• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष ४, बिहिबार (१ साल अघि)

म्याग्दीका पत्रकारको दुर्घटना बिमा, पत्रकार पाठशाला समेत स्थापना गरिने

तस्विर: जलजला अनलाइन

  • ३९३ पटक पढिएको
  • बेनी, पुष-४, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत १० लाख बराबरको दुर्घटना बिमा गर्ने र बिमा शुल्क पत्रकार महासंघले ब्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले बताए । कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् तर भैपरी
    आउने दुर्घटनापछि राहतका लागि बीमा गरिएको हो’ अध्यक्ष गौतमले भने ।

    पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम  खड्का, निर्वतमान अध्यक्ष एवम् पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्व अध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको तथा बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमको भनाई छ । आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिने छ । यो बीमाअन्तर्गत दुर्घटनाबाट कुनै पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परि मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयासम्मको प्रिमियम उपलब्ध गराइने छ। दुर्घटनाबाट घाइते भएमा उपचारका लागि १ लाख रुपैयासम्मको लाभ पाउनेछन् । यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने छ ।

    पत्रकार महासंघ म्याग्दीले आधारभुत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो । पत्रकार महासंघ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने सचिव ठाकुरप्रसाद आचार्यको भनाई छ । नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई
    प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित बिश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, उपसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली एवम् सदस्यहरुमा कमल खत्री,राकेश शर्मा र केन्द्रिय प्रतिनिधि परिषद् सदस्य पदमा विनोद धौलागिरी निर्विरोध निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution