• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २८, आईतबार (२ साल अघि)

मिलन म्याग्दीले विविध कार्यक्रमसहित २५औं स्थापना दिवस मनायो

फोटो : देवी जिसी

  • ६४१ पटक पढिएको
  • म्याग्दी, माघ-२८,  ‘हाम्रो सामूहिक प्रयास र सरोकार : समुन्नत समाज निर्माणको आधार’ भन्ने नारासहित गैरसरकारी संस्था मिलन म्याग्दीले २५औं स्थापना दिवस मनाएको छ । आज (आइतबार) एक समारोहबीच विविध कार्यक्रमको आयोजना गरी मिलन म्याग्दीले जिल्ला सदरमुकाम बेनीमा २५औं स्थापना दिवस मनाएको हो ।

    २५औं स्थापना दिवस तथा रजत जयन्ती वर्ष समारोहको अवसर पारेर मिलन म्याग्दीले प्रकाशन गरेको ‘मिलन ब्रोसर अङ्क–३, २०८०’ विमोचन भएको छ । यसैगरी संस्था स्थापना भएदेखि हालसम्म संस्थामार्फत सञ्चालित कार्यक्रम, गतिविधिहरु र योजनासहित यसले समुदायमा पारेको प्रभावलगायत विषयहरु समावेश गरी संस्थाले निर्माण गरेको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । त्यस्तै संस्था स्थापनाको २५औं वर्ष पुगेको अवसरमा मिलन म्याग्दीले संस्थापक, सल्लाहकार, पूर्वअध्यक्षहरु, कार्यसमिति र कर्मचारी तथा लाभग्राहीलाई सम्मान गरेको जनाएको छ । सम्मानित हुनेहरुमा संस्थापक सल्लाहकार अशोक बानियाँ, संस्थापक अध्यक्ष दुर्गा कार्की बानियाँ, संस्थापक उपाध्यक्ष ओमबहादुर बानियाँ, संस्थापक सदस्यहरु अमर बानियाँ, गोरखबहादुर सार्की र संस्थापक कोषाध्यक्ष स्वर्गीय भक्तबहादुर कार्कीको धर्मपत्नी भीमकुमारी कार्कीलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिएको थियो ।

    सम्मानित हुनेहरुमा संस्थाको पूर्व अध्यक्षहरु दिवाकुमारी तिलिजा पुन, अनुमान श्रेष्ठ, जुना गर्बुजा, विनय श्रेष्ठ, शिव बानियाँ, पूर्व सचिव भविराम किसान, पूर्व कोषाध्यक्ष सुमित्रा थजाली र पूर्व सहसचिव प्रताप बानियाँलाई पनि दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी संस्थामार्फत सञ्चालित विभिन्न कार्यक्रमबाट उत्कृष्टता हासिल गरी सम्मानित हुनेतर्फ अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको तल्लो खिबाङ स्टिल ट्रस झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष एगिमाया तिलिजा, अन्नपूर्ण–६, घारका स्थानीय स्रोतव्यक्ति पशुपति बरुवाल, धवलागिरि गाउँपालिका–७, ताकमको हरियाली कृषक समूह र जेसी च्याम्पियन मालिका–७, विमका सुर्मन गर्बुजा रहनुभएको छ ।
    यसैबीच मंगला गाउँपालिका–२, बाबियाचौरका ट्याक्सीचालक सुजन भण्डारी, अगुवा कृषक बेनी नगरपालिका–४, सिङ्गाका तेजबहादुर बानियाँ, चुल्हो प्रमोटर रघुगंगा–२, राखुभगवतीका मित्रलाल शर्मा, महिला उद्यमी अन्नपूर्ण–५, पाउद्वारका दुर्गादेवी दमाई, संस्थाको पूर्व कर्मचारी अन्नपूर्ण–३, दानाका धनुष राम्जाली र म्याग्दीका क्रियाशील पत्रकार हरिकृष्ण गौतमलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो ।


    कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मिलन म्याग्दीले जिल्लाको समुदायस्तरमा सञ्चालन गरेको कार्यक्रम अत्यन्त सराह्रनीय रहेको बताउनुभयो । उहाँले मिलन म्याग्दी गैरसरकारी संस्थाको एउटा अभिभावक भएकाले मिलन म्याग्दीमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सचेतनामूलक कार्यक्रम सञ्चालन भएको बताउँदै आगामी दिनमा संस्थामार्फत आर्थिक उपार्जन र स्वास्थ्यका क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    मिलन म्याग्दीका संस्थापक अध्यक्ष दुर्गा कार्की बानियाँले मिलनले २५ वर्षको अवधिभर जिल्लामा थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै संस्थाले नैतिकवान्, क्षमतावान् नेतृत्व समेत विकास गरेको बताउनुभयो । कार्यक्रममा मिलन म्याग्दीका पूर्व अध्यक्ष विनय श्रेष्ठ, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मुक्तिप्रसाद ढुङ्गाना, बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले रजत जयन्ती वर्षमा संस्थामार्फत सञ्चालन हुने कार्यक्रमहरुको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष बिटालुको अध्यक्षता, उपाध्यक्ष तिलकुमारी रानाको स्वागत र सहसचिव बलबहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution