बेनी, भदौ-२२, निजामती सेवा दिवसको अवसरमा आइतबार म्याग्दीमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जिल्ला हुलाक कार्यालय प्रथम भएको छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन म्याग्दीले आयोजना गरेको प्रतियोगितामा प्रदेश अस्पताल बेनी द्वितीय, जिल्ला प्रशासन कार्यालय तृतीय र बेनी नगरपालिका सान्त्वना भएको छ ।
विजयी टोलीले क्रमशः १५ हजार, १२ हजार, ९ हजार र ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापा र कर्मचारी मिलन केन्द्रका अध्यक्षले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यसैबीच, दिवसकै अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको समूह प्रथम र सामाजिक विकास कार्यालय प्रमुख तारानाथ शर्माको समूह उपविजेता बनेका छन् । विजयी टोलीलाई पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
निजामती सेवा दिवसकै अवसरमा बिहान सदरमुकाम बेनीबजारमा प्रभातफेरी गरिएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )