• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ३०, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

७ घण्टा अघि
२

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

९ घण्टा अघि
३

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

१६ घण्टा अघि
४

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

१ दिन अघि
५

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

१ दिन अघि
६

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

२ दिन अघि
७

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

३ दिन अघि
८

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

४ दिन अघि
९

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

६ दिन अघि
१०

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

६ दिन अघि
११

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

१ हफ्ता अघि
१२

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण ९, शनिबार (३ साल अघि)

बलात्कार विरुद्धको अभियानमा पुरुष उभिए मात्र बलात्कार नियन्त्रण हुन सक्छ

सांकेतिक तस्विर

  • ९०७ पटक पढिएको
  • दीक्षा जिसी, काठमाडौँ

    नेपालको कानुन अनुसार कसैको मन्जुरी बिना, करकाव, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाइ ललाइ फकाइ, मन्जुरी लिइ वा नलिइ गरिने यौनकार्यलाइ पनि बलात्कारको रूपमा लिइन्छ भनि उल्लेख गरिएको छ । कुनै महिलामाथी बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् तर ति मध्ये मुख्य कारण चाहीँ महिलाको शरिरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । महिलाको शरिरलाइ खेलौना तथा मनोरञ्जनको साधनको रूपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथी बलात्कारका घटनाहरु हुने गरेका छन् ।

    नेपालको कानूनले त श्रीमान वा श्रीमतीको ईच्छा विपरीत हुने यौन सम्पर्कलाई बलात्कार भनेको छ । पछिल्लो समय नेपालमा महिला हिंसा तथा बलात्कारका घटनामा वृद्धि भई रहेको तथ्यांकहरू आईरहेका छन्। बलात्कारको स्थिती भयावह हुनुमा आखिर दोषी को छ ? किन वृद्धि भईरहेका छन् नेपालमा हिंसा र बलात्कारका घटना ? अहिले आम चासो र चिन्ताको विषय बनेको छ ।

    देशमा  बलात्कारविरुद्ध  समयसमयमा साना–ठूला आन्दोलन भइरहेका छन् । सचेतनाका  कार्यक्रम पनि भैरहेका छन्  तैपनि बलात्कारका घटना दिनदिनै बढ्दै गएका छन् । बलात्कारका घटना कम हुनुको साटो किन बढ्दै छ ? यो सोचनीय विषय हो  तितो यथार्थ के हो भने, जो बलात्कार पीडित छ उसैलाई दोषारोपण गरेर बहस सुरु गरिन्छ  । उसको चरित्र, व्यक्तित्व र उठबस कोसँग थियो भन्नेजस्ता सवाल जवाफ र टीकाटिप्पणी शुरु हुन्छन । तर जसले जे भने पनि जसरी विश्लेषण गरेपनि बलात्कार विशुद्ध अपराध हो ।

    नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । अझ भनौं महिलाको यौनिकतालाई इज्जतसँग तुलना समेत गरिन्छ । जब एक  महिला बलात्कृत हुन्छे, उसले  न आफ्नो परिवारलाई भन्न सक्छे, न त अरू कसैलाई । जब उसले म बलात्कृत भएँ भन्छे, उसले आफ्नो परिवारको इज्जत फाल्छे  भन्ने मान्यता छ । एक बलात्कृत महिला  समाजको आँखो बन्छे । त्यसैले  बलात्कृत महिला आफू बलात्कृत भएको विषय जिन्दगीभर आफूसँग राख्न विवश हुन्छन् ।

    हाम्रो समाज पुरुष प्रधान समाज हो त्यसैले समाज र देशको हरेक मुख्य निर्णायक भूमिकामा पुरुष हाबी हुनु अपराधका घटना वृद्धि हुनुको अर्को मुख्य कारण हो  । प्रहरी प्रशासनमा ९५ प्रतिशतभन्दा बढी कार्यालयका प्रमुख पुरुष नै छन् । बलात्कारबाट महिला पीडित हुन्छन् । बलात्कृत महिलाको भावना र पीडा एक महिला कर्मचारीले जुन गहिराइसम्म बुझ्न सक्छ, त्यो कदापि पुरुष कर्मचारीले बुझ्न सक्दैन। बलात्कृत महिला प्रहरी प्रशासनमा पुग्दा अर्को पुरुषको सामना गर्नुपर्ने हुन्छ । पुरुष प्रहरीका कतिपय अनुसन्धानका प्रश्नहरू पीडितका लागि पीडादायी बनिदिन्छन् ।

    बलात्कारको शिकार भएका महिलाहरु  प्रहरी कार्यालय पुगेर किटानी जाहेरी गर्न सहज महसुस गर्दैनन् । कतिपय अवस्थामा प्रहरीले पीडितको बयान विश्वास गर्दैनन् र उजुरी नै लिँदैनन् । राजनीतिक संरक्षण, सत्ता र शक्तिको चरम दुरुपयोग बलात्कारको घटना वृद्धिको अर्को कारण हो । नेता, उच्च ओहोदाका कर्मचारीका आफन्त, राजनीतिक कार्यकर्ता नै पीडकको संरक्षकका रूपमा उभिन्छन् । प्रहरी प्रशासनको अपारदर्शी कार्य सम्पादन पनि दिन-प्रतिदिन बढिरहेको छ । यसले अपराधीलाई अपराध गर्नमा थप प्रोत्साहन गरेको हुन्छ। यसको ज्वलन्त उदाहरण निर्मला हत्याकाण्ड नै हो  । बलात्कार पछी हत्या भएको ३ वर्ष पुगीसक्दा पनि अझै सम्म अपराधि पत्ता लाग्न सकेको छैन ।

    नेपालमा भएको सञ्चारको विकास र यसको दुरुपयोग बलात्कार हुनुको अर्को कारण हो । हरेक व्यक्तिको मोबाइल इन्टरनेटमा पहुँच, पोर्न फिल्मको लत र त्यसको अनुसरणले महिला बलात्कृत हुन पुगेका थुप्रै दृष्टान्त छन् ।

    हाम्रो समाजमा बलात्कृत महिलाको ‘इज्जत लुटिएको’ भनिन्छ । तर, बलात्कार गर्ने पुरुषको भने ‘इज्जत गयो’ भनिँदैन । बलात्कृत महिलाले मुद्दा हाल्दादेखि र फैसला भइसकेपछि जीवनभर निर्धक्क हिँड्ने, डुल्ने र पहिला जसरी नै काम गर्ने वातावरणको प्रत्याभूति नहुँदासम्म बलात्कारका घटना अझै बढेर जानेछन  । त्यसैले   तपाईं हामी मुकदर्शक नबनौँ । बलात्कारविरुद्धको अभियानमा साथ दिऔँ । हिंसामा परेका बालिका तथा महिलाहरूलाई लाञ्छना नलगाऔँ । आलोचना नगरौँ । जीवित पीडित र पीडितका परिवारलाई सहयोग गरौँ । नबिर्सौं, जबसम्म पुरुष बलात्कारविरुद्धको अभियानमा उभिँदैन तबसम्म बलात्कार नियन्त्रण हुन सक्दैन ।

    लेखक  कानुन बिषयमा स्नातक गरिरहनु भएको  र जलजला  अनलाइनका काठमाडौँ सम्बाददाता हुनुहुन्छ  ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ७ घण्टा अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    ९ घण्टा अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

    १६ घण्टा अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा


  • १ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • १ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • २ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

  • ३ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

  • समाचार
  • १

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    ७ घण्टा अघि

  • २

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    ९ घण्टा अघि

  • ३

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    १६ घण्टा अघि

  • ४

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    १ दिन अघि

  • ५

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    १ दिन अघि

  • ६

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    २ दिन अघि

  • ७

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    ३ दिन अघि

  • ८

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ४ दिन अघि

  • ९

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ६ दिन अघि

  • १०

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution