

पर्वत, फागुन-२८, नेपाली कांग्रेस तथा माओवादी केन्द्र परित्याग गरी पर्वतको कार्किनेटामा दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष भोलानाथ शर्मा, नेपाली कांग्रेस सक्रिय कार्य समिति सदस्य कमल बहादुर छेत्री, कांग्रेस टोल समिति अध्यक्षहरु पूर्ण बहादुर जिसी, देउबहादुर छेत्री, कृष्ण बहादुर श्रेष्ठ, टेकबहादुर सुनार वडा समिति सदस्य निश्चल श्रेष्ठ एमालेमा प्रवेश गरेका हुन् ।
यसैगरी छबिलाल शर्मा, दिनेश शर्मा, दुलप्रसाद शर्मा, महदत्त शर्मा, गोविन्द प्रसाद शर्मा लगायतका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेको पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलामा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुलाई एमाले उपाध्यक्ष पदमपाणी शर्माले टिका लगाएर एमालेमा प्रवेश गराएका हुन् ।
मुलुकलाइ सम्बृद्धि र बिकासको बाटोमा लैजाने एमाले नै रहेकाले एमाले प्रति जनताको आकर्षक बढेको उपाध्यक्ष शर्माले बताए । एमाले वडा कमिटी अध्यक्ष गिरि नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उप सचिव भोला पौडेलले गरेका थिए ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )