• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ आश्विन १०, बिहिबार (१ साल अघि)

म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान प्रभावकारी नहुदा, डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै

फाइल तस्विर

  • ५५५ पटक पढिएको
  • बेनी, असोज-१०,  म्याग्दी जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान प्रभावहीन हुँदा पछिल्लो दुई महिनामा संक्रमणको दर ह्वात्तै उकालो लागेको छ। यसबीच, सरोकारवाला निकाय र समुदायस्तरमा सचेतनामूलक अभियान नहुँदा डेंगु संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ।

    गत वर्ष १०७ जनामा डेंगु संक्रमण देखिएको भए पनि यो वर्ष साउन, भदौ र असोज महिनाको पहिलो सातासम्म १०० भन्दा बढी संक्रमित फेला परिसकेका छन्। साउनमा १४ जना, भदौमा ५६ जना, र असोजको पहिलो सातासम्म ३३ जना नयाँ संक्रमित थपिएका छन्। गत वर्षभरको संक्रमणलाई तीन महिनामै उछिनेको यो अवस्थामा, सरकारी निकाय, समुदायका संघसंस्था, र स्वास्थ्य संस्थाहरूले समयमै कदम नचाल्दा संक्रमणको दर बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    सरोकारवाला निकायको उदासिनता विगतका वर्षहरूमा बेनी नगरपालिका र पाँचवटै गाउँपालिकाको स्वास्थ्य शाखा तथा विभिन्न संघसंस्थाहरूको समन्वयमा सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा डेंगु संक्रमणको दर घटेको थियो। तर, यसपटक यस्ता अभियान सञ्चालनमा कमी आएको जनप्रतिनिधिहरूले नै स्वीकार गरेका छन्। डेंगु फैलाउने ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका लामखुट्टेले खेतबारी, बगैँचा, गमला, छत, र कौसीमा जमेको सफा पानीमा फुल पार्ने गर्छ। यो फुल एक वर्षसम्म पनि रहन सक्छ, जसले गर्दा संक्रमणको जोखिम सधैं कायम रहन्छ।

    बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलका अनुसार, डेंगु फैलाउने लामखुट्टेको बासस्थान भत्काउन नियमित सरसफाइ गर्नुपर्ने, पानी जम्ने ठाउँहरू (जस्तै गाडीको टायर, गमला, आदिमा) सफाइको आवश्यकता रहेको छ। साथै, ‘घरमा डेंगु सार्ने लामखुट्टे आफैं मार्ने, समुदायमा सँगै मिलेर नष्ट गर्ने’ अभियान प्रभावकारी बनाउनुपर्ने उनले सुझाव दिएका छन्।

    डेंगुका लक्षण र सावधानी डेंगु भाइरसले संक्रमित लामखुट्टेको टोकाइबाट ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखिन थाल्छ। ज्वरो आउनु, जीउ दुख्नु, आँखाको गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला, र वान्ता आउनु यसका सामान्य लक्षण हुन्।

    स्क्रब टाइफसको जोखिम बढ्दै डेंगुसँगै म्याग्दीमा स्क्रब टाइफस संक्रमणको पनि दर बढेको छ। गत वर्ष ७२ जनामा स्क्रब टाइ

    फसको संक्रमण देखिएकोमा, चालु आवको साउनदेखि असोज महिनाको पहिलो सातासम्म ५२ जनामा यो संक्रमण फेला परेको बेनी अस्पतालले जनाएको छ। स्क्रब टाइफस मुसामा हुने माइट नामक किराको टोकाइबाट सर्ने रोग हो। यसको लक्षणहरू डेंगुसँग मिल्दोजुल्दो हुने भएकाले संक्रमणको पहिचानमा चुनौती थपिएको छ।

    सङ्कास्पद बिरामीहरूको नमूना परीक्षणमा स्क्रब टाइफस पुष्टि भएको छ। समयमै उपचार नगरे यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। स्वास्थ्यकर्मीहरूले सावधानी र सचेतनाको आवश्यकता औंल्याएका छन्।

    समुदायस्तरमा सचेतना अभियानको खाँचो म्याग्दीमा डेंगु र स्क्रब टाइफस दुवै संक्रमण नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभियान, सरसफाइ, र लामखुट्टेको बासस्थान नष्ट गर्ने कार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ। बेनी र आसपासका क्षेत्रमा सरोकारवालाहरूले प्रभावकारी कदम चालेर संक्रमणलाई नियन्त्रणमा लिनुपर्छ।

    सङ्क्रमण बढ्दै गएको वर्तमान अवस्थालाई ध्यानमा राख्दै, डेंगु र स्क्रब टाइफसजस्ता रोगहरूको नियन्त्रणका लागि नियमित रूपमा स्वास्थ्य जाँच, सरसफाइ, र लामखुट्टे नियन्त्रण अभियानलाई तीव्र पार्नु अहिलेको आवश्यकता रहेको स्वास्थ्यकर्मीहरूको सुझाव छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution