• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ३, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

५ दिन अघि
२

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१ हफ्ता अघि
३

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

१ हफ्ता अघि
४

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

१ हफ्ता अघि
५

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

१ हफ्ता अघि
६

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

१ हफ्ता अघि
७

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

१ हफ्ता अघि
८

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

१ हफ्ता अघि
९

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

१ हफ्ता अघि
१०

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

१ हफ्ता अघि
११

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

२ हफ्ता अघि
१२

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ मंसिर १५, शनिबार (५ महिना अघि)

मंसिर पन्ध्र: म्याग्दीको लुलांगमा गोठ सार्ने दिन (फिचर )

तस्विर: कृष्ण जिसी

  • २१२ पटक पढिएको
  • कृष्ण जिसी/धौलागिरि, मंसिर-१५,  मंसिरको आधा-आधी भैसकेको छ । असोज लागेपछि चिसो बढीहाल्ने यहाँ मंसिर सम्ममा त खपी नसक्नु चिसो छ । हिउँदको कठ्यांग्रिने चिसो बिहानीमा चराचुरुंगी र भाले भन्दा पहिल्यै उठिसक्छन् उनीहरु । झ्याल र दैलोको चरबाट सियोले घोचे झैँ घोच्ने चिसो सिरेठोको पर्वाह छैन उनीहरुलाई । लोग्नेमानिसहरू सिलटिमुर हालेको तातो चिया सुरुप सुरुप पार्दै कम्मरमा खुरपेटो, खुरपेटोमा आँसी (हँसिया) हालेर काँधमा बन्चरो र नाम्लो लिएर गाउँ भन्दा माथितिर रहेको जंगलतिर उकालो लागि हाल्छन । आइमाई र केटाकेटीहरु पनि डोको नाम्लो बोकेर खर्क तिर हुइंकिन्छन । कसैलाई एकैछिन उभिएर बोल्ने फुर्सद छैन । बिहानदेखि साँझ सम्म जंगल र पाखाभरी गाउँलेका सुसेली र कल्यांग कुलुंगका आवाज सुनिन्छन् ।

    बिहानको ११/१२ बजे तिर फेरी काठपात बोकेर गाउँ झार्छन भने कसैले पल्लो खर्कबाट सुकेको खर र कोदोको नलका भारी बोकेर फर्कीई रहेका हुन्छन् ।हतार हतार गास टिपेर फेरी हतार हतार हानिन्छन खर्क तिर गोठ बनाउन र खर्कमा रहेको खर, नल पराल स्याहार्न । त्यसो त गाउँले जीवन यस्तै हतारोमा हुन्छ उनीहरु फुर्सदिला हुँदैनन् भनिन्छ लेकालीलाई कहिल्यै फुर्सद हुँदैन । झनै मंग्सिरको १५ सम्ममा त उनीहरुलाई सास फेर्ने फुर्सद पनि हुदैन ।

    मंसिरको १५ गते गोठ सार्ने दिन भएकोले म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलांगका कृषकहरुलाई भ्याई नभ्याई छ । आनन्दले बसेर खाने फुर्सद पनि छैन भने बसेर कसैसंग गफिने त परे जावोस । नेपाली समाजमा आफ्नै खालका सामाजिक संरचना र जीवन यापनका तौर तरिका हुने गर्दछन । लुलांग गाउँको पनि आफ्नै सामाजिक संरचना र अझै भन्नुपर्दा यसलाई सामाजिक नियम रहेको छ भन्न मिल्दछ । गुर्जा हिमालको केहि मुन्तिर गुर्जागाउँको छिमेकी गाउँ हो लुलांग । करिव डेढ सय घरधुरी रहेको यो गाउँ पुर्वतिर फर्किएको पाहारिलो गाउँ हो। यो गाउँ समुद्री सतहबाट २४ सय मिटरको उचाइमा रहेकोले हिउंदमा अति नै चिसो हुने गर्दछ । हिउंदमा बाख्लै हिउँ  समेत पर्छ । अहिले पनि एकसरो लुगामा बस्नै  सकिन्न । गाउँलेहरु बिगत दुइबर्ष भनेजति हिउँ परेन यस्पाली त पर्छ कि भनेर आशाबादी छन् । किनकि हिउँ पर्यो भने उवा र जौ फस्टाउँछ ।

    लुलांग गाउँ बाख्लो छ । नेपालका अधिकांश पहाडी गाउँहरु घरबस्तीको दृष्टिले एकै ठाउँमा गुजुमुच्च परेका यस्तै हुन्छन ।लुलांग गाउँ पनि त्यस्तै छ । उनीहरुको खेतबारी भने बस्ति भन्दा टाढा हुने गर्दछ । त्यसैले उनीहरुलाई घर गोठ गर्नुपर्ने हुन्छ । हिउंदमा गोठ बर्खामा घर, घरगोठ सारीरहनु पर्ने । लुलांगीहरु भने आफु खुसि गोठ सार्न नपाउने रहेछन गोठ सार्दा एकै पटक अर्थात् एकै दिन सबैले सार्ने गर्नुपर्ने रहेछ । शुरुमा सुन्दा त मलाइ पनि अनौठो लाग्यो तर धौलागिरी गाउँपालिका वडा नं २ का अध्यक्ष अक बहादुर बिकले यस बारेमा प्रस्ट्याए पछि मलाइ बास्तविकता थाहा भयो । उहाँका अनुसार गाउँका सबैको बारी एकै ठाउमा रहेछ । बर्खा लगाएको बाली, कोदो, भट्ट स्याहारेर खर काटेर सकेपछी मात्रै गोठ सारिन्छ । सबैको जग्गा बराबर छैन, कसैको धेरै छ कसैको थोरै छ । धेरै हुनेले खेति स्याहार्न ढिलाई भएमा चांडो स्याहार्नेले गोठ सारिदिए गाइबस्तुले खेतीबाली खाएर नोक्सान गर्ने सक्छन । त्यसैले सबैले सकेपछी गाउँको नियम अनुसार तोकेको दिनमा नै सार्नुपर्ने हुन्छ । त्यति मात्र हैन यदि कसैको खेति बाली स्याहार्न ढिला भएमा वा खेताला नपाएमा सबैले मिलेर सघाईदिने गज्जवको परम्परा पनि रहेछ । मलाइ यो अभ्यास अत्यन्तै सुन्दर लाग्यो ।

    गोठ सार्न भन्दा पहिला बन फुकाउने चलन रहेछ । गाउँलेले संरक्षण गरेको बनमा जुनबेला चाह्यो त्योबेला प्रवेश गर्न पाइदो रहेनछ । घाँस दाउरा फुकाउँदा (बन फुकाउँददा) मात्रै जान पाइने नियम जसलाई सबै गाउँलेले मानेका छन् । गोठ सार्नुभन्दा पहिला बन फुकाउने गर्दा रहेछन् । यसो गर्दा गोठको लागी आवश्यक पर्ने लागी दारपात (खाँवा, भराइना, डांडा भाटा) काट्न पाइने रहेछ । यसरी हरेक वर्ष दारपातको लागि  काठ काट्दा जंगल बिनास हुदैन र ? भनेर सोध्दा वडाध्यक्ष बिकले अहिलेसम्म गाउँलेले इमान्दारिता देखाउने गरेको र अघिल्लो वर्ष काटिएका वा पहिलाका दारपात कामलाग्ने भएसम्म त्यसैले काम चलाउने र आवश्यक परेको मात्रै काट्ने गरेको बताउनुभयो । गोठ सारेपछि दिनको समयमा बारी र खरबारीमा स्वतन्त्र रुपले गाईबस्तु छोड्न मिल्ने रहेछ ।यसो गर्दा गाईबस्तुको मल मुत्रले जग्गा जमिन मलिलो हुने गाउँलेले बताउछन । उनीहरु भन्छन “गाइबस्तुले खुरले बारी कुल्चंदा मात्रै पनि मलिलो हुन्छ । “ कस्तो गज्जव र प्राकृतिक कुरा यसैले त गाईबस्तु जल, जमिन र मनिसविचको सम्बन्धलाइ जीवन्त बनाएको छ ।

    गाउँले जीवन कस्तो लाग्छ ? भनेर सोध्दा उनीहरु खुसि रहेको बताउछन् । लुलांग भन्दा माथि एउटा गाउँ छ त्यो हो गुर्जा गाउँ । पैदल हिंडेर एक दिनमा पुगिने त्यो गाउँ र लुलांग गाउँ बिचमा माइती कुटुम्बको सम्बन्ध पनि रहेको छ । बिहेबारी गर्ने र गुर्जाबाट माध्यमिक तह पढ्नको लागि कोहि लम्सुंग (लुलांग भन्दा तलको गाउँमा) समेत आउने रहेछन । बसेको ठाउँ कसलाई प्यारो लाग्दैन र ? कसै कसैले  त गाउँ छोडेर अन्यत्र बसाइ सरेका रहेका छन् घर हरु ताल्चा मारेका पनि भेटिन्छन  तर चाडबाड मनाउन भने आफ्नै थात थलो फर्कन्छन । गाउँमा बेलाबेलामा सहयोग समेत गर्ने गरेको रतिमया बिकले बताउनुभयो । अहिले त मोटर बाटो पुगेपछि गाउँलेहरु खुसि छन् । गुर्जा बासीलाई पनि लुलांगाबाट घोडा खच्चडमा त कसैले बोकेर सामान ल्याउन लैजान सहज भएको छ । लुलांग भन्दा माथि देउराली सम्म सडक पुगेको छ र खन्ने काम जारी छ । “गुर्जा सम्म मोटर बाटो पुग्यो भने त जसरी हामी लुलांगबासी रमाएका छौं त्यसैगरी गुर्जाबासी पनि रमाउलान नि” बिकले भन्नुभयो ।

    अहिले गाउँमा धमाधम विद्युतको केन्द्रीय लाइनको तार टाँग्ने काम समेत  चलिरहेको छ । अव छिट्टै नै केन्द्रीय लाइनको बत्ती बाल्न नपाउने कुरामा  उनीहरु बिश्वस्त छन् । केन्द्रीय लाइन नहुँदा सम्म अहिले लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाबाट बिद्युत उत्पादन गरेर बत्ति बालिएको छ । मोटर पुग्यो, विद्युतीकरण भैरहेको छ, सरकारी मापदण्डका राम्रा विद्यालय भवन बनेका छन्, स्व्यास्थ्य चौकी बनेका छन्, पूर्वाधार निर्माण सगै जीवन सजिलो हुँदै गएको छ । “पहिला ४ घर मात्रै ढुंगाका थिए अहिले सबै घर ढुंगाका भए । हेर्दा हेर्दै गाउँ फेरिएको छ । तुसारो र हिउँमा पटपटी कुर्कुच्चा फुटाउदै गुर्जा र जलजला हुँदै ढोरपाटन पुगेर आलुको बिउ ओसार्न अब पर्दैन । “ नुन-बटौली गरेका ७९ वर्षीय भक्त बहादुर विश्वकर्माले बताउनुभयो ।

    धेरै कुरा फेरिएको छ । पहिला भन्दा अहिले सबैकुराले जीवन सह भएको छ । छिटफुट  झैझगडा र अलिअलि कचिंगल त हुने नै भयो तर अहिले सामाजिक सचेतना र शैक्षिक स्तर माथि उठेको छ, समाज फेरिएको छ अब लुलाङ दुर्गम लाग्न छोडेको छ । जीवन आफ्नै गतिमा चलेको छ लुलांगीहरुको । खोरिया-मरेनी पाताल कोरिएका सद्द्काका धर्सा लट्ठीले देखाउदै भक्तबहादुरले आफ्नो भाग्य रेखा तिनै भएको बताउनु हुन्छ । भाविले निधारमा लेखेको देखिन्न तर समयले ल्याएका सडकका  धर्साले गाउँलेको भाग्य फेरिएको बताउनु भयो । ” हिउँ पर्न कम हुँदै गयो, हिमालका हिउँ पग्लिएर सकिएजस्तै आफुपनि कुन दिन सकिने हो थाहा छैन । पिढी कुरेर बस्ने हालतमा आफु पुगेको तर मुस्किलका दिन फेरिएर सजिला दिन आएकोमा उहाँ  मात्रै हैन धेरै लुलांगी खुसि छन् ।

    गाउँमा  आफ्ना मूल्य र मान्यता सामाजिक संरचना भित्र रहेर तिनलाई जोगाएर प्रकृति र मानवबिचको सम्बन्ध, खेतीपाती, घरगोठ, मेला-पर्व  दिनचर्या चलेकै छन् । सदरमुकामबाट टाढाको बस्ति भनेर मानिएपनि लुलांगबासी आफ्नो दिनचर्यामा रमाइरहेका छन् भन्छन “माटो हाम्रो हो, हामी माटोको हौँ, जीवन रहेसम्म माटोले हामीलाई बचाउँछ र हामीले माटोलाई” ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ५ दिन अघि

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    १ हफ्ता अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    १ हफ्ता अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना


  • १ हफ्ता अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

  • १ हफ्ता अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • १ हफ्ता अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • १ हफ्ता अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • समाचार
  • १

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
    ५ दिन अघि

  • २

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १ हफ्ता अघि

  • ३

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    १ हफ्ता अघि

  • ४

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    १ हफ्ता अघि

  • ६

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    १ हफ्ता अघि

  • ७

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    १ हफ्ता अघि

  • ८

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    १ हफ्ता अघि

  • ९

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution