• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (३ साल अघि)

महिला उद्यम विकास समिति म्याग्दीको तिज विशेष कार्यक्रम उद्घाटन

तस्विर : अमित बिश्वकर्मा

  • ८९१ पटक पढिएको
  • देवी जिसी /म्याग्दी, भदौ-१३, महिला उद्यम विकास समिति म्याग्दीले  तिज विशेष कार्यक्रम, खुल्ला मौलिक तिज गीत प्रतियोगीताको २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सोमवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । तिज गीत प्रतियोगीता मंगलबार  तिज कै दिन  संचालन गर्ने गरि आज कार्यक्रमको उद्घाटन गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख लामिछानेले तिज नेपाली नारीहरुले दुख विर्साउने चाड भएको बताउनुभयो । तिजको धार्मिक महत्व तथा आफ्नै मौलिकता भएकाले यसलाई जोगाईराख्न आवश्यक भएको लामिछानेले बताउनुभयो ।
    उहाँले नगरपालिकाले उद्यमी महिलाहरु संग सहकार्य गरेर व्यवसायिक क्षमता अभिवृद्धि तथा नयाँ व्यवसायी उत्पादनका कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको बताउनुभयो । महिला दिदीबहिनीहरुको नाममा दर्ता भएका तथा संचालनमा नरहेका व्यवसायलाई पनि संचालनमा ल्याउन उहाँले आग्रह समेत गर्नुभएको छ ।

    प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले धार्मिक तथा सांस्कृतिक महत्वको तिज पर्वलाई तडकभडक गरि मनाउन नहुने बताउनुभयो । प्रजिअ रानाले पछिल्लो समय दरखाने निहूमा विभिन्न पार्टी प्यालेसहरुमा दिदी वहिनीहरु जमघट हुने, गरगहना तथा धन पैसा प्रस्तुत गर्ने जस्ता गतिविधि बढ्दै गएकाले मौलिकता विर्सिएर आधुनिकतालाई अंगाली सामाजिक सद्भावमा खलल पुग्ने गरि तिज मनाउन नहुने विचार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविर कुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले खस्किदै गएको व्यापार व्यवसायलाई माथी उकास्नका लागि व्यवसायीहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, समितिका सल्लाहकार अमृतदेवी वानियाँ, मुल आमा समुहका अध्यक्ष भावना पौडेल, लायन्स क्लव अफ बेनी दोभानका अध्यक्ष कमला जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा संघका मानार्थ सदस्य नैन कुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तिलक भारती, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, संघका निवर्तमान अध्यक्ष एवम् बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरे, वरिष्ठ उपाध्यक्ष धु्रव जिसी लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा हालै श्रीमानको मृत्यु पश्चात ३ छोरी सहित आर्थिक अभावमा रहेकी म्यादीको रायखोर घर भई हाल बेनी निवासी कुमारी तामाङलाई तिजको दरखानलाई भनि नगद सहयोग समेत गरेको समितिका महासचिव जानकी विश्वकर्माले जानकारी दिनुभयो ।

    कार्यक्रममा उपस्थित दिदीबहिनीहरुलाई दर समेत खवाईएको थियो । भदौ १४ गते विहान ११ बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा खुल्ला मौलिक तिज गीत प्रतियोगिता संचालन गरिने महासचिव विश्वकर्माले बताउनुभयो । कार्यक्रममा सहभागी हुन तथा प्रतियोगितामा भाग लिन समेत समितिले अनुरोध गरेको छ । तिजको मौलिकतालाई संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।

    उद्घाटन कार्यक्रम  महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता तथा स्वागत र महासचिव जानकी  विश्वकर्माको संचालनमा रहेको कार्यक्रमको समापन समितिका वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution