• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार (२ साल अघि)

जलजला-९, बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित

फाइल तस्विर

  • ५३१ पटक पढिएको
  • जलजला, जेठ-३०,   पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।
    परम्परागत र निर्वाहमुखि रुपमा आलुको खेती गर्दै आएका कृषक यस वर्षदेखि व्यावसायिक रुपमा खेति गर्न थालेका हुन् । कोदो, र आलुमात्र उत्पादन हुने बनौमा धान खेती निकै कम हुन्छ। अहिले यहाँका आलु र कोदो खेती गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्र पर्वतको खायन आलु प्रवद्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई विऊ र प्राविधिक सहयोग गरेपछि उनिहरु व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन्। अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ । बनौमा रहेका दुईवटा आलु उत्पादक समुहमा आवद्ध ७३ जना कृषकहरुले सामुहिक रुपमा आलु उत्पादन थालेका हुन् । विगतमा एक रोपनी क्षेत्रफलवाट कम्तिमा ५ मुरी आलु उत्पादन हुने गरेकोमा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समुहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लगाईएको चार सय रोपनी क्षेत्रफलवाट पहिले भन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।

    समुहमा आवद्ध भएका कृषकले न्यूनतम रु. एक लाखदेखि रु. दश लाख रुपैया सम्म आलु विक्रि गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने कृषक पुर्जाले बताउनुभयो ।

    चालु आर्थिक वर्षदेखि शुरु भएको खायन आलु प्रवद्धन कार्यक्रम अन्तर्गत यस वर्ष झण्डै २ हजार कृषकले व्यावसायिक रुपमा आलु खेती गरेका छन् । अहिले आलुवाली थन्क्याउने बेला भएकाले केहि दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्यांक आउने कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकत शंकर पौडेलले बताउनुभयो । उहाँका अनुसार प्राविधिक ज्ञानसँगै कृषकहरुले आधुनिक तरिकाले आलु खेती गर्न थालेपछि उत्पादन समेत बढेको छ भने कृषकहरु समेत उत्साहित भएका छन् ।

    कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रम अन्तर्गत हिउँदे सिजनमा गरिएको गरिएको आलु खेतीमा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यवासायिक रुपमा आलु खेती गरी आम्दानी गर्न सफल भएका छन् । वर्खे सिजनमा यसको आधा संख्यामा कृषकहरुले आलुखेती लगाएका छन् ।

    किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको हो । आलु प्रवद्धनका लागि चालु आर्थिक वर्षमा रु. तीन करोड बिनीयोजन भएको थियो । उक्त बजेटवाट कृषकलाई आलुको विऊ, मल, यान्त्रिकरण तथा बजारीकरणमा अनुदान उपलव्ध गराईएको अधिकारीले बताउनुभयो ।

    कार्यक्रमको लक्ष अनुसार यो आर्थिक वर्षमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने भनिएपनि कृषकको माग अनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको हो। पहिलो सिजनमा १ सय ४ हेक्टरमा क्षेत्रफलमा गरिएको आलु खेतीवाट दुई हजार छ सय ५८ मेट्रिक टन आलु उत्पादन भएको छ । जसवाट कृषकहरुले उपभोग गरेर बाँकी रहेको आलु विक्रिवाट रु. ५ करोड आम्दानी गरेका छन् ।
    बसन्ते सिजन अर्थात वर्खे आलुका लागि ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। यसको उत्पादन र आम्दानीको तथ्यांक असार अन्तिम सातासम्म आईपुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । सवैभन्दा बढि आलु जिल्लाको जलजला गाउँपालिकामा उत्पादन भएको केन्द्रल जनाएको छ ।

    पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रति हेक्टर न्यूनतम २६ मेट्रिकटन देखि अधिकतम ४६ मेटिकटन सम्म उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिनुभयो । यसवाट उपभोगका लागि कृषकहरुलाई खरिद गर्न नपर्नुका साथै बिक्रिवितरण वाट समेत राम्रो आम्दानी गरेको पौडेलले बताउनुभयो । पर्वत बनौ जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याती कमाएको क्षेत्र हो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution