• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८२ बैशाख २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१८ घण्टा अघि
२

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

३ दिन अघि
३

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

३ दिन अघि
४

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

३ दिन अघि
५

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

३ दिन अघि
६

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

४ दिन अघि
७

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

५ दिन अघि
८

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

५ दिन अघि
९

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

५ दिन अघि
१०

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

१ हफ्ता अघि
११

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

१ हफ्ता अघि
१२

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान जंगलबाट पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

३ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र १७, बिहिबार (३ साल अघि)

प्यारो शिक्षक हुन के गर्नुपर्ला ? एक शिक्षकको अनुभव

फाईल तस्विर

  • ९७४ पटक पढिएको
  • फरक फरक समय गरि मैले पढाउन थालेको १७ वर्ष भयो । निजि र सरकारी विद्यालयमा पढाएको मेरो यो अनुभवाबाट मलाइ सधै  प्यारो शिक्षक बन्न प्रयास गरिरहन मन लाग्छ । काम गर्दै, सिक्दै, पढाउँदै जाने क्रम चलिरहेको छ अझै  प्रभावकारी काम गर्नै बाँकी पनि छ तर पनि स्कूल, विद्यार्थी र अभिभावकको सेरोफेरोमा रहँदा यी केही वर्षका अनुभवले धेरै कुरा सिकाएको छ । प्रायः विद्यार्थीले विद्यालय छोडेपछि मलाइ सम्झिने गर्दछन । अभिभावकले पनि सम्मान गर्नुहुन्छ । त्यो मेरोलागी गौरवको कुरा हो, मेरो लागि उपलब्धि पनि हो । त्यसैले कसरी प्रिय शिक्षक बन्न सकिएला भन्ने बारेमा मेरा व्यक्तिगत अनुभव अभिव्यक्तगर्न खोजेको छु ।

    • एउटा सामान्य शिक्षक हुनु र अलि फरक खालको शिक्षक हुनुमा  मैले त्यति धेरै अन्तर देखेको छैन । अलि अलि फरक छ त केवल अनुशासनको । हामी शिक्षक अनुशासित भएर, समयमा स्कूल आउने, आफ्नो स्वास्थ्यको ख्याल गर्ने, बोल्ने भाषालाई सकारात्मक र सरल शब्दहरू प्रयोग गरेर बोल्ने, दिएको जिम्मेवारीलाई पूरा गर्ने, विद्यार्थीलाई गर वा नगर भनेको काम पहिला आफूले पालना गर्दै उदाहरण आफैँलाई बनाएर पेश गर्योभने विद्यार्थीको प्यारो शिक्षक बन्न सकिन्छ भन्ने मलाइ लाग्दछ ।
    • विद्यार्थीलाई नङ काट, कपाल काट, जंक फुड नखाउ भन्ने तर आफूले त्यस्तो नगर्ने हुँदा विद्यार्थीले हामीलाई सम्मान त के हाम्रो छेउछाउ आउन पनि छाड्छन्  उस्तैपरे कुरा पनि काट्छन । त्यसैले राम्रो शिक्षक र  सबैको प्यारो शिक्षक हुन अनुशासित हुनुपर्ने हुन्छ ।
    • शिक्षक सधैँ उत्सुक हुनुपर्छ । मोटिभेटेड हुनुपर्छ । हँसिलो हुनुपर्छ । तर कहिले काही त्यस्तो नहुन पनि सक्छ । म पनि सधैँ उत्सुक हुन सक्दिनँ । कहिलेकाहीँ अनेक कुराले रिस उठिरहेको हुन्छ । तर हामीले विद्यार्थीलाई  उसको खुवी चिनाइदिन सक्नुपर्छ । पढ्न गाह्रो हुने/मान्नेलाई सजिलो तरिकाले सिकाउन प्रयास गरिरहनु पर्छ । यदि हामी आफूले गर्ने काममा मोटिभेटेड भएर लागिपर्यौं भने हितैषी शिक्षक बन्न सकिन्छ ।
    • यदि कुनैदिन केही नयाँ कुरा सिकिएन गरिएन भने, मलाइ त्यो त्यो दिन खेर गएको जस्तो लाग्छ र बेलुकीपख चिडचिडाहट हुन्छ । त्यहि भएर पत्रिका, न्युज पोर्टल, फेसबुक, इन्स्टाग्राम, युट्युबमा केही कुरा पढिरहेको, हेरिरहेको हुन्छु, करेसाबारीमा गएर बोटबिरुवा छुने, गोडमेल गर्ने, घरमा बस्दा कुकुर बिरालोसंग खेल्ने गर्छु जसले मलाइ आनन्द दिन्छ । राम्रो शिक्षकमा हुनुपर्ने गुण भनेको सधैँ केही न केही कुरा सिकिराख्ने स्वभाव पनि हो जस्तो मलाइ लाग्दछ ।
    • एउटा शिक्षक कक्षाकोठामा जाँदा विभिन्न चाहाना भएका विद्यार्थीहरू माझ घोत्लिनुपर्ने हुन्छ, एउटै खालको ज्ञान बाँडेर नहुने रहेछ । विद्यार्थीको मनोभावना बुझेर उसलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । उसको पढाइको स्तरलाई सुधार्न पनि शिक्षकले सधैँ पढ्नुपर्छ या भनौँ सिकिरहेको हुनुपर्छ जस्तो मलाइ लाग्छ ।
    • कतिपय अवस्थामा हामी शिक्षकहरू आफ्नो क्षमतामा प्रश्न गर्छौं । के मैले साँच्चिकै पढाउन सक्छु त ? के म सही काम गरिरहेको छु त ? त्यो सोचाइ आउनु स्वाभविक नै हो । जसलाई पनि आउँछ । मलाई पनि आउँछ । तर त्यसो  भन्दैमा तपाईं हामी नराम्रो शिक्षक भने होइनौँ । हामी निरन्तर कोसिस गरिरहेका हुन्छौँ तर कहिलेकाहीँ रिजल्ट त्यो अनुसारको नआउँदा मन दुखि हुन्छ । कहिले काहीँ आफूलाई विश्वास गरेर, आफ्नो काममा शतप्रतिशत दिइसकेपछि पनि त्यसको परिणाम आफ्नो अधीनमा नहुँदा त्यसको चिन्ता गर्न छाडिदिनुपर्छ जस्तो मलाई लाग्छ किनकि कर्म हाम्रो अधिनमा हुन्छ तर त्यसको फल हाम्रो अधीनमा हुदैन । एउटा कृषकले बोट लगाउन सक्छन, त्यसको हेरचाह गर्न सक्छन तर त्यो बोटमा फल फलाउने ग्यारेण्टी दिन सक्दैनन्, हो हामी शिक्षक पनि त्यस्तै कृषक जस्तै त हौँ । त्यसैले आफ्नो कर्मलाई विश्वास गरौँ, आफ्नो क्षमतामा विश्वास गरौँ ।
    • मैले सिकेको कुरा के हो भने कहिलेकाहीँ जे कुराले हामीलाई दुःख दिन्छ, त्यसैमा आफ्नो भलाइ/कल्याण लुकेको हुन्छ । मैले भन्न खोजेको कुरा केहो भने विद्यालयको प्रिन्सिपलले सबै शिक्षकलाई अब उप्रान्त प्रश्नपत्र बनाउँदा टाइप गरेर (डिजिटल) दिनुपर्छ भनेर भन्नुभयो अनि कुनै  शिक्षकले मैले टाइप गर्न सक्दिनँ, जान्दिन भन्नुको साटो, म सिक्छु, यो सिकेमा प्रश्नपत्र मात्र किन अरुकुरामा पनि फाइदा हुन्छ भनेर अगाडी बढ्यौं भने कत्रो फाइदा हुन्छ है ? मैले  भन्न खोजेको के हो भने चुनौतीलाई अवसरमा बदल्नुपर्छ ।
    • हरेक शिक्षकमा पढाउनु बाहेक अन्य कुनै न कुनै गुण, क्षमता हुन्छ । (गीतार बजाउने, मादल बजाउने, मिठो खाना बनाउने, लुगाबाट दाग हटाउने, मिठो चिया बनाउने सीप, राम्रा अक्षर लेख्ने लेख्ने कला इत्यादी) त्यहि क्षमता वा गुणलाइ  अस्त्र बनाएर शिक्षण क्षेत्रमा प्रवेश गरियो भने त्यसैले हामीलाई अशल शिक्षक बन्न सघाउछ ।
    • शिक्षक भविष्यको बारेमा आकलन गर्ने खालको पनि हुनुपर्छ । शिक्षण क्षेत्रमा भएका नया अभ्यास, ट्रेन्डबारे पनि ज्ञान हुनुपर्छ त्यसैलाई राम्रो भिजन भएको शिक्षक भनिन्छ जस्तो मलाइ लाग्दछ ।

    हाम्रो बानी, आचरण र व्यवहारले  हाम्रा विद्यार्थीहरुले हामी प्रति विश्वास गरेका हुन्छन त्यसैले यी कुरामा ध्यान पुर्याउन जरुरी हुन्छ । एउटा विद्यार्थीलाई असल बनाउन अभिभावक शिक्षक र सामाजिक वातावरणले पनि प्रभाव पारेको हुन्छ तर हामी  शिक्षकले आफ्नो पक्षबाट गर्न सक्ने कुरा गर्न सक्यौं शिक्षकको कर्तब्य पुरा भएको ठहर्छ  ।

    (लेखक  वेष्ट पोइन्ट विद्यालयका भाइस प्रिन्सिपल हुनुहुन्छ )

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    १८ घण्टा अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    ३ दिन अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

    ३ दिन अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध


  • ३ दिन अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • ३ दिन अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • ४ दिन अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • ५ दिन अघि

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

  • समाचार
  • १

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १८ घण्टा अघि

  • २

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    ३ दिन अघि

  • ३

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    ३ दिन अघि

  • ४

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    ३ दिन अघि

  • ५

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    ३ दिन अघि

  • ६

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    ४ दिन अघि

  • ७

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    ५ दिन अघि

  • ८

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    ५ दिन अघि

  • ९

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    ५ दिन अघि

  • १०

    म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution