• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ आश्विन २, बुधबार (१ साल अघि)

शिक्षा दिवसको अवसरमा जलजला गाउँपालिकाले शिक्षक, विद्यार्थी, बिब्यस लगायतलाई सम्मान गर्यो

तस्विर : देवी जिसी

  • ७२७ पटक पढिएको
  • देवी जि.सी./जलजला, असोज-२,   राष्ट्रिय शिक्षा दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले विविध कार्यक्रम गरि  मनाएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाद्धारा प्रतियोगिता पालिका स्तरीय अन्तर मावि(९-१२) बक्तित्वकला  प्रतियोगीता, सम्मान तथा पुरस्कार वितरण गरि मनाएको हो ।

    “नेपाली समाजमा वैदेशिक अध्ययन र रोजगारीले पारेको प्रभावका विषयमा आयोजना गरिएको पालिका स्तरीय अन्तर मावि बक्तित्वकला  प्रतियोगितामा कृष्ण भवन धर्म माध्यमिक विद्यालय धाइरिंगका कविराज  आचार्य प्रथम, न्यु होराइजन आवासीय माध्यमिक विद्यालय पर्बत बेनीका श्रद्दा रेग्मी द्वितीय, शिव मावि फर्सेका अनुराग सुबेदी तृतीय र जनकल्याण मावि की रश्मि महत सान्त्वना भएका छन।

    तस्विर : देवी जिसी

    विजेता विद्यार्थीहरुलाई जलजला  गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, प्रमुख प्रशासकिय अधिकृत फणिन्द प्रसाद आचार्य, शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले नगद तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो।

    त्यसैगरी राष्ट्रिय शिक्षा दिवस २०८१ को  अवसरमा २४ जना शिक्षक, १० जना विद्यार्थी, ३ वटा  विद्यालय , १ जना  विब्यस अध्यक्ष, १ विद्यालय कर्मचारीकर्मचारी (लेखा), १ बाल सहयोगी कार्यकर्ता, र १ विद्यालय कर्मचारी र शिक्षा शाखा प्रास सहित ४२ जना शैक्षिक ब्याक्तित्व सम्मानित भएका छन् ।

    शिक्षा दिवसको अवसरमा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट हुने विद्यालय,प्रधानाध्यापक र एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत छ ।

    गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,शिक्षा संयोजक एकिन्द्र खत्री,प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायत जनप्रतिनिधि र कर्मचारीहरुले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो  ।

    मल्लाजको विद्याज्योती मावि जलजला ३, वर्ष उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको छ । यसैगरी जनकल्याण मावि जलजला ८, नागलिङका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मी, कृष्णभवन धर्म मावि जलजला ७, का शिक्षक शुमन शर्मा वर्ष उत्कृष्ट शिक्षक,फर्से धाइरिङ मावि जलजला ७ का बाल शिक्षक संगीता सुवेदीलाई उत्कृष्ट बालशिक्षकका रुपमा सम्मान गरिएको छ ।
    यसैगरी सोही विद्यालयका लेखा कर्मचारी सविना शर्मा र जनकल्याण माविमा सेवारत देवी रेग्मीलाई उत्कृष्ट कार्यालय सहयोगी र विद्याज्योती मावि जलजला ३ का टेकबहादुर जिसीलाई उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा सम्मान गरिएको छ ।
    यस्तै सामुदायिक तर्फ उत्कृष्ट जिपीए ल्याउने विद्यार्थीहरु विद्याज्योती माविका आस्था नेपाली र संस्थागत तर्फ अमृत आदर्श प्याराडाईज एकेडेमीका विद्यार्थी करण परियारलाई पुरस्कृत गरिएको छ ।

    कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउने जनकल्याण माविका विद्यार्थी रस्किन महत र संस्थागत विद्यालय तर्फ अमृत आदर्श प्याराडाईज एकेडेमीका सुर्वणबहादुर जिसीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।यसैगरी गाउँपालिकाले विषयगत रुपमा ४ जिपीए ल्याउने सफल विषयगत शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । अनिवार्य गणिात र अतिरिक्त  गणित विषयमा उत्कृष्ट ग्राम प्रकाश माविका विद्यार्थी अश्मी मल्ल, विधान पौडेल र विषय गत शिक्षक रुमबहादुर गाहा, कृष्ण भवन धर्म माविका विद्यार्थी कुशल आचार्य र शिक्षक सिर्जना सुवेदी, विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने कुशल आचार्य र शिक्षक बालकृष्ण ज्ञवाली, नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने जनकल्याण माविका यमुना रेग्मी र शिक्षक रघुनाथ सुवेदी र अंग्रेजीमा उत्कृष्ट नतिजा ल्याउने विद्याज्योती माविका विद्यार्थी आस्था नेपाली र शिक्षक हिराबहादुर बरुवाललाई सम्मान गरिएको छ ।

    यसैगरी एसइइ परिक्षामा सबैभन्दा धेरै विद्यार्थीलाई उत्तीर्ण (८५.७१प्रतिशत) गराउन सफल बनौं मावि जलजला ९ र अमृत आदर्श प्याराडाइज एकेडेमी (१०० प्रतिशत) लाई पनि सम्मान गरिएको छ ।

    कार्यक्रममा निवृत र दिर्घ शिक्षक सम्मान पदक समेत प्रदान गरिएको छ  । निवृत शिक्षक सम्मान पाउने शिक्षकहरुमा बेनी बजार प्राथमिक विद्यालयका ज्ञानु जिसी, कृष्णभवन धर्म माविका छविलाल आचार्य, ज्योतमण्डल माविका पृथ्वीलाल गर्बुजा, विद्याज्योती माविका हरिप्रसाद पौडेल, शान्ती माविका नारायणप्रसाद कँडेल, जनकल्याण माविका लोकराज कुँवर, विद्याज्योती माविका कमलनयन आचार्यलाई निवृत शिक्षक पदकद्धारा सम्मान गरिएको छ ।

    यसैगरी पंचमुल आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण केसी,  विन्धवासीनी आधारभूत विद्यालयका शिक्षक गुमान शिंह जिसी, शिव माविका रत्नबहादुर केसी, शिवप्रसाद आचार्य र फर्से धाइरिङ माविका मुकुन्द्र प्रसाद आचार्यलाई दिर्घसेवा शिक्षक पदकबाट सम्मान गरिएको छ ।

    गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपक आचार्य,सेवा निवृत शिक्षकका तर्फबाट कमलनयन आचार्य,उत्कृष्ट जिपीए प्राप्त गर्ने विषय गत शिक्षकका तर्फबाट रुमबहादुर गाहा, दिर्घ सेवा पदक प्राप्त गर्ने शिक्षकका तर्फबाट मुकुन्द प्रसाद आचार्य, उत्कृष्ट प्रधानाध्यापक कृष्णप्रसाद रेग्मी, उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका तर्फबाट टेकबहादुर केसी, पेशागत संघसंगठनका तर्फबाट हरिनारायण रेग्मी, नारायण मल्ल, नारायण दत्त रेग्मी, प्रधानाध्यापक तर्फबाट भवानी संकर पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम शिक्षा शाखा अधिकृत यज्ञप्रसाद लामिछानेको स्वागत र शिक्षा प्राविधिक सहायक देवी रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    वि.सं. २०३१ देखि फागुन १२ मा र ०६२/६३ को राजनीतिक परिवर्तनपछि सेप्टेम्बर ८ मा मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस गत वर्षदेखि असोज २ मा मनाउन थालिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको नारा शिक्षा दिवस ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ रहेको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ घण्टा अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    ४ घण्टा अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    ४ घण्टा अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए


  • २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • २ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • ३ हफ्ता अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution