• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

३ दिन अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ माघ ९, आईतबार (३ साल अघि)

एसईई वैशाख मै हुने : तयारीमा जुट्न आग्रह

फाइल तस्विर

  • ६४० पटक पढिएको
  • काठमाडौँ, माघ -९, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।” उहाँले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताउनुभयो । आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो ।

    “शिक्षकको परीक्षाले सामान्य असर गर्न सक्छ तर त्योभन्दा पनि विद्यार्थीको पढाइ पूरा नभएको गुनासा आएकाले वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो” उहाँले भन्नुभयो, “सुगम स्थानका विद्यार्थीले अनलाइनबाट पनि पठनपाठन गरे तर दुर्गमका र अनलाइनको पहुँच नभएकाको कोर्स नसकिएको रिपोर्टिङ भएको छ । भदौबाट मात्र पढाइ राम्ररी सञ्चालन भएकाले उनीहरूले कोर्स सक्न पर्याप्त समय पाएका छैनन् ।”

    विगतमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक गर्ने प्रचलन थियो भने चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो । कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन गर्नु परेन । विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । परीक्षा हुन नसक्दा २०७६ सालको एसईईको प्रश्नपत्र जलाइएका थिए भने २०७७ सालको एसईईको प्रश्नपत्रलाई बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (सानोठिमी)मा अझै सुरक्षित राखिएको छ । गत वर्षकै प्रश्नपत्रलाई यस पटक पुनः प्रयोग गर्नका लागि भनेर सुरक्षित राखिए पनि त्यसबारेमा निर्णय भइसकेको छैन ।

    अध्यक्ष डा. शर्माले एसईईका लागि प्रश्नपत्र तयार गर्न पर्याप्त समय भएको र नभ्याउने अवस्था भएमा आफूहरूसँग प्रश्नपत्र बैङ्क रहेकोले प्रश्नपत्र तयारीमा खासै समस्या नपर्ने बताउनुभयो । “समय भएकाले नयाँ छाप्न पनि सकिन्छ” उहाँले थप्नुभयो, “ओमिक्रोन भाइरस सङ्क्रमणको अवस्था पछिसम्म कायम रहेमा कक्षा १२ मा गरिएको अभ्यासलाई प्रयोग गर्न सकिनेछ ।” राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को गत वार्षिक परीक्षामा इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । इन्टरनेट र प्रिन्टरको सुविधा नभएका केही विद्यालयमा मात्र सानोठिमीबाट प्रश्नपत्र पठाइएको थियो । परीक्षा सुरु हुनु एक घण्टाअघि इमेलबाट पठाइएको प्रश्नपत्रलाई विद्यालयले प्रिन्ट गरी वितरण गर्ने व्यवस्था मिलाइएको थियो । उहाँले यस्तो विधि प्रयोग गर्दा एसईईको प्रश्नपत्र छपाइमा हुँदै आएको ठूलो खर्च पनि बचत हुनसक्ने बताउनुभयो ।

    नेपालको विद्यालय संरचनासम्बन्धी भएको प्रावधानमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने भन्ने रहेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखे पनि शिक्षा निकायले त्यसप्रति ठाडो असहमति जनाएको छ । बोर्डका अध्यक्ष डा. शर्माले सिकाइ र मूल्याङ्कनका लागि परीक्षा आवश्यक रहेको र परीक्षा गुणस्तरीय हुनुपर्छ भन्ने आफूहरूको अडान रहेको बताउँदै भन्नुभयो, “बरु एसईई सञ्चालनका लागि प्रदेशलाई जिम्मेवार बनाउन तयार छौँ । यो भनेको सङ्घीयताको मर्मअनुसार हुनेछ । त्यसका लागि प्रदेशलाई प्रश्नपत्र बैङ्क उपलब्ध गराउन सक्छौँ । ”
    उहाँले कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने जानकारी दिनुभयो । कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नेछन् । गोरखापत्र दैनिकबाट साभार 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • २ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • २ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ३ दिन अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    ३ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution