• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)

 बिद्यालयमा  पुस्तक मोह

सांकेतिक तस्विर

  • १२०२ पटक पढिएको
  • गत दुई बर्ष कोरोना महामारीको कारण अन्य क्षेत्र संग संगै शिक्षामा पनि पारेको असर हामी सबैलाई बिदितै छ | त्यसमा पनि बिद्यालय तहको शिक्षा त झनै बढी प्रभावित भएको अवस्थालाई नकार्न सकिन्न | यसले हाम्रो शैक्षिक सत्रलाई समेत प्रभावित गरेकोले यसपाली ज्येस्ठ देखि मात्रै नयाँ शैक्षिक सत्र शुरु गरिने गरी सम्बन्धित निकायको निर्देशन अनुरुप बिद्यालयहरु आ-आफ्ना किसिमले नयाँ शैक्षिक सत्रको तयारीमा जुटेको देखिन्छ |

    बास्तवमा बिद्यालय  तहको शिक्षा भनेको पुस्तक बाहेक जीवनका लागी अत्यधिक महत्वपूर्ण भावनात्मक विकास, मुल्य-मान्यता, नैतिकता, इमान्दारिता, आत्मबल र आत्मबिश्वास  जस्ता बिषयहरुको विकास गर्ने र  सिक्ने थलो पनि हो | त्यसैले शिक्षालाई संस्कार र संस्कृति संग जोड्दै समाज बुझाउदै त्यसलाई  प्रभावकारी बनाउनको लागी  बिद्यालय, अभिभावक र विद्यार्थीको सक्रिय भूमिकाको अपेक्षा गरिएको हुन्छ  | अहिलेको परिवेश नियाल्दा केहि सिमित बिद्यालयलाई छोडेर प्राय बिद्यालयहरु पुस्तक मोहमा फसेका देखिन्छन | अर्थात् जति धेरै पुस्तक त्यति बढी ज्ञान भन्ने भ्रममा परेका भेटिन्छन | कुन तहमा कति पुस्तक, कुन पुस्तक र किन भन्ने जस्ता प्रश्नहरु तर्फ  बिद्याल, अभिभावक र राज्य समेतको निगरानीमा कमी देखिन्छ | जसको परिणाम  स-साना बालबालिकाले  गह्रुङ्गो झोला बोक्दै चुकाउन बाध्य छन |

    बिद्यालय तहको शिक्षालाई निर्धारित र निर्मित पाठ्यक्रम संग जोड्नुको सट्टा पुस्तकका पाठहरुमा मात्रै सिमित गराउन खोज्ने अभ्यासले गर्दा बिद्यालयहरु शिक्षाको मूल मर्मबाट बिचलित हुनलागेको देखिन्छ | समग्र शिक्षाको भाव समेट्न नसक्दा बिद्यार्थी, शिक्षक र अभिभावक पुस्तक वरिपरी मात्रै फनफनी घुमिरहेको अवस्थाले गर्दा बालबालिकामा सिर्जनशिलता, कल्पना र  नवीनताको बिकासमा  सिर्जित अवरोधहरु ब्याप्त छन | जसको प्रभाव तिनका बाल्यकाल सम्म मात्रै सिमित नभई पेशागत विकास र सामाजिक जीवनमा समेत पर्ने गर्छ |

    जसरी कुनै गाडी सफलताका साथ चलाउन सिर्फ सैधान्तिक ज्ञान पर्याप्त हुन सक्दैन | निरन्तर अभ्यास र ब्यबहारी ज्ञानले मात्रै सुरक्षित यात्रा सम्भव हुन्छ | त्यसै गरी शिक्षाको नाममा पाठहरु कण्ठ पार्दै रटानमा निर्भर शिक्षा लाभदायी हुदैन | त्यसैले  शिक्षण शिप बिकासको लागी पनि सिर्फ व्याख्यान बिधिमा  आधारित प्रशिक्षणहरुले अपेक्षित उदेश्य पुरा गर्न सक्दैन | सम्बन्धित निकायले बिद्यालय शिक्षा प्रभावकारी बनाउन शिक्षकका शिक्षण बिधि र पुस्तक सामग्रीमा समेत  रुपान्तरण ल्याउन जरुरी छ  |

    राज्यले निर्धारण गरिदिएको तहगत पाठ्यक्रममा खोट देखाउने ठाउँ त्यती छैन  बरु त्यसको मूल मर्म समेट्न नसकी पुस्तक संख्यामा ब्रिधि गर्ने प्रवृति बढ्दो छ जसमा राज्यको निगरानी अपुग देखिन्छ |

    उदाह्र्णको लागी एक छिन सोचौ कक्षा तीन सम्म पढ्ने बिद्यार्थीलाई कुन कुन बिषयगत ज्ञान जान्न आवश्यक होला ? आफ्नो सामाजिक सेरोफेरो, भाषा, गणित र बिज्ञान बिषयले पर्याप्त हुँदैन ? तर ब्यबहारमा हेर्दा कक्षा एक देखि नै बिभिन्न नामका ७ देखि ८ बिषयको पुस्तकहरु  बोकाउन किन बाध्य पारिएका छन बालबालिका ? यसमा कसको लाभ लुकेको छ ? यस प्रति सम्बन्धित निकायहरु किन मौन छन ? भोलिको पुस्ता कस्तो बनाउने जिम्मा कसको हो ? यसमा केहि हद सम्म सचेत र सक्षम प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुनसक्छ तर शक्ति सम्पन्न आधिकारिक व्यक्तित्व तथा अभिभावकको सचेतना पनि उत्तिकै सम्बेदनशील पक्ष हुन् |

    कुन तहका बालबालिकालाई कुन बिषय  कति सम्म बुझाउन सकियो भने तिनको उक्त बिषय प्रतिको जान्ने जिज्ञाशा बढाउन सकिन्छ अर्थात् ज्ञानको भोक जगाउन सकिन्छ र तिनलाई प्रश्न निर्माण गर्ने र खोज्ने प्रवृतिको विकास गराउन सकिन्छ त्यो महत्वपूर्ण पक्ष हो | पुस्तकका सिमित पाठहरु सम्म मात्रै ज्ञान सिमित पार्दै  कक्षा कार्य र गृह कार्यको दुश्चक्रमा बालबालिकालाई रुमल्लिनबाट जोगाउन अझै ढिलो गरिनु हुदैन | त्यसको लागी सम्बेदनशील भै सोच्ने हो भने कक्षा तीन सम्म जम्मा चारवटा काफी छ | यदी बिद्यालयको शैक्षिक नेतृत्वमा सक्षम ब्यक्ति छन भने सम्पूर्ण बिद्यालय समुहलाई शिक्षाको मूल मर्म संग जोड्दै बालबालिकाको सम्पूर्ण सिकाईलाई केन्द्रमा राखी त्यसै अनुरुपको बार्षिक  मेटापाठ्यक्रमको निर्माण गरी बिद्यालयकोलागी शैक्षिक रोडम्याप बनाई शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ |

    दुख लाग्दो पक्ष भनेको प्राय बिद्यालयहरुले आ-आफ्नो बिद्यालयका तहगत पाठ्यपुस्तकहरु र तिनका  संख्या निर्धारण गर्न खासै अध्यन अनुसन्धान गरेको देखिन्न | यस बिषय प्रति कसको भूमिका कस्तो र किन हुन्छ भन्ने अभिप्राय प्रति अनभिज्ञ त प्राय  कोहि छैन तर मौन स्वीकृतिले गर्दा बिकृति बढ्दो छ | त्यसैले समय मै यस प्रति सम्बन्धित सबै निकाय सचेत हुन आवश्यक छ | नत्र भने हाम्रो शिक्षाले भोलिको पुस्तालाई पनि जागिर खोज्ने समुहमा जोड्न त सक्ला तर स्वयम् अवसर सिर्जना गर्न सक्ने, समाजमा उपलब्ध श्रोत साधनको पहिचान गरी उद्यमशील बन्न सक्ने, बिश्व बजारमा आफ्नो मौलिकताको आधारमा जोडिन सक्ने जस्ता अवस्थाहरु निर्माण गर्न  सक्दैन |

    त्यसैले पुस्तक संख्याको बृद्धिले कसलाई कति र कसरी फाइदा हुन्छ त्यसलाई बिर्सिदै पुस्तक  मोहबाट निस्कौ र भोलिको पुस्ता निर्माणमा आ-आफ्नो तर्फबाट इमान्दार प्रयास गरौ |

    (वीणा झा – समाजशास्त्री )

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ दिन अघि

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

    १ हफ्ता अघि

    सीमाना, संवेदना र जिम्मेवारी

    ४ हफ्ता अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए


  • ४ हफ्ता अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

  • ४ हफ्ता अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • १ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution