• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

७ घण्टा अघि
२

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

४ दिन अघि
३

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

४ दिन अघि
४

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

६ दिन अघि
५

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
६

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
७

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
८

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
९

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
१०

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
११

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
१२

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)

सिङ्गाका महिलाहरुलाई मादल बजाउने तालिम ः अब गाउँमा खोज्नुपर्दैन मादले

तस्विर: जलजला अनलाइन

  • ४३० पटक पढिएको
  • देवी जिसी/बेनी, जेठ-७, कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो ।

    यसैक्रममा म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाले महिलाहरुलाई मादल सिप सिकाइ सम्बन्धी तालिम प्रदान गरेको छ । गाउँघरमा आवश्यक पर्दा उनीहरुलाई मादल बजाउन सिकाएर दक्ष बनाउन वडाले एक हप्ताको तालिम दिएको जनाएको छ । वडाको महिलालक्षित कार्यक्रमअन्तर्गत गएको वैशाख ३० गतेदेखि यही जेठको पहिलो सातासम्म मादल बजाउने तालिम सञ्चालन गरिएको थियो ।

    प्रशिक्षक, कलाकार एवं पत्रकार कृष्णबहादुर जिसीले समुदायमा प्रचलित अति आवश्यक झ्याउरे ताल र समला तालको विषयमा मादल बजाउने तालिमको सहजीकरण गर्नुभएको थियो । झ्याउरे र समता तालअन्तर्गत भजनकिर्तन, देउसीभैलो, तीजगीत, लोकगीत, झाम्रे, सालैजो, रत्यौलीलगायत गीतसङ्गीतको मादल बजाउन सिकाइएको प्रशिक्षक जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी महिलाहरुले भजनकिर्तनसँगै गीतहरु गाएर मादलको विभिन्न तालहरु बजाउँदै सिकेका थिए ।

    तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले मादल बजाउने तालिम नेपाली समाजको कला, संस्कृतिसँग जोडिएको हुँदा कला, संस्कृति र परम्परालाई जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले वडा र नगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धि गरी दक्ष र सक्षम बनाउन सिपमूलक विभिन्न तालिमहरु सञ्चालनमा जोड दिइएको बताउँदै पछिल्लो समय नेपाली कला र संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विभिन्न तालिममार्फत महिलाहरुको क्षमता वृद्धिमा जोड दिइएको हुँदा सबै महिला दिदीबहिनीहरुले समान रुपमा तालिम लिनुपर्ने उहाँको भनाइ छ ।

    तालिमको समापन गर्दै सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि वडामार्फत विभिन्न सचेतनामूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई तालिमको साथमा टोल विकास संस्थालाई एकएक वटा मादल हस्तान्तरण गरिएको बताउँदै वडामार्फत आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । वडा सदस्यद्वय पवित्रा किसान र सन्दीप खत्रीले मादल बजाउने तालिमको सिप र ज्ञानलाई व्यवहारमा पूर्ण रुपले उतार्न सुझाव दिनुभयो ।
    तालिमका प्रशिक्षक जिसीले सहभागी महिला दिदीबहिनीहरुले अत्यन्त जाँगर तथा उत्साहसहित सक्रिय सहभागी भई छोटो समयमै मादल बजाउन सक्षम भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नभयो । तालिम समापनसत्रको अवसरमा सिङ्गाको विभिन्न टोल विकास संस्थाहरुलाई वडा कार्यालयको तर्फदेखि एकएक वटा मादल उपलब्ध गराइएको छ ।

    सिङ्गाका वडाध्यक्ष खड्काको अध्यक्षता र सामुदायिक परिचालक सीता थापा कुँवरको सञ्चालनमा सम्पन्न तालिमको समापत्रसत्रमा सहभागी शान्ता पौडेलले अनुभव सुनाउनुभएको थियो । मादल नेपाली समाजको मौलिक राष्ट्रिय बाजा मानिन्छ भने छ सयवर्ष पहिलेदेखि मादल बजाउने गरिएको इतिहास रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ७ घण्टा अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

    ४ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    ४ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन


  • ६ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • २ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • समाचार
  • १

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ७ घण्टा अघि

  • २

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ४ दिन अघि

  • ३

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ४ दिन अघि

  • ४

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ६ दिन अघि

  • ५

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ६

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • ७

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ८

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ९

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • १०

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution