• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २०, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१0 घण्टा अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

२ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

४ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

५ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

६ दिन अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)

पाठ्यपुस्तक नभई सिकाइ नै नहुने हो त ?

फाईल तस्विर

  • ८४५ पटक पढिएको
  • कृष्ण जिसी 

    स्थानीय तह निर्वाचन लगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरुभयो । विद्यालय खुले तर  विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाउनु कुनै नौलो कुरा भने हैन । हरेक वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले यहि र यस्तै समस्या झेलिरहेका छन् ।

    विद्यालय खुलेको झन्डै २ हप्ता हुनै लाग्दापनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन  । कागज बेलैमा आपूर्ति नहुँदा र जनशक्ति पनि मतपत्र छपाइमा व्यस्त भएकाले पाठ्यपुस्तक छाप्न ढिलो भएको बताइएको  छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले असार पहिलो सातासम्म बाँकी पुस्तक छापिसक्ने प्रतिवद्धता जनाएका छन् ।

    राज्यको नालायकीपन एकातिर छ, विद्यार्थीको पिडा अर्कोतिर छ भने अभिभावकको चिन्ता आफ्नै ठाउँमा छ । सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नहुदा पठन-पाठन हुन सकेन भन्ने समाचार हरेक मिडियामा आइरहेका छन् । समस्या आफ्नो ठाउँमा छन् तर हामी शिक्षकले केहि न केहि समाधानको  उपाय खोज्नैपर्छ। जवसम्म पाठ्यपुस्तक उपलब्ध हुन्न तवसम्म कसरी पठन पाठनलाई ब्यबस्थित गर्ने भन्ने विषयमा शिक्षण पेशामा थोरै समय संलग्न भएको कारणले मेरा केहि कुरा अभिब्यक्त गर्न लागेको छु :

    • पाठ्यपुस्तक ढिलो चांडो उपलब्ध होला तर शिक्षा मन्त्रालय पाठ्यक्रम बिकास केन्द्रले पाठ्यक्रम उपलब्ध गराएको छ । पाठ्यक्रम अनुसार शिक्षकले चाह्यो भने पाठ्यपुस्तक बिना पनि सिकाइ सहजीकरण गर्न सक्छ ।

    • एकातर्फ हामी पाठ्यपुस्तक बिनाका कक्षा निर्माणको कुरा गर्दैछौं तर पाठ्यपुस्तक नभई सिकाइ नै हुदैन भन्ने जस्ता कुरा पनि गर्दैछौं जुन आफैमा विरोधाभास पूर्ण छ ।

    • पाठ्यक्रम नै शिक्षण सिकाइको  मुख्य आधार हो भने पाठ्यपुस्तक सहयोगी सामाग्री हो ।

    • पाठ्यक्रमको आधारमा सिकाइका लागी सामाग्री तयार पारी विद्यार्थीलाई सिकाइमा सक्रिय सहभागी गराउन सकिन्छ ।

    • शिक्षक केन्द्रित सिकाइमा कक्षामा पाठ्यपुस्तक आगाडी राखेर शिक्षकले बाचन गर्ने शैलीलाई महत्व दिने हो भने त फरक कुरा हो तर विद्यार्थी केन्द्रित सिकाइलाई आधार मान्ने हो भने किताव बाधक हुदै होइन ।

    • सवाल यो पनि हुनसक्छ विद्यार्थीलाई घरमा पुगेर गृहकार्य गर्न किताव चाहिन्छ । तर कक्षा कोठा मै पर्याप्त अभ्यास गर्ने हो भने गृहकार्य जरुरी छ जस्तो मलाइ लाग्दैन ।  

    •  पाठ्यपुस्तक आवस्यक छ तर जहिले सम्म सर्वसुलभ हुदैन तव सम्म नपढ़ाई बस्ने त ?  पाठ्यक्रमका आधारमा पाठ्यसामग्री निर्माण गर्न सकिन्छ ।

    • जुन-जुन कक्षाका पाठ्यपुस्तक परिबर्तन भएका छैनन् ति कक्षामा पुराना कितावलाई ब्यबस्थापन गरेर सिकाइ सहजीकरण गर्न सकिन्छ ।

    • पाठ्यपुस्तक परिबर्तन भएका कक्षामा पनि सत-प्रतिशत परिबर्तन भएको त छैन त्यसैले अघिल्लो वर्षको /पुरानो पाठ्यपुस्तकका आधारमा पढाउन सकिन्छ ।

    • उदाहारणका लागी मैले कक्षा ९ मा सामाजिक शिक्षा पढाउछु परिबर्तित कोर्स अनुसार जनसंख्या परिचय र ब्यबस्थापन, हाम्रो अन्तराष्ट्रिय सम्बन्ध र सहयोग लगायतका पाठ्यसामग्रीहरु थपिएका छन् जुन कुरा जहिले पाठ्यपुस्तक उपलब्ध हुन्छ त्यतिबेला सम्म पढाउन सकिन्छ भने बाकि कुरा अघिल्लो बर्षको पाठ्यपुस्तकमा भएकै कुरा छन् त्यसैले पाठ्यपुस्तक बिना पठन-पाठन अगाडी  बढ्न सकेन भन्ने कुरामा म सहमत छैन ।

    अहिले मात्रै हैन २०५५ सालमा विद्यार्थीले पाठ्य पुस्तक नपाई नयाँ शैक्षिक सत्र सुरु भयो भनेर आन्दोलन नै भएपछि सरकारले १५ दिन विद्यालय बन्द गरेको थियो । ०६८ सालमा पनि त्यस्तै आन्दोलन भएको थियो परिस्थिती अहिले पनिबुस्तै छ ।  ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा घोषणा गरेको छ जुन नारा ब्यर्थ भएको छ।

    ठूला–ठूला कुरा गर्ने  शिक्षामा क्रान्ति ल्याउने भन्ने तर, समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा शिक्षाको हालत के होला ? विद्यार्थीलाई पाठ्यपुस्तक समयमा दिन नसक्ने सरकारले कसरी शिक्षाको गुणस्तरमा सुधार आउन सक्छ ?

    समय मै पाठ्यपुस्तक उपलब्ध हुन त नसक्ने नै भयो तर जवसम्म पाठ्यपुस्तक उपलब्ध हुन सक्दैन तवसम्म शिक्षक आफु पुस्तक बनेर पाठ्यक्रमका आधारमा सिकाइलाई प्रभावाकारी गराउन सक्नुपर्छ । निकम्मा राज्यलाई गाली गरेर शिक्षक उम्कन मिल्दैन ।

    (लेखक वेष्ट पोइन्ट स्कुल बेनीका भाइस प्रिन्सिपल हुन् )

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    १ दिन अघि

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

    २ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    २ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • ४ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • ५ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ६ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १0 घण्टा अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    २ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ४ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ५ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ६ दिन अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution