• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

१३ घण्टा अघि
२

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१ दिन अघि
३

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१ दिन अघि
४

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

२ दिन अघि
५

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

३ दिन अघि
६

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
७

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
८

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
९

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
१०

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
११

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
१२

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ ३, मंगलबार (२ साल अघि)

पदम गिरी : पर्बतको दुर्लुङ गाउँदेखि सिहंदरबारसम्मको यात्रा

तस्विर : सामाजिक संजाल

  • ७३० पटक पढिएको

  • पर्बत, माघ-३, पर्बत जिल्लाबाट प्रतिनिधि सभामा  निर्बाचित एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनुभएको छ  । पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पर्वत जिल्लाको इतिहासमा संघीय सरकारमा मन्त्री हुने पहिलो व्यक्ति बन्नुभएको हो ।

    राणाशासन अन्त्यपछि पर्वत जिल्लाबाट राज्य र सहायक मन्त्री ६ जना बनिसक्दा संघीय सरकारमा पहिलो मन्त्रीका रुपमा गिरीले इतिहास रच्न सफल  हुनु भएको हो  ।

    स्कुल जीवनमै  राजनीतिक रुपमा चेतनशील भइसकेका थिए गिरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको राजनीतिबाट उदाउनुभएको हो । उहाँले  २०५९ माघ १९ मा तत्कालीन राजाले शासन हातमा लिएपछि पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो । त्यसपछि उहाँको  चर्चा  धेरै नै चुलिएको थियो । २०५९ साल माघ २० गते उहाँ विरोध प्रदर्शनकै क्रममा पक्राउ पक्राउ पर्नु भएको थियो   ।

     संक्षिप्त परिचय

    पदम गिरीको जन्म  पर्वत जिल्लाको कुश्मा नगरपालिका–३, दुर्लुङमा भएको हो । उहाँको  आमाको नाम  सिता गिरी  भने पिता स्व. बेल गिरी हुनुहुन्छ । गिरीले दुर्लुङमै रहेको काफल चौर माध्यमिक विद्यालयमा औपचारिक शिक्षा प्रारम्भ गरे पश्चात  पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययन गर्नु भएको हो  । उहाँ  विद्यालय तहमै रहँदा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौको संगठित सदस्य बन्नु भएको थियो  ।

    दुर्लुङ गाउँदेखि सिहंदरबारसम्मको यात्रा

    २०४६ सालमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौको संगठित सदस्य बन्नु भएका उहाँ  काफल चौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटीको सचिव हुँदै अध्यक्षसमेत हुनुभयो  ।

    त्यसपछि २०५० सालमा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववियू पर्वत पोखरा सम्पर्क कमिटीको अध्यक्ष, २०५५ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बन्नु भएको थियो । अन्तत:  २०५७ मा उहाँ अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बन्न सफल हुनुभयो  ।

    त्यसपछि अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य र अनेरास्ववियू केन्द्रीय सदस्य र  २०५९ माघ १९ शाही कदमपछि मुलुकमा सबैभन्दा पहिला पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दैै भएको विरोध प्रदर्शनको नेतृत्व गिरीले गर्नु भएको थियो ।

    गिरी २०६२ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित हुनुभयो । त्यसपछि अनेरास्ववियूको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख समेत बन्नु भयो  ।

    उहाँ  नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारीसमेत सम्हाल्न सफल हुनुभएको थियो । त्यसपछि उनी नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

    ०७४ साल मंसिरमा भएको आमनिर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरीले  तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका अर्जुन जोशीलाई १३ हजार मतान्तरले पराजित गर्नु भएको थियो ।

    गिरी नेकपा एमाले र माओवादी केन्द्र एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला अध्यक्षसमेत बन्नुभयो भने  नेकपा एमालेको दशौं महाधिवेशनपछि केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज र  प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक पर्वत जिल्लाबाट निर्वाचित हुनुभयो  । आम निर्बाचन २०७९ मा गिरीले गठबन्धनका बिरुद्द २९ हजार ८७२ मत प्राप्त गरी विजयी हुनुभएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उहाँका  प्रतिस्पर्धी अर्जुन जोशी नै हुनुहुन्थ्यो  । जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरी दोश्रो पटक संघीय सांसद बन्नु भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन


  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • २ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • समाचार
  • १

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    १३ घण्टा अघि

  • २

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १ दिन अघि

  • ३

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १ दिन अघि

  • ४

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    २ दिन अघि

  • ५

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ३ दिन अघि

  • ६

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ७

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ८

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ९

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • १०

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution