• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

३ घण्टा अघि
२

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ दिन अघि
३

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

३ दिन अघि
४

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

४ दिन अघि
५

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

६ दिन अघि
६

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
७

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

१ हफ्ता अघि
८

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

२ हफ्ता अघि
९

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

३ हफ्ता अघि
१०

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

३ हफ्ता अघि
११

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

३ हफ्ता अघि
१२

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १४, आईतबार (११ महिना अघि)

साहारा सहकारीको १३औं वार्षिक साधारणसभा, विभिन्न व्यक्तिहरु लाई सम्मान

तस्विर : प्रताप बानिया

  • ४७७ पटक पढिएको
  • बेनी, पुस -१४, म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार बेनी नगरपालिका–१, रत्नेचौरमा एक समारोहबीच विविध कार्यक्रमसहित वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । गरिब र निमुखालाई आहारा, सम्पूर्ण जनमानवको साहारा’ भन्ने मूल नारासहित आर्थिक वर्ष २०६८÷०६९ बाट सञ्चालित यस सहकारीमा गएको आर्थिक वर्ष ०८०÷८१ सम्म १ सय ४३ जना शेयर सदस्यहरुबाट कुल एक करोड ११ लाख २९ हजार चारसय ५० रुपैयाँ सङ्कलन भएको छ । यसैगरी संस्थाको बचततर्फ दुई करोड २० लाख ९५ हजार दुईसय ५५ र लगानीतर्फ दुई करोड ९१ लाख ३४ हजार चारसय ६१ रुपैयाँ रहेको छ।

    सहकारीले आम्दानीतर्फ ८६ लाख सातहजार एकसय ३८ रुपैयाँ र खर्चतर्फ ८१ लाख २० हजार नौसय ९१ रुपैयाँ भएको जनाएको छ । साधारणसभाको अवसरमा सहकारीमार्फत उत्कृष्ट कारोबार गर्न अमित श्रेष्ठलाई नगद आठहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसैगरी विष्णु शर्मा, जमुनादेवी शर्मा, प्रमिला शर्मा, नारायणदत्त सुवेदी, ज्ञानेन्द्र पौडेल, सीता शर्मा, विना शेरचन र घनश्याम सापकोटालाई जनही पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ सहकारीका प्रवन्धक प्रविन पौडेललाई पनि नगद पाँचहजार रु पैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

    सोही अवसरमा विभिन्न तहको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने संस्थामा आबद्ध शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको छ । गएको शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम भएकी विदिसा सुवेदी, उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विवश तिलिजा, नेलोश थापामगरलाई पनि नगद र प्रमाणपत्रले सम्मान गरिएको प्रवन्धक पौडेलले जानकारी दिनुभयो । कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने आशिष गुरुब, निशान घर्तीमगर, सुमित पाण्डे, नोबेल पौडेल, आयुष आचार्य र सुजता शर्मा तथा नित्य मिनाक्षी कम्प्युटर इञ्जिनियरब कलेज व्याबलोर इन्डियाबाट स्नातक तह उत्तीर्ण हुने दिवस खत्रीलाई पनि नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

    साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय सहकारी संस्थासँगै बैंकहरुमा पनि समस्या देखिन थालेको बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत सहकारी संघसंस्थाहरुको नियमन र अनुगमनको कार्य भैरहेको बताउँदै सहकारीको बचत फिर्ता र ऋण उठाउन पहल गरिएको जानकारी दिनुभयो । बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीलाई आवश्यक कारवाही तथा कर्जा नतिर्ने ऋणीहरुलाई सरकारी सेवासुविधाबाट बञ्चित गरिने उहाँको भनाइ छ ।

    साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष गोरखनाथ सुवेदीले प्रगति र कोषाध्यक्ष दिनेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष देवीप्रसाद शर्मा (डिपी), निवर्तमान अध्यक्ष दिनेश केसी र लेखा तथा सुपरीवेक्षण समिति संयोजक विनोद केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव उमानाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रवीप्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ३ घण्टा अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ३ दिन अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी


  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • २ हफ्ता अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

  • ३ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ३ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ३ घण्टा अघि

  • २

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ दिन अघि

  • ३

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ दिन अघि

  • ४

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    ४ दिन अघि

  • ५

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    ६ दिन अघि

  • ६

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ हफ्ता अघि

  • ७

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    १ हफ्ता अघि

  • ८

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ३ हफ्ता अघि

  • १०

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution