• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)

अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम, नेतृत्वले आम नागरिकको समस्याहरुको समाधान गर्न सक्नुपर्छ– एमाले नेतृ पुन

तस्विर : प्रताप बानिया

  • ९४५ पटक पढिएको
  • २० भाद्र २०७८, आइतबार
    प्रताप बानियाँ, म्याग्दी ।
    अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज नरदेवी पुनले नेतृत्व गर्ने व्यक्तिले आम नागरिकका समस्याहरुको समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । अनेमसंघ म्याग्दीले सदरमुकाम बेनीमा शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएकी एमाले नेतृ पुनले अनेमसंघमा लाग्ने महिलाहरु सादा जीवन र उच्च विचारको हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरल स्वभाव र नागरिकले सजिलैसँग आफ्नो कुरा तपाईँहरुसँग राख्न सक्ने र आफ्नो समुदायले, आफ्नो छिमेकी र आफ्ना नागरिकहरुले राखेको जुन समस्या छ, त्यसलाई हल कसरी गर्न सकिन्छ भनेर चिन्तन–मनन गर्न सक्ने मान्छे नेता बन्न सक्छ ।’ र तपार्इँहरुलाई म त्यसको शुभकामना दिन चाहन्छु । उहाँले भन्नुभयो, किनभने ६ महिनापछि हाम्रो स्थानीय तहको निर्वाचन हुँदैछ त्यो निर्वाचनमा तपार्इँहरु आ–आफ्नो ठाउँबाट निर्वाचित भएर जनताको सेवामा जुट्नका लागि शुभकामना दिन चाहन्छु’ उहाँले थप्नुभयो ।

    अहिलेको सरकार आम नेपाली जनताको सरकार नभई यो सर्वोच्च अदालतले बनाइदिएको परमादेशको सरकार भएको बताउँदै पूर्वमन्त्री पुनले कांग्रेस नेतृत्वको सरकारले भूमिहिनहरुका लागि समस्या समाधान गर्न बनाइएको सुकुम्वासी आयोग खारेज गरेर जनघाती काम गरेको आरोप लगाउनुभयो । उहाँले जयसिंह धामी बेपत्ता प्रकरणमा अहिलेको सरकारले भारतसँग स्पष्ट रुपमा कुरा राख्न नसकेको भन्दै उहाँले यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा काम र अहिलेको सरकारले गरेका गलत कामको बारेमा प्रष्टसँग जनताको माझमा लैजान सुझाव दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्माले पार्टी सदस्यता नवीकरण तथा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी चुनावमा माधव नेपालको पार्टीबाट उठ्ने उम्मेदवारको धरौटी जफत हुने भन्दै मन्त्री नपाएपछि नेकपा एकीकृत समाजवादीमा लागेका अधिकांशले पार्टी छाड्ने ठोकुवा गर्नुभयो । उहाँले पार्टीका हरेक तह र तप्कामा नेतृत्व चयन गर्दा नेतृत्वमा आउने व्यक्तिको समग्र मूल्याङ्कन गरेर मात्रै अगाडि लैजानुपर्ने बताउनुभयो ।

    एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले अनेमसंघको अगुवाइमा स्थापित महिलाको हक र अधिकारको कार्यान्वयन गर्नका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा एमालेको नौ महिने सरकारले थुप्रै लोकप्रिय कार्यक्रमहरु ल्याएको स्मरण गर्दै अहिले ती कार्यक्रममार्फत नगर तथा गाउँ र वडामा करोडौं बजेट जाने गरेको बताउनुभयो । ज्येष्ठनागरिक, एकल महिला, अपाङ्गलाई सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्थासहित गाउँगाउँमा थुप्रै बजेट पठाउने परिपाटीको एमालेले सुरुवात गरेको बताउँदै अध्यक्ष श्रेष्ठले यसअघि केपी ओलीको सरकारले जनमुखी बजेट र कार्यक्रमहरु ल्याएको दावी गर्नुभयो ।

    तीन दिनसम्म चलेको कार्यक्रममा एमाले नेताहरु नरदेवी पुन, नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी र थमसरा पुनले विभिन्न विषयहरुमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा अनेमसंघका पूर्व जिल्ला उपाध्यक्ष यशोदा रोका, बेनी नगरपालिका संयोजक मिना राम्जाली र जिफन्ट म्याग्दीका अध्यक्ष बलादेवी राईले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुनको अध्यक्षता, सदस्य एवं मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको सञ्चालन र मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरुलाई अनेमसंघ म्याग्दीले सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution