• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र १, बिहिबार (२ साल अघि)

आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु, विषयगत कार्यालयहरुको प्रस्तुतीकरण जारी

फोटो : प्रताप बानिया

  • ५५३ पटक पढिएको
  • म्याग्दी, चित-१,  जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले आफू जिल्लाको विकास निर्माणमा केन्द्रीत भएर लागेको बताउनुभयो । उहाँले माननीय भएको दुई वर्ष प्रवेश गरेको अहिलेसम्म आफूले कुनै कार्यालय वा कसैलाई पनि नराम्रो बोली नबोलेको बताउँदै बजेट, नीति र योजना कार्यान्वयन गर्नका लागि कर्मचारी पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले नेपालमा संघीयताको मोडेल खासगरी प्रदेश तह भएकाले यसलाई सम्बन्धित सबै पक्षबाट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयता अभिशाप नभई बरदान भएको भन्दै दुर्गम तथा पछाडि परेका जिल्लाहरुको विकास निर्माणमा संघीयताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । म्याग्दीको विकास निर्माणका लागि आफूले प्रदेशमा रहेर सक्दो पहल गरेको उहाँको भनाइ छ ।
    संविधानसभा सदस्य गोविन्द पौडेलले तत्कालीन समयमा जनप्रतिनिधिविहिनको अवस्थामा म्याग्दीले सर्वदलीय संयन्त्र निर्माण गरी जिल्लाको विकास निर्माणमा पहल गरिएको र म्याग्दीको सिको केन्द्रसहित देशभर पुगेको स्मरण गर्नुभयो । जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देवेन्द्रबहादुर केसीले संविधानमा व्यवस्था भएअनुसार जिल्ला समन्वय समितिको गठन भई कामकारवाही अगाडि बढेको अवस्थामा जिल्ला समन्वय समितिका लागि आवश्यक बाँकी ऐन, कानुनहरु बन्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष शेरबहादुर केसीले जिल्लाको विकास निर्माणमा सबै दलहरु एक हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका यामबहादुर किसान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीको स्रोतसाधनहरु परिचालन गरेर जिल्लाको विकास गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा उत्कृष्ट डिभिजन वन कार्यालय म्याग्दी र स्थानीय तहमध्ये कार्यसम्पादनमा उत्कृष्ट हुन सफल बेनी नगरपालिकालाई जिल्ला समन्वय समितिको तर्फदेखि दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रमको उद्घाटनसत्र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता, उपप्रमुख डिलकुमारी खत्रीको स्वागत र जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । नवौं जिल्ला सभाको उद्घाटनसत्रपछि जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ३ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • ३ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ३ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution