• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

५ घण्टा अघि
२

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१ दिन अघि
३

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१ दिन अघि
४

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१ दिन अघि
५

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१ दिन अघि
६

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

२ दिन अघि
७

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

४ दिन अघि
८

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

५ दिन अघि
९

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

५ दिन अघि
१०

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

६ दिन अघि
११

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि
१२

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (३ साल अघि)

कक्षा १२ को परीक्षालाई SEE जत्तिकै महत्व नदिइएको हो त ?

फोटो : कृष्ण जिसी

  • ९०१ पटक पढिएको
  • विद्यालय स्तरको अन्तिम परीक्षा (SLC) जेठ १६ गतेदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालनगर्ने यो परीक्षामा यसवर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी भएका छन् । म्याग्दी जिल्लामा कक्षा १२ को परीक्षाका लागी ५ वटा केन्द्र निर्धारण गरिएको छ । चारवटा केन्द्र बेनी सदरमुकाम र एउटा केन्द्र सदरमुकाम बाहिर मंगला गाउँपालिकाको बाबियाचौरमा निर्धारण गरिएको छ । कक्षा १० को परीक्षा SEE लाइ जसरी चासोका साथ अभिभावकले लिने गरेकाछन् ।

    कक्षा १२ को परीक्षालाई त्यति वास्ता गरेको  पाइएको छैन । कक्षा १० को परीक्षा प्रदेशले संचालन गर्ने गर्दछ जसलाई अत्यन्तै महत्व दिदै आइए पनि १२ को परीक्षा SLC विद्यालय स्तरको अन्तिम परीक्षा हो यसलाई जति महत्व दिनु पर्ने हो त्यति नदिए जस्तो देखिएको छ ।  न त SEE शुरुहुनेबेला जस्तो चर्चा अनि मिडियामा ब्यापकता न अभिभावकले वास्ता गर्ने । हुनत १२ का विद्यार्थीहरु परिपक्क भए भन्ने ठानेर होला तर जेसुकै होस् कक्षा १२ को परीक्षालाई जति प्राथमिकता र महत्व दिनुपर्ने हो त्यति दिएको भने पाइएन मात्रै १२ पछी विदेश ( अष्ट्रेलिया ) जाने हो ? (अहिलेको ट्रेन्ड अनुसार ) भन्न र भनाउन सजिलो छ तर त्यसको लागी पर्याप्त आधार तयार बनाउन हामी कहीं कतै चुकेका छौं जस्तो लाग्छ । पंक्तिकार नियमित रुमपा बेनीका ३ केन्द्रमा पुगेको र त्यहाँको अवस्थालाई हेरेको आधारमा यी अभिव्यक्ति दिन खोजेको छ । जसरी SEE को समयमा एउटा युद्द लड्न साइत गरेको सिपाहीलाइ  जसरी दहि, टीका फुल, मिठाइ, अभिभावक र शिक्षकको उपस्थितिमा केन्द्र अगाडी भिडभाड हुनेगर्छ जुन १२ को परीक्षामा शुन्य प्राय देखिन्छ ।

    यसको अर्थ SEE गर्नुपर्छ भन्ने चाही होइन तर महत्व नदिएको होकी जस्तो भने पक्कै हो  । यो म्याग्दीको एक व्यक्तिले देखेको कुरा लेखेको हो । देशभर यस्तो अवस्था नहोला, जेहोस म्याग्दीका सबै परीक्षा केन्द्रमा अत्यन्तै सौहार्द  र शान्त बताबरणमा परीक्षा संचालन भएका छन् । के छ त म्याग्दीका केन्द्रको अबस्था ? केन्द्रगत रुपमा हेरौं :

    प्रकाश मावि केन्द्र : यस केन्द्रमा  मुक्तिमार्ग मा.वि, घारा , न्यू वेष्ट प्वाइन्ट आ.मा.वि. बेनी, माउण्ट एभरेष्ट आ.मा.वि, बेनी,  बेनी सामुदायिक .मा वि. बेनी, न्यू होराइजन इं.वो.स्कुल जलजला ३ पर्वतका नियमित तर्फ ३११ र आंशिक/ग्रेड वृद्दी तर्फ २२ जना परीक्षार्थीहरु रहेका छन् । यस केन्द्रका केन्द्राध्यक्ष प्रधानाध्यापक लेखबहादुर हमाल हुनुहुन्छ ।

    म्याग्दी बहुमुखी क्याम्पस केन्द्र :  यस केन्द्रमा प्रकाश मा.वि. बेनी, मुक्तिधाम मा.वि. राखु , पौलस्य मा.वि भिरमुनी  गरी ३ वटा विद्यालयका  नियमित तर्फ २८८ र आंशिक/ग्रेडबृद्दि तर्फ ३७ विद्यार्थीहरु रहेका छन् भने केन्द्राध्यक्ष क्याम्पस प्रमुख गोरख बहादुर जिसी हुनुहुन्छ ।

    बेनी सामुदायिक मावि केन्द्र : यस केन्द्रमा हिमाञ्चल मा.वि राम्चे, शिख मा.वि., शिख, अर्जुन मा.वि., भकुण्डेचौर, गलेश्वर मा.वि., तोरीपानी, ज्ञानप्रकाश मा.वि., दाना, भानु मा.वि. रत्नेचौर, सर्वोदय मा.वि भुरूंग तातोपानी,  धौलागिरी मा.वि सिंगा, जनकल्याण मा.वि., पुलाचौर, प्रभा मा.वि. नारच्याङ्ग, विद्याज्योती मा.वि,माझफाँट पर्वतका  नियमित तर्फ २९९ र आंशिक/ग्रेड वृद्दी तर्फ ३० जना परीक्षार्थीहरु रहेका छन् भने केन्द्राध्यक्ष प्रधानाध्यापक दीपक श्रेष्ठ हुनुहुन्छ ।

    मंगला मावि  बाबियाचौर केन्द्र : यस केन्द्रमा दिपशिखा मा.वि. कुहूँ, किसानी मा.वि.विम, महेन्द्ररत्न मा.वि. बरंजा,  हेम मा.वि., शिवाङ, जनप्रिय मा.वि. दरवाङका नियमित तर्फ  २६२ र आंशिक \ग्रेड वृद्दी तर्फ ३२ जना विद्यार्थीहरु सहभागी रहेका छन् भने केन्द्राध्यक्ष प्रधानाध्यापक गमबहादुर केसी हुनुहुन्छ ।

    माउन्ट एभरेष्ट आ मावि केन्द्र : यस केन्द्रमा मंगला मा.वि. वावियाचौर, जमुनाखर्क मा.वि. अर्थुङ्गे, म्याग्दी  बहुमुखी क्याम्पस, बेनीका विद्यार्थीहरु सहभागी रहेका छन् । यस केन्द्रमा नियमित तर्फ २११ र आंशिक ग्रेडवृद्दी तर्फ ७० जना परीक्षार्थीहरु रहेका छन् यस केन्द्रका केन्द्राध्यक्ष प्रिन्सिपल राजु केसी हुनुहुन्छ ।

    राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्ष कोरोना महामारीका कारण सम्बन्धित विद्यालयले नै परीक्षा संचालनगर्ने जिम्मा दिएको थियो भने उत्तर पुस्तिका परिक्षण भने राष्ट्रिय परीक्षा बोर्डले नै गरेको थियो ।  यस वर्ष पुर्ववत: तरिकाले नै राष्ट्रिय परीक्षा बोर्डले केन्द्र निर्धारण गरी परिक्षा संचालन गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुरु हुनुभन्दा आधा घण्टा अगाडी इमेलमा प्रश्नपत्र पठाउने गर्दछ । केंद्राध्यक्षको रोहबरमा उक्त प्रश्नपत्र प्रिन्ट गरेर सम्बन्धित केन्द्रले परीक्षा संचालन गर्ने गर्दछ । बिहान ८ बजेदेखि परीक्षा संचालनको समय तोकिएको भएपनि प्रश्नपत्र डाउनलोड  प्रिन्ट र फोटोकपी  गर्दा १० /१५ मिनेट ढिलो हुने गरेको केन्द्राध्यक्षहरु बताउने गर्दछन  । विद्यार्थी संख्या धेरै र फोटोकपी गर्दा समय लाग्ने गरकोले १०/ १५ मिनेट ढिलो शुरु  भएपनि विद्यार्थीहरुलाई ३ घण्टा समय भने  उपलब्ध हुने गर्दछ ।

    त्यसैगरी शिक्षा समन्वय इकाई म्याग्दीका प्रमुख दल बहादुर थापा र जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी चिरिन्जीवी रानाले संयुक्त रुपमा पहिलो र दोश्रो दिनमा बेनिबजारका  केन्द्रको अनुगमन गरेको बताउनुभयो । शिक्षा समन्वय इकाई प्रमुख थापाले बेनीका केन्द्रमा परीक्षा  ब्यबस्थित तरिकाले संचालन भैरहेको बताउनुभयो । उहाँले एक दुइ दिनमा बाबियाचौर स्थित मंगला मावी केन्द्रको अनुगमनमा जाने कुरा समेत बताउनु भएको छ  ।

    अहिले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरु कोरोनाका कारण SEE परीक्षामा सहभागी नभएका विद्यार्थीहरु हुन् त्यसैगरी उनीहरुले कक्षा ११ र १२ को पनि भौतिक उपस्थितिमा पुरै समय विद्यालयमा अध्ययन गर्न पाएका छैनन् । विद्यालयका शिक्षकहरूले  SEE परिक्षामा सहभागी नभएका कारण बोर्ड परीक्षा कस्तो हुन्छ भन्ने अनुभव उनीहरुमा छैन भने अर्को तर्फ पढाइको स्तर खस्किएको चिन्ता ब्यक्त गरेकाछन ।

    परीक्षाको दोश्रो दिनसम्म आइपुग्दा म्याग्दीका ५ वटै केन्द्रमा नियमित तर्फ १/२ र आंशिक तर्फ अल्ली बढी विद्यार्थी अनुपस्थित रहेका छन् कक्षा १२ को परिक्षामा सम्मिलित विद्यार्थीहरु परिपक्क र जिम्मेवार हुनेहुदा मर्यादित र शान्त वातावरणमा संचालन भैरहेको ५ वटै केन्द्रका केन्द्राध्यक्षहरुले बताएका छन् ।

    परीक्षा बोर्डका अनुसार यो वर्ष देशभरीबाट करिब चार लाख १५ परीक्षार्थी सहभागी भएका छन् भने  । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

    (परिक्षार्थीको संख्या केन्द्राध्यक्षबाट प्राप्त जानाकारीको आधारमा प्रस्तुत गरिएको हो )

     

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १ दिन अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • ६ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    ५ घण्टा अघि

  • २

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १ दिन अघि

  • ३

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १ दिन अघि

  • ४

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १ दिन अघि

  • ५

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १ दिन अघि

  • ६

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    २ दिन अघि

  • ७

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ४ दिन अघि

  • ८

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ५ दिन अघि

  • ९

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ५ दिन अघि

  • १०

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution