• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

१३ घण्टा अघि
२

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

२ दिन अघि
३

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

५ दिन अघि
४

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

५ दिन अघि
५

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
६

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
७

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
८

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
९

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
१०

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
११

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
१२

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १०, बिहिबार (१ साल अघि)

राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो

तस्विर : सन्तोष गौतम

  • ३१२ पटक पढिएको
  • म्याग्दी, फागुन-९ ,  नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी लगायत जनप्रतिनिधी, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिहरुको बुधबार अपराहन्न ५ः३० बजे सुरुङ जोडिएको थियो ।

    रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिनुभयो । “रघुगंगा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिट बाट १८९७ मिटर सुरुङ खनिएको छ,” उहाँले भन्नुभयो “राहुघाटको कुल ६ हजार २७० मिटर मध्य हालसम्म ९४ प्रतिशत अथवा ५ हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।” ३५३ मिटर सुरुङ खन्न बाँकी छ । चार वर्षअघि देखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण शुरु गरिएको थियो । पहिलो र दोस्रो अडिट जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङ मध्य ३५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङ मध्य ७५ मिटर खनिएको छ । पिप्ले स्थित तेस्रो अडित देखि सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघिनै ‘ब्रेक थ्र‘ु भएको थियो ।

    सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च सफा्ट निर्माण सकिएको छ ।   विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो ।  सर्ज सफा्ट देखि टप प्रेसर साफ्ट जोड्ने ५४१ मिटर मध्य ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर सफट देखि भर्टिकल सर्ज सफट जोड्ने १७१ र भर्टिकल प्रेसर सफट देखि वटम प्रेसर सफट जोड्ने ३२९ मिटर सुरुङ यसअघिनै निर्माण भएको थियो । विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस मध्य २८ मिटर निर्माण सकिएको, ६३ मिटरमा काम भैरहेको र ३७ मिटर बाँकी रहेको छ ।

    राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । “आगामी सन २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ,” उहाँले भन्नुभयो “सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तिब्रता दिएको छ ।”

    बाँध निर्माण स्थलमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको हो ।

    १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध निर्माणको काम ६० प्रतिशत भन्दा बढी सकिएको छ । विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । इलेक्ट्रोमेकानीकल सम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।

    भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।
    कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

    बि.स. २०७४ मंसिरमा रु. छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । जेपीका निर्देशक प्रविणकुमार सिंहले राहुघाट निर्माणलाई पूर्णता दिने प्रतिवद्धता जनाउनुभयो ।
    रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले शंकाका बिच राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएकोमा खुसी व्यक्त गर्नुभयो । परामर्शदाता कम्पनी वाकफोसका परामर्शदाता रमेश बाबुले दोस्रो र तेस्रो अडिटको टनेल जोडिएकोमा ठेकेदार, आयोजनालाई बधाई दिनुभयो ।


    पहिलो र दोस्रो अडिट जोड्न बाँकी ३५१ मिटर सुरुङ आगामी जुन र ४८ मिटर बाँकी प्रेसर साफ्ट अप्रिल महिनामा ब्रेक थ्रु गर्ने कार्ययोजना बनाइएको छ ।  यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

    सर्वोच्च अदालतको २०७८ असार २९ को आदेस पछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् रोकिदाँ आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतिका रुपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

    ५ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ५ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत


  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • समाचार
  • १

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
    १३ घण्टा अघि

  • २

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    २ दिन अघि

  • ३

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ५ दिन अघि

  • ४

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ५ दिन अघि

  • ५

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ६

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ८

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ९

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • १०

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution