• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण २, शनिबार (४ साल अघि)

अनलाइन पढाइ भैरहेको छ : बिजुली नआउदा खुसि हुने मास्टर !!!

सांकेतिक तस्विर

  • १३२४ पटक पढिएको
  • अघिल्लो वर्ष देखि केटाकेटीको पढाइ लथालिङ्ग भएकोछ । शुरुका केहि दिनमा त केटाकेटी खुब रमाए । न त स्कुल जानु पर्ने, न होमवर्क, न त समयमा उठ्नु पर्ने क्या गज्जव !!! अभिभाबकलाइ पनि लाग्यो “हो त ! ज्यान रहे त पढाइ अर्को वर्ष पनि त हुन्छ नि । ”  लकडाउन ७ अंकको पहाडा जस्तै थपिदै गयो अन्तत बैशाखबाट शुरुहुने  शैक्षिक सत्र आज-आज, भोलि-भोलि भन्दा भन्दै ७ महिना पर धकेलियो । सहरबजार र केहि सक्षम स्कुलले बैकल्पिक सिकाइको एउटा तरिका अनलाइनलाई निरन्तरता दिए । थुप्रै चुनौती र  अफ्ठेरा अवस्थाका बाबजुत बिद्यार्थीहरु जोडिने काम चै भयो । सामान्यतया मंसिरको आधा-आधीबाट विद्यालयमा भौतिक  उपस्थितिमा पढाइ शुरुहुन थाल्यो ।

    संक्रमणको त्रासबीच विद्यालय त खुले तर चैतको आधा-आधि मै (अन्तिम परीक्षा हुन नपाउदै) फेरी बन्द भए । सरकारले बैकल्पिक बिधीबाटै मुल्यांकन गरेर कक्षा उन्नति गर्न भन्यो सबैले त्यसै गरे । असार १ गतेबाटै नया शैक्षिक सत्र शुरुपनि भयो । निजि विद्यालयले कक्षा  शुरु गरिहाले किनकि अब अनलाइन जत्तिको उत्तम विकल्प अरु थिएन।

    म निजि विद्यालयमा पढ़ाउँछु । असारको ६ गतेबाट अनलाइन माध्ययमबाटै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरुभयो । २-४ जना हुदै यो आलेख तयार पार्दा सम्म मेरो बिषयमा ९०% विद्यार्थी जोडिएका छन् ।  सबै जोडिन नसक्नुका पछि धेरै कारण छन् । कक्षा नर्सरी देखि १० सम्म नै अनलाइन मार्फत पढाइ भइरहेको छ । यसको  प्रभावकारीता के कति छ भनेर खोज्नु भन्दापनि यसको अर्को उपयुक्त बिकल्प छैन ।

    अर्को कुरा  म जुन ठाउमा बस्छु त्यहाँ धेरै नानिबाबुहरु  छन्  । फरक-फरक विद्यालयमा पढ्ने ति नानिबाबुहरू पनि अनलाइन क्लास नै पढ्छन । अभिभाबकहरुले  खुशी नै मानेका छन् र भन्छन ” के गर्ने यहि अनलाइन भए पनि भुल्ने बाटो भएको छ ।”  साना-साना  नानिबाबुहरुलाइ भने गाह्रै भएको छ । अनलाइन पढ्न /पढाउन  त्यति सजिलो छैन । झ्याप्प-झ्याप्प लाइन जाने, लाइन गयोभने इन्टरनेट गैहाल्ने, मोबाइलडाटा  किनेर साध्यै छैन ।

    असारको तेश्रो हप्ता त २-३ दिनसम्म विद्युत यसरी गयो कि ३६ घण्टा  सम्म आएन । बत्ति नआएपछि कक्षा त अबरुद्द भयो नै टेलिभिजनपनि चलेन । कक्षा नहुँदा कस्तो हुन्छ आफै बुझ्नुस । केटाकेटीलाइ सम्हाल्न कति गाह्रो हुन्छ  । बत्ति नहुदा, इन्टरनेट नचल्दा, टेलिभीजन नहुदा कस्तो हालत भयो होला । तर मलाइ खुसि लाग्यो अनि मन-मनै  सोचें एक हप्ता यस्तै भैदिए हुन्थ्यो  तर भएन ।  सोच्नुहोला पढाउन नपर्दा खुसि भयो त्यो पनि हैन ।  म  खुसि भएँ कारण  यस्तो छ ।

    जतिबेला बिद्युत आउछ नानिबाबुहरु  मोबाइल मै झुम्मिएका हुन्छन । कि त पढाइको बहाना कि त गेम । त्यो पनि नभए टेलिभिजन । जव बत्ति भएन केटाकेटी सबै घर बाहिर निस्किए । चौर र चोक, गल्ली अनि खाली ठाउँमा खेल्न थाले,  स-साना केटाकेटी पात, फुल टिपेर माटो, बालुवामा रमाई रमाई खेले, अलि ठुला नानिबाबुहरु आसपास, लुकामारी जस्ता खेल खेले । कोहि घुम्न निस्किए , अभिभाबक पनि घरको पेटी या खुल्ला ठाउँमा निस्किएर गफिन थाले । गुमेको सामाजिक जीवन फेरी जीवित भयो ।

    आहा !!! यो पो त सामाजिक जीवन । तर आजभोलि  प्रविधिको बिकास संगै  हाम्रा लुकामारी, आसपास, डन्डीबियो , माटोको भात पकाई खेल, हिलो, बालुवा फुल र झारपात संगका खेल सबै हराए । हामी पाका मान्छे पनि कानमा “इयर फोन” जोड्यो मोबाइल हेर्यो घोप्टो पर्यो । यो भन्दा अर्को खेति भएन । आँखा खुल्दासाथ् फेसबुकमा कसैका टिप्पणी, गालि-गलौज, घोचपेच यसैबाट दिनको शुरुवात हुनेगर्छ । हामीमा कति नकारात्मक उर्जा बढेर गएको छ त्यो हामीलाई नै थाहा छ ।  त्यसैले त्यो ३६ घन्टाको परिस्थितिले एक प्रकारको आनन्द दियो । सोचें सधै यस्तै भैदियोस तर सम्भव नै छैन । प्रविधिले हामीलाई घाइते बनाएको छ, थिलोथिलो पारिसकेको  छ, हामी  सायदै रिकभर हुन्छौं ।

    विभिन्न प्रकराका डिभाइस हाम्रो जीवन संग “एट्याच” भैसके तर त्यसलाई ब्यबस्थापन गर्न भने सकिन्छ । इच्छा शक्ति सबैभन्दा ठुलो हो त्यसैले बास्तविक जीवन  जिउन  प्रकृति सबैभन्दा मनोरम  स्थल हो , विद्यालय हो, मन्दिर हो , घर हो,  गुरु हो, साथि हो र सबथोक हो । प्रकृति संग रमाउन सिकौं ।

    कृष्ण बहादुर घर्ति क्षेत्री

    (भाइस-प्रिन्सिपल, वेष्ट पोइन्ट कलेज, बेनी म्याग्दी )

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

    २ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ३ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • ३ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • ४ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ४ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

  • ४ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution