• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २२, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

३ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

४ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

५ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ २३, बुधबार (९ महिना अघि)

म्याग्दीमा किशोरीलाई एचपिभी खोप लगाउन शुरु

तस्विर: जलजला अनलाइन

  • २५८ पटक पढिएको
  • बेनी, २२ माघ, म्याग्दी जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ। माघ २२ गते (आज) देखि जिल्लाका ६ वटै स्थानीय तहहरूमा रहेका विद्यालय र स्वास्थ्य संस्थाहरू मार्फत खोप लगाउने कार्यक्रम सुरु गरिएको हो । जिल्लाभर ४,७६१ जना छात्रा तथा किशोरीहरू खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

    जिल्लाका ६ वटै स्थानीय तहहरूमा माघ २२ देखि २९ गतेसम्म छात्रा तथा किशोरीहरूलाई खोप लगाइने छ। यस अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको छ भन्ने जानकारी प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले दिनुभयो।

    सदरमुकाम बेनी स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहभागितामा खोप कार्यक्रमको शुभारम्भ गरिएको थियो।

    यस अभियानका लागि विद्यालय र स्वास्थ्य संस्थाहरूमा गरी १४२ वटा खोप केन्द्रहरूको व्यवस्था गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका अनुसार, जिल्लाका ६ स्थानीय तहहरूमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत ४,६८८ जना छात्रा र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी कुल ४,७६१ जनालाई एचपीभी खोप लगाइने छ।

    जिल्लाका विभिन्न स्थानीय तहहरूमा खोप लगाइने किशोरीहरूको संख्या अन्नपूर्ण गाउँपालिकामा  ३९७ जना, रघुगंगा गाउँपालिकामा  ४९५ जना, बेनी नगरपालिकामा  १,८६८ जना, मंगला गाउँपालिकामा  ५६४ जना, मालिका गाउँपालिकामा  ८२९ जना र धवलागिरी गाउँपालिकामा  ६०८ जना रहेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो । पाठेघरकाे क्यान्सर राेकथाम गर्ने याे प्राथमिक उपाय हाे । खाेप लगाएपनि दाेस्राे तहकाे राेकथाम विधीकालागी स्क्रीनिङ गर्ने र तेस्राे तहमा उपचार सुरू गर्ने राेकथामकाे उपाय हाे ।

    यस अभियानले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध सुरक्षा प्रदान गर्ने र किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ४ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ५ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ३ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ४ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ५ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution