बेनी, भदौ-२९, उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक आज बिहानैदेखि सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र, थासाङ गाउँपालिका–४ स्थित काभ्रेभीरमा गएराति ठूलो सुक्खा पहिरो खस्दा करिब ५० मिटर सडक ट्रयाक क्षतिग्रस्त बनेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार ठूला चट्टानसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अहिले डोजरको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ ।
प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्दै यात्रुहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )