• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

२ घण्टा अघि
२

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

१ दिन अघि
३

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

२ दिन अघि
४

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

३ दिन अघि
५

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

३ दिन अघि
६

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

४ दिन अघि
७

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
८

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
९

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
१०

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
११

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१२

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ चैत्र ७, शनिबार (४ साल अघि)

तातोपानी कुण्ड भित्रको झुण्ड र नेपाली समाजको बिबिधता भित्रको सुन्दरता

tftf]kfgL s'08======DofUbLsf] a]gL gu/kfnLsf !# l:yt tftf]kfgL s'08df :gfg u/]/ k|fs[lts pkrf/ u/fpg cfPsf la/fdLx? . lxhf]cfh b}lgs Ps xhf/ ltg ;o hgf la/fdLx?n] pkrf/sf nflu tftf]kfgLdf :gfg ul//x]sf 5g . tl:j/ ;Gtf]if uf}td, /f;;, DofUbL

  • १२०३ पटक पढिएको
  • बेनीको सिँगामा रहेको तातोपानी कुण्ड प्राकृतिक रुपले औषधीय गुणले भरिपूर्ण मात्र होइन चारै तर्फ सुन्दर मनोरम दृश्यले घेरिएको छ | बिभिन्न क्षेत्र र उमेर समुहका ब्यक्तिहरु आ-आफ्नो अनुकुलता अनुसार दृश्यावलोकन तथा स्वास्थ्य लाभका उदेश्यले पुग्ने गर्छन | यसैले गर्दा उक्त ठाउँको  विकास  पूर्वाधारकालागी  आन्तरिक तथा बाह्य  पर्यटनको ठुलो सम्भावना बोकेको क्षेत्र हो भन्दा अत्योक्ति नहोला |

    त्यहाँ भेटिने मानवीय झुण्डमा नेपाली समाजको बिबिधता भित्रको सुन्दरता समेटेको चित्र स्पस्ट देखिन्छ | महिला र पुरुषका लागी छुट्टा छुट्टै बनाईएका तातोपानीको कुण्डमा डुब्ने झुण्डहरुलाई गत महिना नियालेर हेर्ने अवसर पाएको थिएँ | ती झुण्डका आर्थिक, सामाजिक,लैंगिक अवस्थाहरु अध्ययन गर्न फराकिलो आधारहरु  भेट्न सहज नै रहेको अनुभूति हुन्छ | पुरुष सेवा ग्राहीका लागी कुण्डमा डुब्न आवश्यक पहिरनलाई  खासै महत्व नदिए पनि महिलाहरुको लागी एक निश्चित डिजाईनका पहिरन आवश्यक बनाईएको रहेछ जसले गर्दा पहिरनमा एकरुपता स्थापित गर्न कोशिस गरेको बुझिन्छ र त्यसले सकारात्मक सन्देश दिन्छ तर निश्चित समयमा निश्चित सेवाग्राहीको संख्या निर्धारण गर्न नसकेकोले गर्दा समय  समयमा कुण्ड भित्र अत्यधिक भिड हुने र आवाज प्रदूषणको सम्भावना अत्यधिक हुँदो रहेछ |

    पुरुषहरु भन्दा महिलाहरु डुब्ने कुण्ड ब्यबस्थापन गर्न गार्हो हुने अनुभूति त्यहाँका ब्यबस्थापन सहयोगीहरुले बताउने गर्छन | तिनका अनुसार महिलाहरु बढी गुनासो गर्ने र हल्ला गर्ने हुन्छन | यसको  अनुमानित  कारण समाजका बिभिन्न बहुसंख्यक संरचनाहरुमा रहेका महिलाहरु प्राय: नेतृत्वदायी भूमिकामा रही ब्यबस्थापनमा सम्मान सहितको सक्रिय स्थान पाउन नसकेकाले स-साना निर्णय र ब्यबस्थापन गर्न समेत त्यहाँ रहेका पुरुष सहयोगीहरुलाई गुहार्ने गर्दा रहेछन | महिलाका लागी कुनै महिला नै ब्यबस्थापन सहयोगी राखिएको भए सेवाको प्रभावकारिता बढ्ने सम्भावना देखिन्छ  तर टिकट काट्ने ठाउँमा मात्रै महिला र अन्य ब्यबस्थापनका लागी सिर्फ पुरुष मात्रै हुँदा यसले प्रभावकारी ब्यबस्थापन हुन् नसकेको भान हुन्छ |

    पुरुषहरु डुब्ने कुण्डमा जनै लगाएका र नलगाएका पुरुषहरुले गर्दा बाहुन र अन्य जात स्पस्ट छुट्टिन्छ त्यस्तै गरी महिलाहरु तर्फ सुनका भारी मुन्द्रा देखि लिएर हात र घाँटीमा लगाईएका सुनका गहनाहरुले तिनका आर्थिक अवस्था र चेतना दुवै झल्किन्छ | त्यस्तै गरी बिभिन्न क्षेत्रका भाषा, लैंगिक पहिचान, बोल्ने शैली र ब्यबहारगत सामाजिक बिबिधताका साथै  नेपाली समाजको अपनत्व झल्किने स्थलको  रुपमा रहेको उक्त तातोपानी कुण्ड समाज जोड्ने एक भरपर्दो माध्यमको रुपमा  पनि हेर्न र बुझ्न सकिन्छ | त्यसका साथै प्रकृति प्रदत्त श्रोतको रुपमा रहेको उक्त तातोपानी कुण्डलाई  प्रभावकारी ब्यबस्थापन गर्ने हो भने त्यसले एक  छुट्टै विशिष्ट पहिचान दिने सुनिश्चितता बढ्छ |

    दैनिक रुपमा हजारौंका  संख्यामा पुग्ने सेवाग्राहीले गर्दा हुने आर्थिकलाभलाई  प्रभावकारी रुपमा योजना र ब्यबस्थापन तर्फ प्रयोग गरिने हो भने यसले त्यहाँ वरिपरी अन्य क्षेत्रका पर्यटन उद्योगलाई समेत टेवा पुग्ने र दीर्घकालीन विकासलाई प्रवर्द्धन गर्ने बिभिन्न आधारहरु प्रदान गर्ने निश्चित छ | जसले गर्दा मुलुकका भविष्य नेपाली युवाहरुलाई बाध्यकारी  पलायन हुनबाट  केहि हद सम्म रोक्न सकिने सम्भावना लाई टेवा दिने अवस्था सिर्जना हुन्छ |

    बिशेष गरी नशा र छाला सम्बन्धित रोग भएका ब्यक्तिहरुको लागी प्रख्यात रहेको उक्त तातोपानी कुण्डमा डुब्न बिभिन्न किसिमका नशा र छाला सम्बन्धि समस्या भएका दिर्घ रोगी समेत पुग्ने गर्छन  | छाला सम्बन्धि बिभिन्न घाउहरु भएका ब्यक्तिहरु एउटै कुण्डमा संग संगै डुब्दा कतिपय सेवाग्राहीले असहज महसुस गर्नु स्वभाविक हो  | त्यसका लागी त्यस्ता  रोगको अवस्था अनुसार अलग्गै तातोपानी कुण्डको ब्यबस्था गरिनु आवश्यक हुन्छ जसले गर्दा सबैलाई सहज र स्वस्थ वातावरण भएको महशुस गराउन सकियोस | साथ साथै  सेवाग्राहीहरु  संग गरिने प्रभावकारी सम्बाद, लैंगिक सम्बेदनशीलता जस्ता बिषय बस्तुहरुलाई पनि महत्वका साथ जोडिनु पर्छ जसले गर्दा त्यो ठाउँको पहिचान देश भित्र मात्रै होइन विश्वका अन्य भागमा पनि पुग्न सकोस र आन्तरिक तथा बाह्य पर्यटनले त्यो ठाउँमा अन्य आय आर्जनका अवसर र सम्भावनाहरु समेत बढ्न सकोस |

    भनिन्छ कुनै पनि ब्यक्ति वा ठाउँको दीर्घकालीन विकास कसैले आएर गरिदिन सक्दैन त्यसैले आफ्नो समाज आफै बनाऊ भन्ने स्पिरिटका साथ स्थानीय तहको नेतृत्वमा बिभिन्न ब्यबस्थापन प्रशिक्षण र साझेदारी कार्यक्रमहरु संचालन गरिनु उपयुक्त हुन्छ | जसले आत्मनिर्भरताका साथ समृद्ध समाजको निर्माण गर्न सकोस र अन्य समाजका लागी त्यहाँको स्थानीय श्रोत साधनको उपयोग गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण बन्न  सकोस |

    (वीणा झा –समाजशास्त्री )

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ३ दिन अघि

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

    ३ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम


  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • ३ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • ३ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • समाचार
  • १

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    २ घण्टा अघि

  • २

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    २ दिन अघि

  • ४

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ३ दिन अघि

  • ५

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ३ दिन अघि

  • ६

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ४ दिन अघि

  • ७

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ८

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ९

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • १०

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution