• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

९ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१४ घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक १९, शनिबार (२ साल अघि)

एमाले म्याग्दीको, खबरा, भकुण्डे र बाबियाचौरमा चुनावी सभा

तस्विर : देवी जिसी

  • ५४२ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१९,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गरिएको हो ।

    चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्नका लागि देशमा एमालेको सरकार आवश्यक रहेकाले मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो । उहाँले देशमा भएको स्रोतसाधनको परिचालन गरी देश विकास गर्न र स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने एमाले प्रतिबद्धता रहेको बताउँदै देशमा जनमुखी बजेट तथा योजना निर्माण गरी कार्यान्वयन गर्न एमालेको विकल्प नभएकोमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू संसदमा पुगेर जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, विद्युत, पूर्वाधारलगायत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आफूले विगत लामो समयदेखि म्याग्दी जिल्लामा राजनीति, शैक्षिकलगायत विभिन्न क्षेत्रको नेतृत्वमा रहेर जिल्लालाई नजिकबाट बुझेको बताउँदै उहाँले जिल्लाको विकासमा हातेमालो तथा म्याग्देली जनताको सेवा गर्नका लागि आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

    एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताउँदै थप काम गर्ने अवसर दिन आसन्न निर्वाचनबाट एमालेको पक्षमा मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म देशमा बनेका सबै सरकारहरुमध्ये नेकपा एमालेको सरकारले देशको दीर्घकालीन विकासका लागि महत्वपूर्ण कामहरु गरेको बताउँदै देश विकासलाई गति दिन एमालेले जित्नुपर्ने बताउनुभयो । भकुण्डेमा भएको कार्यक्रममा एमाले जिल्ला सदस्यद्वय राजेन्द्रकुमार श्रेष्ठ, डम्बर सापकोटा र अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालन र सीता घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी वडा कमिटी उपाध्यक्ष लोकनारायण जिसीको अध्यक्षतामा खबरामा)सम्पन्न कार्यक्रममा बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सदस्य गौमती नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । रत्नेचौरको अर्जममा एमाले उम्मेदवारसहित नेता, कार्यकर्ताहरुले घरदैलो गरेर मतदाताहरुलाई भेटघाट गरी भोट मागेका छन् ।

    यसैगरी मंगला गाउँपालिका–२, बाबियाचौरमा सम्पन्न चुनावी सभालाई एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले सम्बोधन गर्दै देशको सुदृढ विकासका लागि एमाले उम्मेदवारलाई भोट दिएर जिताउन अपिल गर्नुभयो । प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउन एमालेलाई जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला सदस्य प्रगति कार्की र अनेमसंघका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष जीवन कार्कीको अध्यक्षता, गाउँपालिका कमिटी सचिव चिरन्जीवी शर्माको सञ्चालन र जिल्ला सदस्य सिर्जना केसीको स्वागतमा सम्पन्न भएको थियो । त्यस्तै हिदीमा पनि जिल्ला सदस्य सिर्जना केसीको सञ्चालन, पालिका कमिटी उपसचिव राजु पाण्डेको स्वागत र वडा कमिटी उपसचिव चन्द्रमान शेरपुन्जाको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको एमाले म्याग्दीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ९ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    २ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति


  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ९ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १४ घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution