमोसो दलियो, अपमानित ब्यबहार भएपछी सरुवा हुनुभयो ।  भैलो खेलेर विद्यालयको भौतिक बिकास गर्ने काममा उहाँको ठुलो योगदान छ ।
    • हिराबहादुर जि.सी. : उहाँ म्याग्दीको मलाम्पार अनि राम्चे हुदै ग्राम प्रकाशमा आउनुभयो ।  पछी गैरीगाउको देबिस्थान प्रा.वि.मा अध्यापन गराउदै सरुवा हुदै बेनि प्रा.बी. पर्बतबाट सेवा निबृत हुनुभयो  । अहिले उहाँ पर्बत बेनीमा बसोबास गर्नुहुन्छ ।
    • खिमनाथ पौडेल: उहाँ महेन्द्र बहुमुखी क्याम्पसबाट बि.ए. सकेपछी ग्राम प्रकाश आउनुभयो ।  पछी उहाँ म्याग्दीको पौलत्स्य मा.वि. मा सामाजिक शिक्षक र श्रोत व्यक्ति समेत भै अहिले पर्बत बेनीमा ब्यबसाय गर्नुहुन्छ ।
    • दण्डपानी सुबेदी:  उहाँ अहिले सेवा निबृत भइ लेकफाट मै बसोबास गर्नुहुन्छ ।
    • टंक प्रसाद सुबेदी: शिक्षक पेशा पश्चात उहाँ राजनीतिमा प्रवेश गरि लेखाफाट गाबिसको अध्यक्ष हुनुभएको थियो अहिले काठमाडौँ  बसोबास गर्नुहुन्छ, उहाँ अधिबक्ता समेत हुनुहुन्छ ।
    • मोहलाल सुबेदी: उहाँ जत्तिको हसिलो र हसाउने व्यक्ति मैले अहिले सम्म भेटेको छैन । उहाँ अहिले सेवा निबृत भइ लेखफाट मै बस्नुहुन्छ विद्यार्थीको सर्वप्रिय सर …
    • गोपिचन्द्र तिवारी : फ्रेस हुनुहुन्थ्यो, उहाँहरुले एक-दुई दिन कक्षा लिएको अनुभव छ
    • कुलचन्द्र अधिकारी :कक्षा ९ को Quadratic Equation पढाएको सम्झना छ ।

    हामीलाई खबरदारी गर्ने, गालीगर्ने अर्को व्यक्ति हुनुहुन्थ्यो मेरा जेठोबुवा स्व. कर्णबहादुर जि.सी. । उहाँ  विद्यालय सहायक (पिएन) हुनुहुन्थ्यो । उहाले बिज्ञान सामाग्री बोकेर कुश्माबाट लेखफाट आउदा लस्ती खोलाले बगाएको र बल्ल-तल्ल बाचेर आउनुभएको थियो (सामाग्री भने सबै खोलाले बगायो) ।  विद्यालय भवन बनाउदा हम्पालको जंगलमा १५ दिनसम्म जंगलमा बसेर काठपात (दारपात/डाँडा-भाटा)  तयार पार्नुभएको थियो ।

    म्याग्दी बहुमुखी क्याम्पस बेनी म्याग्दी (उच्च शिक्षा अध्ययनको गन्तब्य क्याम्पस  (आइ ए)

    एस एल सी पास गरेको करिव ३ वर्षपछी मात्रै मैले क्याम्पस (आइ ए) पढ्ने मौका पाएको हुँ। यसो हुनुमा लामो कथा छ, तर जे होस् म्याग्दीमा आएपछि क्याम्पस पढ्न उत्प्रेरित गर्ने र मलाइ उच्च शिक्षाको लागी मार्गनिर्देशन गर्ने गुल्मीका कृष्ण पौडेल नै हुनुहुन्छ त्यतिबेला म्याग्दी क्याम्पसका गुरुहरु:

    • कृष्ण पौडेल : क्याम्पस प्रमुख (अंग्रेजी पढाउनुहुन्थ्यो,बोलाइ भन्दा उहाँको लेखाइ असाध्यै राम्रो छ, अंग्रेजी साहित्यमा दख्खल राख्ने उहानो समयमा म्याग्दी क्याम्पसले शैक्षिक स्तर निकै माथि पुर्याएको हो उहाँ अहिले महेन्द्र संस्कृत विश्वविध्यालयका शैक्षिक निर्देशक हुनुहुन्छ ।
    • स्व. सोम बहादुर बोगटी : क्याम्पस प्रमुख समेत हुनुभयो,  एन क्याम्पस छोडेर म्याग्दीमा क्याम्पस स्थापना गर्न आउनुभएका उहाँ राजनितिशाश्त्र पढाउनुहुन्थ्यो, अत्यन्तै कडा स्वभावका उहाँको व्यक्तित्व जिउडाल लवाइ खवाई आकर्षक थियो उहाँ मानाशिक रुपमा विक्षिप्त हुदै देह त्याग गर्नु भएको हो ।
    • टंक अर्याल : उहाँ गणित पढाउने गर्नुहुन्थ्यो गुल्मीबाट म्याग्दी आउनुभएका उहाँ सरल स्वभावका हुनुहुन्थ्यो होचो कदका अर्याल सर कालोपातिको टुप्पो सम्मै असाध्यै राम्रो अक्षर लेख्नुहुन्थ्यो।
    • कृष्ण थापा : क्याम्पस प्रमुख समेत बन्नु भयो उहाँले अर्थाशास्त्र विषय पढाउनुभयो सरल स्वभाव भएका थापा सर सैद्दान्तिक बिषयमा पोख्त लाग्थ्यो अहिले सेवा निबृत भै बस्नु भएको छ ।
    • रामजी सुबेदी : क्याम्पस प्रमुख समेत : ब्यबस्थापन बिषय पढाउने रामजी सर विद्यर्थिमाज असाध्यै लोक प्रिय हुनुहुन्छा मृदुभाषी सुबेदी सर सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्नुहुन्छ ।
    • राम कार्की : ज्यामरुककोट बौरबाट हामीलाई अर्थशास्त्र पढाउन आउनु भएको हो तर उहाँको क्लास धेरै लामो समय लिन पाइएन अत्यन्त राम्रो पढाउनुहुन्थ्यो युवा हुनुहन्थ्यो ।अहिले उहाँ काठमाडौँ बसोबास गर्नुहुन्छ ।

    महेन्द्र बहुहुमुखी क्याम्पस बाग्लुंग (अहिलेको धवलागिरी बहुमुखी क्याम्पस)

    स्नातक तहको अध्ययन मेरो बाग्लुंग क्याम्पसबाट भएको हो तर मैले प्राइभेट पढेका कारण क्याम्पसको कुनै औपचारिक कक्षा लिन पाइन यद्दपी,  मेजर इंगलिस पढाउने तोयानाथ सरसंग भने सामान्य चिनजान थियो ।

    स्नातकोत्तर (समाजशास्त्र ) धवलागिरी बहुमुखी क्याम्पसबाट नै गरेको हुँ । नियमित कक्षा लिन नपाएपनि बलराम गौतम सरको  कक्षा लिएँ उहाँ समाजशास्त्रको  राम्रो प्राध्यापक लाग्छ ।

    त्यसपछि मेरो पढाइ बिदेशमा भएको हो । एम बि ए र एम एस मैले स्लोभेनियाबाट गरें । त्यहाँ भने सरहरुसंग राम्रो सामिप्यता रह्यो उहाँहरु सबैलाई सम्झना छ ।

    जति सामिप्यता स्कुल पढ्ने साथीहरु र त्यो बेलाका सरहरूसंग हुने रहेछ त्यसपछि अल्ली बढी औपचारिक र फरक हुने रहेछ । गुरुले चेलालाई गर्ने माया र चेलाले गुरुलाई गर्ने सम्मान उस्तै तर सामिप्यता अल्ली कम हुने मेरो अनुभव छ।  जे भएपनि गुरु गुरु नै  हुनुहुन्छ ।

    सम्पूर्ण मेरा गुरुहरु, जसले मलाइ औपचारिक रुपमा कक्षामा पढाउनुभयो, कसैले जीवन पढाउनुभयो, सबैप्रति गुरुपुर्णिमाको  अवसरमा हार्दिक नमन र श्रद्दाभाव  प्रकट गर्दछु । म संग गुरुहरुलाई दिनेकुरा केहि छैन तर। तपाइहरुबाट सिकेको कुरा सिरोधार्य गर्नेछु । जीवनकालमा सबैलाई सम्झीइ रहनेछु, आजको यस सुभ अवसरमा “यहाँहरुको दिर्घायु, सु-स्वास्थ्यको कामना ……”

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    १५ घण्टा अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

    १८ घण्टा अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

    १ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु


  • २ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

  • ३ दिन अघि

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

  • ६ दिन अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

  • १ हफ्ता अघि

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

  • समाचार
  • १

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    १५ घण्टा अघि

  • २

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    १८ घण्टा अघि

  • ३

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    १ दिन अघि

  • ४

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    २ दिन अघि

  • ५

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ३ दिन अघि

  • ६

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ५ दिन अघि

  • ७

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ५ दिन अघि

  • ८

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”
    ६ दिन अघि

  • ९

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution