• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख ९, मंगलबार (१ साल अघि)

धवलागिरि गाउँपालिका गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा हुने पालिका

तस्विर: धनीलाल गर्बुजा

  • २७४ पटक पढिएको
  • म्याग्दी, धवलागिरि, बैसाख-९, ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको आयोजनामा आयोजित विशेष समारोहबीच औपचारिक रूपमा घोषणा गरिएको हो।

    स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीका अनुसार, गाउँपालिकाभित्र १६ महिनादेखि ५९ महिनासम्मका ६३१ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार सबै १३ प्रकारका खोपको मात्रा पूरा गरेका छन्। ती खोपहरूमा पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायतका खोप समावेश छन्। साथै, १५ महिनाभन्दा मुनिका बालबालिकाले पनि नियमित खोप प्राप्त गरिरहेका छन्।

    पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गर्न वडास्तरमा कार्यक्रम सञ्चालन गर्दै चैत १७ गतेदेखि सातवटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको थियो। यसक्रममा प्रत्येक घरधुरीमा सर्वेक्षण गरी ५९ महिनासम्मका बालबालिकाको विवरण संकलन गरिएको थियो। खोप अभियानपछिको पुनः सर्वेक्षणमार्फत पनि सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको प्रमाणित भएपछि पालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो।

    घोषणा समारोहको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख तथा जिल्ला खोप समन्वय समितिकी संयोजक दिलकुमारी खत्रीले गर्नुभयो। उहाँले विकट भूगोलमा रहेका वस्तीहरुमा समेत पूर्णखोप सुनिश्चितता कायम गरिनु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको बताउँदै आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नारासहित खोप कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खोपले मानव स्वास्थ्य र दीर्घकालीन जीवनस्तरमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गर्दै सम्पूर्ण जनसमुदायको सहकार्य अपेक्षित रहेको बताउनुभयो।

    कार्यक्रममा उपाध्यक्ष रेशम पुन मगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभयो।

    स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडानम्बर ३ का अध्यक्ष तथा प्रवक्ता देवेन्द्र रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो।

    उक्त अवसरमा खोप अभियानमा उल्लेखनीय योगदान गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा फोकल पर्सनहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साथै, कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

    गण्डकी प्रदेशमै पहिलोपटक पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित हुने गौरव धवलागिरिले प्राप्त गरेको गाउँपालिकाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ३ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • ५ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ५ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ६ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ६ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution