• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० आश्विन १०, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

१ दिन अघि
२

पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

२ दिन अघि
३

म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम

२ दिन अघि
४

SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

२ दिन अघि
५

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

२ दिन अघि
६

मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

४ दिन अघि
७

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

४ दिन अघि
८

म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

५ दिन अघि
९

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

६ दिन अघि
१०

पठन संस्कृतिको बिकास गरौँ

१ हफ्ता अघि
११

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

१ हफ्ता अघि
१२

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१0 महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

९ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ३, बिहिबार (११ महिना अघि)

एमालेका उम्मेदवारद्वारा घरदैलो र मतदाता भेटघाट गरी भोट माग्दै (तस्विरसहित)

तस्विर : प्रताप बानिया

  • १६२ पटक पढिएको
  • म्याग्दी, कार्तिक-३, आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो ।

    आज (बिहीबार) एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेता हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार पार्टी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीको एक टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भोट मागेको एमाले म्याग्दीले जनाएको छ । एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो ।

    कुईनेमङ्गले र चिमखोलाको विभिन्न टोल तथा वस्तीमा पुगेर आफूहरुले आसन्न निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न अपिल गरिएको प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले बताउनुभयो । उहाँले एमालेले देशको नेतृत्व गर्दा जनमुखी बजेट तथा देश विकास निर्माणमा महत्वपूर्ण काम गरेको बताउँदै यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणको कामलाई पूर्णता दिन पनि एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि एमालेले जित्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

    घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार कटुवाल क्षत्रीले नेकपा एमालसँग देश विकास गर्ने स्पष्ट भिजन र नेतृत्व भएकाले एमालेको पक्षमा भोट दिन मतदातालाई आग्रह गर्नुभयो । उहाँले म्याग्दी जिल्लामा एमालेबाट निर्वाचित सांसद तथा नेताहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनलक्षित संरचनाहरु निर्माण गर्ने, लामो दुरी तथा अग्लो झोलुङ्गे पुल बनाउने, सडक विस्तार एवं स्तरोन्नति गर्ने, खानेपानी, खेलकुद, विद्यालय भवन निर्माणलगायत विभिन्न पूर्वाधारहरु निर्माणमा पर्याप्त बजेट र कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै भोट माग्नुभएको छ ।

    मतदाता भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा एमाले रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक बिखर्ची, सचिव झलक शर्मा, एमाले जिल्ला सदस्य चन्द्रमान छन्त्याल, युवा संघका जिल्ला संयोजक शिशिर शाही, एमाले रघुगंगा–८, का वडा कमिटी अध्यक्ष तेजिन फगामी र राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला महासचिव राजकुमार परियारसहितको टोली परिचालन भएको छ ।

    यसैगरी म्याग्दी जिल्लाको प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम गरी भोट मागेको जनाएको छ । उक्त टोलीले मालिका गाउँपालिका–६, दरबाङको दुखु, ७ नम्बर वडा विमको धुनट र डाँडागाउँमा पुगेर मतदाता भेटघाटसँगै एमाले उम्मेदवार तथा पार्टीको पक्षमा भोट मागिएको एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेशसभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी संयोजक खरमाया बिटालुले बताउनुभयो । उहाँले घरदैलो अभियानमा उम्मेदवारसहित एमाले मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजा, सचिव सन्तोष सुवेदी, जिल्ला कमिटी सदस्य गौमती चपाई र दरबाङका वडाध्यक्ष पथबहादुर रोका रहेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

    २ दिन अघि

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

    २ दिन अघि

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम


  • २ दिन अघि

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

  • २ दिन अघि

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

  • ४ दिन अघि

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

  • ६ दिन अघि

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

  • समाचार
  • १

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण
    १ दिन अघि

  • २

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा
    २ दिन अघि

  • ३

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम
    २ दिन अघि

  • ४

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
    २ दिन अघि

  • ५

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो
    २ दिन अघि

  • ६

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
    ४ दिन अघि

  • ७

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
    ४ दिन अघि

  • ८

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )
    ५ दिन अघि

  • ९

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे
    ६ दिन अघि

  • १०

    पठन संस्कृतिको बिकास गरौँ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution