• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)

सिङ्गाका महिलाहरुलाई मादल बजाउने तालिम ः अब गाउँमा खोज्नुपर्दैन मादले

तस्विर: जलजला अनलाइन

  • ५०९ पटक पढिएको
  • देवी जिसी/बेनी, जेठ-७, कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो ।

    यसैक्रममा म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाले महिलाहरुलाई मादल सिप सिकाइ सम्बन्धी तालिम प्रदान गरेको छ । गाउँघरमा आवश्यक पर्दा उनीहरुलाई मादल बजाउन सिकाएर दक्ष बनाउन वडाले एक हप्ताको तालिम दिएको जनाएको छ । वडाको महिलालक्षित कार्यक्रमअन्तर्गत गएको वैशाख ३० गतेदेखि यही जेठको पहिलो सातासम्म मादल बजाउने तालिम सञ्चालन गरिएको थियो ।

    प्रशिक्षक, कलाकार एवं पत्रकार कृष्णबहादुर जिसीले समुदायमा प्रचलित अति आवश्यक झ्याउरे ताल र समला तालको विषयमा मादल बजाउने तालिमको सहजीकरण गर्नुभएको थियो । झ्याउरे र समता तालअन्तर्गत भजनकिर्तन, देउसीभैलो, तीजगीत, लोकगीत, झाम्रे, सालैजो, रत्यौलीलगायत गीतसङ्गीतको मादल बजाउन सिकाइएको प्रशिक्षक जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी महिलाहरुले भजनकिर्तनसँगै गीतहरु गाएर मादलको विभिन्न तालहरु बजाउँदै सिकेका थिए ।

    तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले मादल बजाउने तालिम नेपाली समाजको कला, संस्कृतिसँग जोडिएको हुँदा कला, संस्कृति र परम्परालाई जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले वडा र नगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धि गरी दक्ष र सक्षम बनाउन सिपमूलक विभिन्न तालिमहरु सञ्चालनमा जोड दिइएको बताउँदै पछिल्लो समय नेपाली कला र संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विभिन्न तालिममार्फत महिलाहरुको क्षमता वृद्धिमा जोड दिइएको हुँदा सबै महिला दिदीबहिनीहरुले समान रुपमा तालिम लिनुपर्ने उहाँको भनाइ छ ।

    तालिमको समापन गर्दै सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि वडामार्फत विभिन्न सचेतनामूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई तालिमको साथमा टोल विकास संस्थालाई एकएक वटा मादल हस्तान्तरण गरिएको बताउँदै वडामार्फत आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । वडा सदस्यद्वय पवित्रा किसान र सन्दीप खत्रीले मादल बजाउने तालिमको सिप र ज्ञानलाई व्यवहारमा पूर्ण रुपले उतार्न सुझाव दिनुभयो ।
    तालिमका प्रशिक्षक जिसीले सहभागी महिला दिदीबहिनीहरुले अत्यन्त जाँगर तथा उत्साहसहित सक्रिय सहभागी भई छोटो समयमै मादल बजाउन सक्षम भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नभयो । तालिम समापनसत्रको अवसरमा सिङ्गाको विभिन्न टोल विकास संस्थाहरुलाई वडा कार्यालयको तर्फदेखि एकएक वटा मादल उपलब्ध गराइएको छ ।

    सिङ्गाका वडाध्यक्ष खड्काको अध्यक्षता र सामुदायिक परिचालक सीता थापा कुँवरको सञ्चालनमा सम्पन्न तालिमको समापत्रसत्रमा सहभागी शान्ता पौडेलले अनुभव सुनाउनुभएको थियो । मादल नेपाली समाजको मौलिक राष्ट्रिय बाजा मानिन्छ भने छ सयवर्ष पहिलेदेखि मादल बजाउने गरिएको इतिहास रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution