• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण १५, मंगलबार (१ साल अघि)

बेनीको हाडेभिर स्थित बधस्थलमा मरेको भैसी काट्दै गरेको अवस्थामा फेला

तस्विर : हरिकृष्ण गौतम

  • ३६७ पटक पढिएको
  • म्याग्दी, साउन-१५, म्याग्दीको बेनी नगरपालिका–२, हाडेभिरमा बिरामी भएर मरेको भैसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलीलाई रंगेहात समातिएको बेनी नगरपालिका पशु शाखाले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मी, बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्मा, नेपाल प्रहरी र नगरप्रहरी सहितको टोलीले अनुगमनको क्रममा खरिद गरी ल्याउँदै गरेको अवस्थामा बधस्थल बाहिर नै मरेपछि हतारमा काट्दै गरेको अवस्थामा फेला पारेको बेनी नगर पशु शाखाका चिकित्सक शर्माले बताउनुभयो ।‘बिरामी भैसी ल्याउँदै गर्दा बधस्थल बाहिर नै मरेपछि साँझपख काट्दै गरेको अवस्थामा फेला पायौं, कानुनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ’ पशु चिकित्सक शर्माले भन्नुभयो ।

    पशु बिक्रेता र खरिद गर्ने दुबैले बिरामी अवस्थामा बिक्री गरेको र ल्याउँदै गर्दा बधस्थल नजिकै मरेको स्वीकार गरेको बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्माको भनाई छ । मासु ब्यवसायी दर्जीलाई खाद्य ऐन अनुसार कारवाहीका लागि सिफारिस गरिएको छ । मरेको भैसी नजिकै खाल्टो खनेर बिर्सजन गरिएको थियो । नगरपालिकाकै सक्रियतामा बनाइएको बधस्थलबाट बेनीबजार तथा आसपासका क्षेत्रमा राँगा र भैसी मासुको खपत धेरै हुन्छ । पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि म्याग्दीमा जनशक्तीको अभाव भन्दै मासु ब्यवसायीले राँगा र भैसी बिना परीक्षण काट्ने गरेका छन् । बधशालामा राँगाको तुलनामा भैसी धेरै काट्ने गरिएपनि प्रभावकारी अनुगमन हुने गरेको छ । पछिल्लो समय दुग्धपालक कृषकको संख्या बढेसँगै थारा भैसी सस्तो मुल्यमा कटाउने गरेपनि ब्यवसायीले राँगाकै सहर भैसीको मासुको मुल्य लिने गरेका छन् । बेनीको बधस्थलको अवस्था सधै लथालिंग छ । मासु र फोहोर सँगसँगै राखेको, हडीहरूमा किरा परेको, मासु काट्ने स्थान अत्यधिक फोहोर हुने गरेको छ ।

    पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि बेनी नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तोकिएको दरबन्दी नहुदाँ बधस्थलमा ल्याइएका पशुलाई निरोगी पहिचान नगरी बधशालामा काटेर सिधै बेच्ने ठाउँमा लैजाने गरिन्छ । पशु चिकित्सकको दरबन्दी नहुदाँ र नगरपालिकाले समेत ब्यवस्थापन गर्न नसक्दा वध गर्नुअघि पशु रोगी, निरोगी हेर्न गरिएको छैन् ।

    पशु प्राविधिकका अनु्सार सदरमुकाम बेनीमा जिल्ला बाहिरबाट आउनेको ठाउँ–ठाउँमा परीक्षण हुने भएपनि जिल्लाभित्रका ग्रामिण क्षेत्रबाट रातारात ल्याएर बध गर्ने गरिएको छ।कम्तिमा सवारीसाधन वा पदैलमार्गबाट बधस्थलमा ल्याइएको पशुचौपायालाई २४ घण्टासम्म विश्राम,दानापानी र तौल लिएर स्वास्थ्य परिक्षण गर्नुपर्छ । बधस्थलमा नगरपालिका तथा पशु विज्ञ केन्द्रका प्राविधिकको नजर नै पुग्दैन् ।

    बेनीको बधस्थल आसपासका क्षेत्रमा दुर्गन्ध अत्याधिक छ । बधस्थल नजिकै खच्चड समेत राख्ने गरिन्छ। मासु काट्ने आसपासका क्षेत्रमा खच्चडको समेत गोठले समेत थप संक्रमणको जोखिम बढाएको छ भने बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिको व्यवस्थापन नहुँदा मंगलाघाट तथा आसपासका क्षेत्रका बस्ने बासिन्दासम्म दुर्गन्ध पुग्ने गरेको छ ।

    काटिएको पशुको स्वास्थ्य, काट्ने ठाउँ,मासु काटिसकेपछि भण्डार लगायतमा कमजोरी भएपनि बधशालामा काट्ने ठाउँमा भने पानीले पखाल्ने गरिएको छ । बधशालाको अवलोकनको क्रममा त्यहाँ एउटा राँगो र बाँकी अधिकांस थारा भैसी रहेकाले सस्तोमा भैसी ल्याएर महँगोमा बिक्री गर्ने गरेको पाइएको छ ।

    म्याग्दीको ग्रामिण क्षेत्रमा दुग्धपालक कृषकको संख्या ह्वात्तै बढेपछि दुध नदिने धारा भैसीलाई मासुको लाािग बिक्री गर्ने गरेकाले बधस्थलमा भैसीको संख्या धेरै हुने गरेको छ । ग्रामिण क्षेत्रबाट मासुका लागि थारा भैंसीसमेत व्यापारीहरूले किन्न थालेपछि किसानहरूले भैंसी नै पाल्न छोडेका छन्।

    ’तै चुप मै चुप’ किन ?

    बधस्थल नजिकै तीन गोठमा बधका लागि ल्याइएको भैंसी छ। बधस्थल नजिकै खच्चडका लागि समेत संरचना छ। बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिले दुर्गन्ध फैलिएको छ । आम उपभोक्ताहरुलाई स्वच्छ र सफा मासु खुवाउनका लागि सुरक्षित स्थानमा लगेर वध गर्न सुरु गरेको प्रचारप्रसार गरिएपनि उक्त ठाउँ उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको अवस्थामा सरोकारवाला निकाय समेत ’तै चुप मै चुप’ को अवस्थामा छन् ।

    बधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो। बधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल राखिएको छैन, बध गरेपछि रगत छरपष्ट देखिन्छ । फोहोर पानी निकास सिधै म्याग्दी नदीमा जान्छ, पानी शुद्धीकरण नगरेको, मार हान्ने औजार व्यवस्थाप,बधयोग्य भए÷नभएको परीक्षण नगरेको र भैंसीराँगा बध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको देखिन्छ । मापदण्डभित्र रहेर सञ्चालन गर्न अहिलेसम्म दिइएको निर्देशन पालनै भएको छैन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution