• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ माघ १७, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराइजनले जित्यो

९ घण्टा अघि
२

बरंग्जाको न्यु स्टार युवाक्लवको आयोजनामा जिल्ला स्तरीय अंतर मावि वक्तृत्वकला प्रतियोगिता

९ घण्टा अघि
३

जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

२१ घण्टा अघि
४

आज शहीद दिवस: विविध कार्यक्रम गरी मनाइदै

२१ घण्टा अघि
५

आगामी पुष ५ गते मावि स्तरीय (छात्र-छात्रा) “म्याग्दी कप” भलिबल प्रतियोगिता हुने

१ दिन अघि
६

म्याग्दीमा दुई बर्षयता नयाँ कुष्ठरोगीको संख्या शुन्य

१ दिन अघि
७

म्याग्दीको जेसिजको २४ औं वार्षिक पदस्थापन तथा पुरस्कार वितरण

१ दिन अघि
८

यस बर्षको SEE परीक्षा चैत १७ गते देखि हुने (तालिका सहित )

२ दिन अघि
९

टाइगर कप भलिबलको उपाधी गण्डकीले जित्यो

२ दिन अघि
१०

पर्बतको जलजलामा प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ दिन अघि
११

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

३ दिन अघि
१२

मालिका गाउँपालिकाको दरबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, सार्वजनिक सुनुवाइमा सर्वधारण, नागरिकहरुका गुनासाहरु पोखिए

४ दिन अघि

धेरै पढिएका

१

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ महिना अघि
२

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
१२

पाँच महिना पछी बौरको बाटो खुल्यो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख १३, मंगलबार (९ महिना अघि)

जलजला बौरमा घरघरै पसे वेष्ट पोइन्ट स्कुल बेनीका विद्यार्थी

तस्विर : कृष्ण जिसी

  • १०३८ पटक पढिएको
  • मध्यान्ह १२ बजेको प्रचण्ड गर्मीमा घरको पेटीमा पछ्यौरीको सप्कोले अनुहार हम्कदै बसेकी बृद्द आमा  दुइजना स्कुले केटाहरुले बज्यै नमस्ते भन्दै भेट्न पुगेपछि उनि अलमल्ल परिन अनि प्रश्न सोध्न थालिन “को हौ ? कहाँबाट आयौ ?  मैले चिनिन त?” दुइजना  केटाले आफ्नो परिचय र आउनुको कारण बताएपछि पेटीमा बसेर गफ गर्न थाले । कान अल्ली कम सुन्ने ति बज्यैले शुरुमा कुरा गर्न आनाकानी गरेपनि केहि बेरमा मनका सबै  कुरा ओकेल्न  थालिन अर्का केटा भने धारामा कपडा धुँदै गरेकी एक महिला संग कुराकानी गर्दै थिए ।

    कोहि केटाकेटी पसलमा बसिरहेका ब्यपारीसंग कुरा गर्दैथिए भने कोहि भने बारीमा मकै छर्न मल पाँझ्दै गरेका कृषकहरुसंग गफिदै थिए।  दुइजना विद्यार्थी भने  भिरकै जरामा रहेको घरमा  गर्मीले हपक्कै परेर घरको  पेटीमा बसेका आमाहरुसंग जोशिला गफ गर्दै थिए । कोहि घरको पेटीमा, कोहि चेनगेटपनि नखोली बाहिरबाटै प्रश्तोत्तर गरिरहेका भेटिन्थे भने कोहि विद्यार्थीहरु  आफुले संकलन गरेका तथ्यांक घरेअको पेटीमा बसेर मिलाउदै थिए ।

    बैशाख महिनाको मध्यान्नको चर्को घाम शिरै माथि पुगेको थियो । माथितिर मल्लाजको पहरो र  त्यहि पहरो  तातिएर हपक्कै बनेको जलजलाको बौर चर्को घाम लागेको बेला सुकेको खर व्हार्रै बल्ने खालको गर्मि हुने ठाउँ हो । भीरको फेदमा रहेको बौर छेवैमा बगेको कालीगण्डकीबाट बहने चिसो हावा खोलाको छेउका बस्तीलाई मात्रै हो तर माथिल्लो भेगमा सहिनसक्नु हुन्छ  ।

    यो क्षेत्र म्याग्दीको बेनी बजारबाट नजिकै रहेर  पर्वतको जलजलाको बौर म्याग्दीको सदरमुकाम नजिकै भएर पनि एक दुर्गम क्षेत्र जस्तै छ । यस क्षेत्रलाई पग्लिने भाँडो (Melting Pot ) भन्दा पनि फरक नपर्ने ठाउँ हो  किन कि यहाँ म्याग्दीका र पर्बतका विभिन्न ठाउँबाट बसाई सराइगरि आएका मान्छेका  कारण घना बस्ति बनेको छ जसका कारण यहाँको  सामाजिक-सांस्कृतिक रहनसहन समेत मिश्रित  बनेको छ ।

    म्याग्दीको सदरमुकाम बेनीमा अवस्थीत न्युवेष्ट पोइन्ट विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई सामाजिक शिक्षा पढाउने एक शिक्षकले सामाजिक क्रियाकलापको लागी बगर क्षेत्र छनोट गरेर विद्यार्थीहरुलाई अध्ययनको लागी पठाएका थिए । करिव २६० को हाराहारीमा घर संख्या रहेको र तिब्र रुपमा बस्ति निर्माण भैरहेको क्षेत्रमा सडकको सहजता नभएको त देखिएकै हो तर त्यो बाहेक अन्य सामाजिक समस्या, आसन्न निर्वाचन र जन चासोका बिषयमा प्रश्नावली तयार पारेर  सो क्षेत्रमा प्रति घर एक जना विद्यार्थीहरुले तथ्यांक संकलन गरेका थिए । बगर क्षेत्रमा  जलजलाको २ र ३ नम्बर वडाका बस्ति छन् करिव ९० जना विद्यर्थिहरुलाइ २ नम्बर र ३ मा तथ्यांक संकलनको लागी खटाइएको थियो ।

    शुरुमा विद्यार्थीलाई बेवास्ता गरेपनि केहि बेरको कुराकानी पछी बौर बासीले खुलेरै आफ्ना कुरा राखेको विद्यार्थीहरुले बताएका छन् । उमेर ढल्केका बृद्द-बृदाहरु आफ्नो नाति नातिनाको अत्यार मेटिएको बताउदै “हाम्रा कुरा यसरी सुन्दिने को थियो र ? भन्दै दुमनका कथा ब्यथा पोखेको विद्यार्थीहरुले बताए ।अधिकांश बगर बासीको उस्तै  गुनासो छ । सडक भएन, त्यसपछि दोश्रोमा उनीहरुले ढल निकास र फोहोर ब्यबस्थापनका बारेमा पनि बताएका थिए ।यी बाहेक शुरक्षा, दुर्व्यसनी,  सामाजिक असुरक्षा लगायतका समस्या समेत बढेर गएको बताएका छन् ।

    विद्यार्थीहरुले आसन्न स्थानीय निर्वाचनमा कस्तो उमेदवारले जितोस भन्ने चाहनुहुन्छ ? भन्ने प्रश्नमा भने धेरैले निर्बाचन प्रति अनिच्छा र यस भन्दा अघिका जनप्रतिनिधि प्रति आक्रोस पोखेका छन् ।सबैजसोले एउटा बाटो र पुलको समेत ब्यबस्था गर्न नसक्ने नेताहरुको के काम भनेका छन् भने आउदो चुनावमा शिक्षित र भिजन भएको नेता आओस भन्ने पनि चाहेका छन् ।

     

    हिमाली जिल्ला भएर पनि सुगम मानिने म्याग्दीको सदरमुकाम बेनी बजारको छेउमै रहेको पर्वतको बौर अत्यन्तै दुर्गम क्षेत्र हो । दुर्गम यस अर्थमा कि २०७८ सालमा कालिगण्डकीमा आएको बाढीले अस्थाई  बाटो बगाइदिएपछि सडक संजालबाट लगभग यो क्षेत्र सम्पर्क बिच्छेद जस्तै छ । म्याग्दी र पर्वत जोड्ने  झोलुंगे पुल पनि जिर्ण अवस्थामा छ त्यसैले यो क्षेत्रका बासिन्दा ब्यापार ब्यबसाय र निर्माणका सामाग्रेका लागी बोकेर नै ल्यानु परेको छ  ।

    यो बौर मात्रै हैन नेपालका धेरै क्षेत्रमा यस्तै समस्या हुन सक्छन । विद्यार्थीहरुको काम सामाजिक समस्या र गतिबिधि बुझ्नु थियो उनीहरुले आफ्नो विषयको सामाजिक क्रियाकलाप मात्रै पुरा गरेका हैनन् उनीहरुले  सामाजिक समस्या समाज मै पुगेर  बुझेका छन् । कक्षा ९ सेक्सन ए का दबिन्द्र रोकाले भने ” सर ! देशका अरु ठाउँमा पनि यस्तै त होलान् नि है समस्याहरु ? ” अर्का विद्यार्थी बर्खा थापाले भनिन “सबै नेता एकै कहाँ हुन्छन र ? कोइ त अल्ली काम गर्ने पनि त हुन्छन होला नि है ? ” मलाइ यी दुइ विद्यार्थीको प्रश्नले अझैसम्म उकुस मुकुस बनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ९ घण्टा अघि

    बरंग्जाको न्यु स्टार युवाक्लवको आयोजनामा जिल्ला स्तरीय अंतर मावि वक्तृत्वकला प्रतियोगिता

    २१ घण्टा अघि

    जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

    २१ घण्टा अघि

    आज शहीद दिवस: विविध कार्यक्रम गरी मनाइदै


  • १ दिन अघि

    आगामी पुष ५ गते मावि स्तरीय (छात्र-छात्रा) “म्याग्दी कप” भलिबल प्रतियोगिता हुने

  • १ दिन अघि

    म्याग्दीमा दुई बर्षयता नयाँ कुष्ठरोगीको संख्या शुन्य

  • १ दिन अघि

    म्याग्दीको जेसिजको २४ औं वार्षिक पदस्थापन तथा पुरस्कार वितरण

  • २ दिन अघि

    यस बर्षको SEE परीक्षा चैत १७ गते देखि हुने (तालिका सहित )

  • समाचार
  • १

    जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराइजनले जित्यो
    ९ घण्टा अघि

  • २

    बरंग्जाको न्यु स्टार युवाक्लवको आयोजनामा जिल्ला स्तरीय अंतर मावि वक्तृत्वकला प्रतियोगिता
    ९ घण्टा अघि

  • ३

    जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन
    २१ घण्टा अघि

  • ४

    आज शहीद दिवस: विविध कार्यक्रम गरी मनाइदै
    २१ घण्टा अघि

  • ५

    आगामी पुष ५ गते मावि स्तरीय (छात्र-छात्रा) “म्याग्दी कप” भलिबल प्रतियोगिता हुने
    १ दिन अघि

  • ६

    म्याग्दीमा दुई बर्षयता नयाँ कुष्ठरोगीको संख्या शुन्य
    १ दिन अघि

  • ७

    म्याग्दीको जेसिजको २४ औं वार्षिक पदस्थापन तथा पुरस्कार वितरण
    १ दिन अघि

  • ८

    यस बर्षको SEE परीक्षा चैत १७ गते देखि हुने (तालिका सहित )
    २ दिन अघि

  • ९

    टाइगर कप भलिबलको उपाधी गण्डकीले जित्यो
    २ दिन अघि

  • १०

    पर्बतको जलजलामा प्रथम राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ३ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution