म्याग्दी, भदौ-२६, बेनी नगरपालिका–४ सिङ्गा तातोपानीस्थित लेतेखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। आज बिहान आएको बाढीले प्रेम श्रीसले सञ्चालन गर्दै आएको श्रीस होटल पूर्ण रूपमा पुरिएको छ भने दुई घर, सामुदायिक भवन र भगवती मन्दिरमा पनि बाढी पसेको छ।
बेनी–४ का वडाअध्यक्ष अणबहादुर खड्काका अनुसार स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ। त्यस्तै, तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिर पनि प्रभावित भएका छन्।
बाढीका कारण मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ। घरभित्र रहेका स्थानीय बाढी सुरु हुनासाथ भागेर ज्यान जोगाउन सफल भएका छन्।
हाल जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा डोजर प्रयोग गरी बाढी नियन्त्रण र क्षति न्यूनीकरणका काम भइरहेको छ। बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन् भने सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन स्थानीयवासीले श्रमदान गरेका छन्।
तटबन्ध बनाउनका लागि लगिएको ग्याबियन जाली पनि बाढीले पुरिदिएको छ। यद्यपि अहिले एक सय ३० थान ग्याबियन जाली लगाउने काम थालिएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )