• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२२ घण्टा अघि
२

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

२३ घण्टा अघि
३

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

२ दिन अघि
४

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

३ दिन अघि
५

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

४ दिन अघि
६

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

५ दिन अघि
७

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

६ दिन अघि
८

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
९

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१०

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
११

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि
१२

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण २, शनिबार (४ साल अघि)

अनलाइन पढाइ भैरहेको छ : बिजुली नआउदा खुसि हुने मास्टर !!!

सांकेतिक तस्विर

  • १२०८ पटक पढिएको
  • अघिल्लो वर्ष देखि केटाकेटीको पढाइ लथालिङ्ग भएकोछ । शुरुका केहि दिनमा त केटाकेटी खुब रमाए । न त स्कुल जानु पर्ने, न होमवर्क, न त समयमा उठ्नु पर्ने क्या गज्जव !!! अभिभाबकलाइ पनि लाग्यो “हो त ! ज्यान रहे त पढाइ अर्को वर्ष पनि त हुन्छ नि । ”  लकडाउन ७ अंकको पहाडा जस्तै थपिदै गयो अन्तत बैशाखबाट शुरुहुने  शैक्षिक सत्र आज-आज, भोलि-भोलि भन्दा भन्दै ७ महिना पर धकेलियो । सहरबजार र केहि सक्षम स्कुलले बैकल्पिक सिकाइको एउटा तरिका अनलाइनलाई निरन्तरता दिए । थुप्रै चुनौती र  अफ्ठेरा अवस्थाका बाबजुत बिद्यार्थीहरु जोडिने काम चै भयो । सामान्यतया मंसिरको आधा-आधीबाट विद्यालयमा भौतिक  उपस्थितिमा पढाइ शुरुहुन थाल्यो ।

    संक्रमणको त्रासबीच विद्यालय त खुले तर चैतको आधा-आधि मै (अन्तिम परीक्षा हुन नपाउदै) फेरी बन्द भए । सरकारले बैकल्पिक बिधीबाटै मुल्यांकन गरेर कक्षा उन्नति गर्न भन्यो सबैले त्यसै गरे । असार १ गतेबाटै नया शैक्षिक सत्र शुरुपनि भयो । निजि विद्यालयले कक्षा  शुरु गरिहाले किनकि अब अनलाइन जत्तिको उत्तम विकल्प अरु थिएन।

    म निजि विद्यालयमा पढ़ाउँछु । असारको ६ गतेबाट अनलाइन माध्ययमबाटै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरुभयो । २-४ जना हुदै यो आलेख तयार पार्दा सम्म मेरो बिषयमा ९०% विद्यार्थी जोडिएका छन् ।  सबै जोडिन नसक्नुका पछि धेरै कारण छन् । कक्षा नर्सरी देखि १० सम्म नै अनलाइन मार्फत पढाइ भइरहेको छ । यसको  प्रभावकारीता के कति छ भनेर खोज्नु भन्दापनि यसको अर्को उपयुक्त बिकल्प छैन ।

    अर्को कुरा  म जुन ठाउमा बस्छु त्यहाँ धेरै नानिबाबुहरु  छन्  । फरक-फरक विद्यालयमा पढ्ने ति नानिबाबुहरू पनि अनलाइन क्लास नै पढ्छन । अभिभाबकहरुले  खुशी नै मानेका छन् र भन्छन ” के गर्ने यहि अनलाइन भए पनि भुल्ने बाटो भएको छ ।”  साना-साना  नानिबाबुहरुलाइ भने गाह्रै भएको छ । अनलाइन पढ्न /पढाउन  त्यति सजिलो छैन । झ्याप्प-झ्याप्प लाइन जाने, लाइन गयोभने इन्टरनेट गैहाल्ने, मोबाइलडाटा  किनेर साध्यै छैन ।

    असारको तेश्रो हप्ता त २-३ दिनसम्म विद्युत यसरी गयो कि ३६ घण्टा  सम्म आएन । बत्ति नआएपछि कक्षा त अबरुद्द भयो नै टेलिभिजनपनि चलेन । कक्षा नहुँदा कस्तो हुन्छ आफै बुझ्नुस । केटाकेटीलाइ सम्हाल्न कति गाह्रो हुन्छ  । बत्ति नहुदा, इन्टरनेट नचल्दा, टेलिभीजन नहुदा कस्तो हालत भयो होला । तर मलाइ खुसि लाग्यो अनि मन-मनै  सोचें एक हप्ता यस्तै भैदिए हुन्थ्यो  तर भएन ।  सोच्नुहोला पढाउन नपर्दा खुसि भयो त्यो पनि हैन ।  म  खुसि भएँ कारण  यस्तो छ ।

    जतिबेला बिद्युत आउछ नानिबाबुहरु  मोबाइल मै झुम्मिएका हुन्छन । कि त पढाइको बहाना कि त गेम । त्यो पनि नभए टेलिभिजन । जव बत्ति भएन केटाकेटी सबै घर बाहिर निस्किए । चौर र चोक, गल्ली अनि खाली ठाउँमा खेल्न थाले,  स-साना केटाकेटी पात, फुल टिपेर माटो, बालुवामा रमाई रमाई खेले, अलि ठुला नानिबाबुहरु आसपास, लुकामारी जस्ता खेल खेले । कोहि घुम्न निस्किए , अभिभाबक पनि घरको पेटी या खुल्ला ठाउँमा निस्किएर गफिन थाले । गुमेको सामाजिक जीवन फेरी जीवित भयो ।

    आहा !!! यो पो त सामाजिक जीवन । तर आजभोलि  प्रविधिको बिकास संगै  हाम्रा लुकामारी, आसपास, डन्डीबियो , माटोको भात पकाई खेल, हिलो, बालुवा फुल र झारपात संगका खेल सबै हराए । हामी पाका मान्छे पनि कानमा “इयर फोन” जोड्यो मोबाइल हेर्यो घोप्टो पर्यो । यो भन्दा अर्को खेति भएन । आँखा खुल्दासाथ् फेसबुकमा कसैका टिप्पणी, गालि-गलौज, घोचपेच यसैबाट दिनको शुरुवात हुनेगर्छ । हामीमा कति नकारात्मक उर्जा बढेर गएको छ त्यो हामीलाई नै थाहा छ ।  त्यसैले त्यो ३६ घन्टाको परिस्थितिले एक प्रकारको आनन्द दियो । सोचें सधै यस्तै भैदियोस तर सम्भव नै छैन । प्रविधिले हामीलाई घाइते बनाएको छ, थिलोथिलो पारिसकेको  छ, हामी  सायदै रिकभर हुन्छौं ।

    विभिन्न प्रकराका डिभाइस हाम्रो जीवन संग “एट्याच” भैसके तर त्यसलाई ब्यबस्थापन गर्न भने सकिन्छ । इच्छा शक्ति सबैभन्दा ठुलो हो त्यसैले बास्तविक जीवन  जिउन  प्रकृति सबैभन्दा मनोरम  स्थल हो , विद्यालय हो, मन्दिर हो , घर हो,  गुरु हो, साथि हो र सबथोक हो । प्रकृति संग रमाउन सिकौं ।

    कृष्ण बहादुर घर्ति क्षेत्री

    (भाइस-प्रिन्सिपल, वेष्ट पोइन्ट कलेज, बेनी म्याग्दी )

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २२ घण्टा अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    २३ घण्टा अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    २ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ३ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ४ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ५ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • ६ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २२ घण्टा अघि

  • २

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    २३ घण्टा अघि

  • ३

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    २ दिन अघि

  • ४

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ३ दिन अघि

  • ५

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ४ दिन अघि

  • ६

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ५ दिन अघि

  • ७

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • ९

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ हफ्ता अघि

  • १०

    उपल्लो मुस्ताङमा हिमपात
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution