• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

८ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ १२, शनिबार (२ साल अघि)

अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा यशोदा रोका

तस्विर : जलजला अनलाइन

  • ४६४ पटक पढिएको
  • बेनी, जेठ-१२, अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार र शनिबार बेनीमा सम्पन्न भएको सम्मेलनले यशोदा रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पशुपति शाही र हेम कुमारी पुन चयन हुनुभएको छ । यसैगरी सचिवमा देवकुमारी पुन,कोषाध्यक्षमा गौमति राम्जाली,उपसचिव जानकी अधिकारी चयन हुनुभएको छ ।

    सम्मेलनको उद्घाटनमा अनेमसंघकी केन्द्रिय सचिव तथा एमाले म्याग्दीको नेता समेत रहनुभएकी नरदेवी पुनले विश्वका जुनसुकै आन्दोलन तथा विकासमा महिलाहरुकै भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । पुनले विश्वमा भएका हरेक युद्ध, क्रान्ति तथा आन्दोलन महिलाको सहभागिता बिना सफल नभएको स्मरण गराउनु भयो । नेपालमा भएका अहिले सम्मका आन्दोलनहरुको अगुवाइ गर्ने तथा तार्किक निश्कर्षमा पु¥याउन महिलाको साथ र समर्थन विना सम्भव नभएको उहाँको भनाई थियो ।

    हाल सम्म भएका हरेक आन्दोलनमा महिलाहरुको पनि सक्रिय सहभागिता बिना सम्भव भएका थिएनन् । २००७ साल, २०४७ साल तथा २०६२÷०६३ को जनआन्दोलनमा महिलाहरुको सहभागिता उल्लेख्य भए पनि त्यसको नतिजा अनि परिणाम भने सबैको पक्षमा आएको भएतापनि महिलाहरुले पाउनु पर्ने अधिकार पाउन नसकेको उहाँको तर्क थियो ।
    विश्वमा धेरै पटक महिला अधिकारका लागि आन्दोलन भएको भएतापनि आफ्नो अधिकार कार्यान्वयनमा नपुग्ने समूदाय नै महिला भएकोले अब सबैले आफ्नो अधिकार लिनका लागि आाफै प्रयास गर्नु पर्नेमा जोड दिनुभयो ।

     

    महिलाहरुको सहभागिताको हिसाबले हेर्दा म्याग्दीमा केही हद सम्म बढी भए पनि ३३ प्रतिशत मात्रै नभएर ५० प्रतिशत सहभागिताका लागि आवाज बुलन्द गर्नु पर्ने उहाँको तर्क थियो । नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै संविधानसभा सदस्य बन्नुका साथै २०७४ को आम चुनावमा प्रदेशसभा सदस्य हुँदै प्रदेश सरकारको मन्त्री सम्म बन्ने मौका एमालेमा आफूले पाएको उहाँको भनाई थियो । अहिले पनि एमाले म्याग्दीको सचिव महिला नै हुनुहुन्छ त्यसैले एमाले मात्रै महिला सहभागिताका लागि उत्कृष्ट पार्टी रहेको पुनको तर्क थियो ।

    नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठले महिलाा सहभागितालाई बढाउनका लागि पार्टी नीति नै उदार भएकोले महिलाहरुले पनि आफ्नो सहभागिता बढाउनका लागि प्रयास गर्नु पर्ने तर्क गर्नुभयो । म्याग्दीबाट थममायाँ थापा, नरदेवी पुन, थमसरा पुन लगायतका महिलाहरु नेतृत्व तहमा भूमिका खेलेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘केन्द्रीय राजनीतिमा पनि पहुँच पुगेका म्याग्देली नारीहरुको सहभागितालाई अझै मजबुत बनाउनका लागि सबैले भूमिका खेल्नु पर्ने हुन्छ ।’

    अखिल नेपाल महिला संघको नवौंं जिल्ला सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, एमाले म्याग्दीका सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, अनेम संघकी केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, अनेम संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले मन्तव्य राख्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ८ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution