• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ २२, आईतबार (३ साल अघि)

प्रेस चौतारीको २५औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

तस्विर ; देवी जिसी

  • ५७३ पटक पढिएको
  • म्याग्दी, माघ-२२,  प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २५ औं स्थापना दिवस मनाएको छ  आज (आइतबार) बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो ।

    प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सर्कुलरअनुसार रचनात्मक कार्यक्रमअन्तर्गत अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको प्रेस चौतारी म्याग्दी शाखाले जनाएको छ । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई मौसम अनुकुल हुने गरी स्याउ, केरा, अङ्गुरलगायत फलफुलहरु वितरण गरिएको थियो । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले प्रेस चौतारी व्यावसायिक र श्रमजीवि पत्रकारहरुको सङ्गठन भएको बताउनुभयो ।

    प्रेस चौतारीले स्थापनाकालदेखि नै सञ्चारका गतिविधिसँगै समुदायस्तरमा विभिन्न खालका रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै सशक्त र प्रभावकारी रुपमा सञ्चारको क्षेत्रबाट आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहनुभएका एमाले उपसचिव थापाले जिल्लामा निर्माणाधीन तथा अधुरा योजनाहरुको निर्माणकार्य पुरा गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी दिनुभयो ।

    उहाँले बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणकार्यमा भैरहेको ढिलाइप्रति आफूले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा म्याग्दीबाट निर्वाचित संघ र प्रदेशका सांसद एवं अस्पतालका अध्यक्षसँग समन्वय गरी निर्माण व्यवसायीलाई भवनको निर्माणकार्यमा फर्काउन पहल भैरहेको बताउनुभयो । उहाँले जिल्लाको विकास निर्माणमा भैरहेको ढिलासुस्तीबारे सञ्चारको क्षेत्रबाट पनि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले प्रेस चौतारी नेपाल श्रमजीवी र क्रियाशील पत्रकारहरुको साझा सङ्गठन भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्ष समेत रहनुभएका केन्द्रीय सदस्य पौडेलले सञ्चारका गतिविधिसँगै रचनात्मक क्रियाकलापमा प्रेस चौतारी क्रियाशील रहेको भन्दै सञ्चारमाध्यममार्फत जिल्लामा सुशासन तथा विकास निर्माणमा भैरहेका ढिलासुस्तीको विषयमा आवाजहरु उठाइएको बताउनुभयो ।

    बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण कार्यक्रम सराह्रनीय रहेको बताउँदै बेनी अस्पताल म्याग्दीमा निर्माण भैरहेको अस्पतालको भवन निर्माणकार्य अलपत्र अवस्थामा रहेकाले पत्रकारिताको माध्यमबाट खबरदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

    प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको बीचमा व्यावसायिक एकता रहेको बताउनुभयो । कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शंकरराज लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, मानवअधिकार एलायन्स गण्डकी प्रदेश कमिटी सहसचिव दीपक पौडेल, पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, वर्तमान उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव सन्तोष गौतम, प्रेस युनियनका जिल्ला सभापति राकेश शर्मा, फोनिजका अध्यक्ष साधन राम्जाली र अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिलन खत्रीलगायत जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका आयोजक र अतिथिहरुले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो । कार्यक्रम प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution