म्याग्दी, भदौ-३०, जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी कक्षा ११ की सिमा बुढामगर प्रथम भएकी छन् । प्रकाश मावि बेनीकी कक्षा ९ की एलिस्का खत्री द्वितीय र न्यु वेष्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतीय भएका छन् ।
‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ भन्ने विषयमा आयोजित प्रतियोगितामा जिल्लाका १६ जना विद्यार्थी सहभागी भएका थिए । विजेताले क्रमशः ७५ सय, ४ हजार र २५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )