• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख २५, सोमबार (३ साल अघि)

पदमार्गले जाेडियाे पर्यटकीय क्षेत्र जगन्नाथ–डढेकोत

तस्विर : प्रताप बानिया

  • ४९४ पटक पढिएको
  • म्याग्दी, बैशाख-२५,  म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा रहेकाे गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ–डढेकोत क्षेत्र पर्यटन पदमार्गले जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ र डढेकोत दरबार क्षेत्र जगन्नाथ मन्दिरदेखि डढेकोतसम्म भर्खरै पदमार्ग निर्माणले पूर्णता पाएको हो ।

    आर्थिक वर्ष २०७७/०७८ देखि सुरु भएको जगन्नाथदेखि डढकोतसम्म पदमार्ग निर्माणले चालु आर्थिक वर्ष २०७९/८० मा आएर पूर्णता पाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त बजेटले जगन्नाथ मन्दिर रहेको गाजने गाउँदेखि डढेकोत दरबारसम्मै ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

    जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समिति गाजनेका सचिव निलकण्ठ शर्माले अब जगन्नाथ मन्दिरमा आउने भक्तजन र केभहिल भ्रमणमा आउने पर्यटक सजिलै डढेकोत दरबार क्षेत्रमा पुग्ने जानकारी दिनुभयो । पदमार्ग निर्माणपछि जगन्नाथ मन्दिरदेखि झन्डै एक घण्टाको पैदल दुरीमा रहेको डढेकोतको बाटो १५ मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

    ग्रामीण क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी दिने उद्देश्यसहित नेपाल सरकारबाट प्राप्त बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । स्थानीयस्तरको आवश्यकता र मागको आधारमा योजना छनोट गरी सञ्चालन गरिएको हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित योजनाहरू अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणले स्थानीयस्तरमा धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धन हुने अपेक्षासमेत गरिएको छ ।

    चालु आर्थिक वर्षमा बेनीमा पाँच सय २० जना बेरोजगार सूचीकृत भएकामा ६७ जनालाई न्यूनतम एक सय दिन बराबरको रोजगारी सिर्जना हुने गरी बजेट आएको नगरपालिकाको रोजगार शाखाका रोजगार संयोजक कुलचन्द्र रेग्मीले बताउनुभयो । उहाँले त्यही बजेटमध्ये जगन्नाथ–डढेकोत पर्यटन पदमार्ग निर्माणमा यस वर्ष पाँच लाख ५२ हजार रुपैयाँ लगानी भएको जानकारी दिनुभयाे । डढेकोतसम्म पुग्ने पदमार्ग निर्माणमा गएकाे वर्ष नयाँगाउँ–जगन्नाथ क्षेत्रमा पाँच लाख ३७ हजार र गएकाे भन्दा अघिल्लो वर्ष सात लाख ६७ हजार रुपैयाँ बजेट परेको थियो ।

    यस वर्ष विश्व बैंकको ऋण अनुदान र नेपाल सरकारबाट रोजगारी सिर्जना गर्ने गरी ४६ लाख दुई हजार रुपैयाँ बजेट प्राप्त भएकोमा बेनीका सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको रोजगार संयोजक रेग्मीको भनाइ छ । चालु वर्षमा बेनीको रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, पुलाचौर, घतान र पात्लेखेत वडाभित्रका विभिन्न ठाउँमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माणको काम भइरहेको छ ।

    ऐतिहासिक जगन्नाथ मन्दिर तथा गाजने गाउँको सिरमा डढेकोत राजदरबार छ । यहाँ अहिले दरबारको भग्नावशेष मात्रै भेट्न सकिन्छ । यहाँ एउटा सानो कोत मन्दिर रहेको हुँदा स्थानीयले हरेक वर्षको बडादशैँमा नवदुर्गाको पूजा गर्दै आएका छन् । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेकाे डढेकोत दरबारको आसपासबाट हिमशृङ्खलासहित ग्रामीण सौन्दर्यता हेर्न पाइन्छ । तत्कालीन पर्वत राज्यको दरबार रहेको डढेकोतमा ठूलाे वज्रपात परेपछि दरबार ध्वस्त भई डढेको भन्ने इतिहास रहेकाले डढेकोत दरबार भनिएको हो ।

    नेपालमा बाईसे–चौबीसे राज्य कायम रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको दरबार डढेकोत भन्ने ठाउँमा रहेको इतिहासमा भेटिन्छ । त्यही क्रममा पर्वत राज्यको राजकाज सम्हालेका समालवंशका तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब) ले डढेकोतमा रहेको राजदरबारबाट पर्वत राज्यको शासन गरेका थिए । राजा मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई गाजने गाउँको हलहलेचौर भन्ने ठाउँमा जगन्नाथ मन्दिर स्थापना गरेको किंवदन्ती पाइन्छ ।

    धार्मिक तथा पर्यटकीय क्षेत्र डढेकोतबाट सूर्योदय र सूर्यास्त तथा संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, दशौँ अग्लो चुचुरो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छ्रे, मानापाथी, गूर्जा, चुरेनलगायतका दर्जन बढी हिमाल हेर्न पाइन्छ । म्याग्दीको बेनी नगरपालिकासहित छ वटै पालिका र ४५ मध्ये ३६ वटा वडा (गाउँ) यहीँ ठाउँबाट देख्न सकिन्छ । यसैगरी छिमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बाग्लुङ, मुस्ताङ र अन्य जिल्लाको डाँडाकाँडा पनि यहाँबाट देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution