• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ ११, शनिबार (४ साल अघि)

जलजला गाउँपालिका द्वारा ४९ करोड ६५ लाखको आगामी बजेट प्रस्तुत : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

तस्विर :सामाजिक संजाल

  • ८३६ पटक पढिएको
  • जलजला, असार-११, पर्वतको जलजला गाउँपालिकाको आर्थिक बर्ष ०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गरेको बजेट पारित भएको हो ।

    बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । जलजलामा आर्थिक उपार्जनको मुख्य स्रोतका रुपमा रहेको कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समग्र कृषिको आधुनिकीकरण, ब्यावसायिकरण र यान्त्रिकरणको नीति अवलम्बन गर्दै योजनाबद्ध सामुहिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने अध्यक्ष राजु आचार्यले बताउनुभएको छ  ।

    आचार्यका अनुसार भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकुलको उच्च प्रतिफल दिने कृषि बाली तथा पशुपन्छीपालनको संभाब्यता अध्ययनबाट ठाउँ सुहाउँदो उत्पादनलाई प्रबद्र्धन गर्न पकेट क्षेत्र कार्यक्रम गरिनेछ । गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न ताजा तरकारी आलु, धान, मकै तथा बेमौसमी तरकारी, फलफुललगायतका फसलको उत्पादन बृद्धिका लागि ब्लक, पकेट क्षेत्र अध्ययन गरी बिभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्षले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभयो  । ‘हाम्रो उद्देश्य कृषिक्षेत्रको उत्पादन बृद्धि होस, यहाँका हरेक घरपरिवारले कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकुन र घरमै बसेर स्वरोजगार बनुन भन्ने हो’ आचार्यले भन्नुभयो । आगामी आर्थिक बर्ष जलजला गाउँपालिकाले कृषिमा एक करोड ३० लाख कृषिको बजेट एक करोड ७० लाख पु¥याएको छ । चालु आर्थिक बर्ष जलजला गाउँपालिकामा कृषितर्फ ४० लाख बजेट बिनियोजन भएको थियो ।

    यसैगरी गाउँपालिकाले शिक्षा क्षेत्रमा पनि बजेट बृद्धि गरेको छ । चालु आर्थिक बर्ष एक करोड बजेट शिक्षामा बिनियोजन गरेको जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेटमा ७० लाख रुपैयाँ थप गरी एक करोड ७० लाख पु¥याएको छ । सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्न विशेष अभियान सञ्चालन गर्नेगरी जलजला गाउँपालिकाले १८ दशमलब ८८ प्रतिशत बजेट बिनियोजन गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभएको छ  ।

    जलजला गाउँपालिकाले कृषिमा एक करोड ७० लाख ९१८ दशमलब ८८ प्रतिशत०, स्वास्थ्यमा ६० लाख ९६ दशमलब ६६ प्रतिशत०, पशु सेवामा ६० लाख ९६ दशमलब ६६ प्रतिशत०, पुर्वाधार विकासमा दुई करोड ९२२ दशमलब २२ प्रतिशत०, सुशासन तथा संस्थागत विकासमा पाँच लाख ९० दशमलब ५६ प्रतिशत०, वातावरण तथा विपद् ब्यवस्थापनमा ५० लाख ९५ दशमलब ५५ प्रतिशत०, पर्यटन १० लाख ९१ दशमलब ११ प्रतिशत०, महिला बालबालिका तथा जेष्ठ नागरिक ४० लाख ९४ दशमलब ४४ प्रतिशत० बजेट बिनियोजन गरेको छ ।

    त्यसैगरी बिधेयक तीन लाख ९० दशमलब ३३ प्रतिशत०, भैपरी विविध नौ लाख ९१ प्रतिशत०, युवा तथा खेलकुद १० लाख ९१ दशमलब ११ प्रतिशत०, मेसिन उपकरण ६० लाख ९६ दशमलब ६६ प्रतिशत०, समुहमार्फत साझेदारी कोष कार्यक्रम ४० लाख ९४ दशमलब ४४ प्रतिशत०, न्यायिक समिति तीन लाख ९० दशमलब ३३ प्रतिशत० र खानेपानी सिंचाईका लागि भैपरी बिविध १० लाख २८ हजार ९१ दशमलब १४ प्रतिशत० गरी नौ करोड २८ हजार बिकास बजेट बिनियोजन गरिएको छ ।

    जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले गाउँपालिकामा आगामी आर्थिक बर्षमा कुल बजेटको आकार ४९ करोड ६५ लाख २८ हजार रुपैयाँको अनुमान गरिएको जानकारी दिनुभयो  । उहाँले  बजेटले कृषि र शिक्षामा ठुलै परिवर्तन ल्याउने उद्देश्यले बजेटमा प्राथमिकतामा परेको पनि उल्लेख गर्नु भयो  ।क्षेत्रीले जलजला गाउँपालिकाको १२ औ गाउँसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र त्यसका लागि सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेतालगायत सबैलाई धन्यबाद दिनुभएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution