• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१३ घण्टा अघि
२

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ दिन अघि
३

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

५ दिन अघि
४

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

५ दिन अघि
५

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
६

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
७

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
८

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
९

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१०

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
११

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१२

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष ७, शनिबार (१ साल अघि)

जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

फोटो : अमित बिश्वकर्मा

  • ३८२ पटक पढिएको
  • म्याग्दी, पुष-७, म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनि नपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो ।

    शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रु ५ लाखको रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्दै विधिवत रुपमा कोष स्थापना भएको घोषणा गर्नुभयो । छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताउनुभयो । नेपालका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ, त्यसका लागि सरकारले शिक्षामा न्युनतम २० प्रतिशत लगानी गर्नुपर्छ, उहाँले भन्नुभयो ।

    १२ कक्षा पास गर्दा वित्तिकै विद्यार्थीहरु विदेश पस्ने र विद्यार्थी रित्तिदै जाने अवस्था अहिलेको राष्ट्रिय चिन्ता र चुनौतिको रुपमा रहेकाले यसप्रति सरकार गम्भिर बन्नुपर्ने पूर्व मन्त्री ज्ञवालीको भनाई थियो । उहाँले अहिले देशमा दुईथरि नागरिक उत्पादन भईरहेको बताउनुभयो ।
    एकथरी देशमै रोजगार गर्न सक्ने र अर्कोथरी शैक्षिक प्रमाणपत्र खल्तिमा राखेर प्रदेशिनुपर्ने गरि दुईथरि नागरिक उत्पादन भएको छ, यसो हुनु देशको विडम्वना हो उहाँले भन्नुभयो ।
    नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका ज्ञवालीले विभिन्न विद्यार्थी संगठनहरुले नेपालका विश्व विद्यालयहरुमा ताला लगाउने, प्राध्यापकहरुलाई कुटपिट गर्ने, जस्ता आतंक सृजना गराउदा विश्वविद्यालयको शैक्षिक गुणस्तर झनै खस्किदै गएको बताउनुभयो ।
    त्रिभुवन विश्वविद्यालयले हालै मात्र सवैभन्दा धेरै विद्यार्थीलाई एकैचोटि दिक्षित गरेर विश्व रेकर्ड राखेको दावि गरेको प्रति कटाक्ष गर्दै पूव मन्त्री ज्ञवालीले संख्यामा धेरै भन्दा पनि विश्व श्रेणीमा १ हजार भन्दा माथिको स्थानमा रहेको नेपालको विश्वविद्यालयले श्रेणी कम गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।
    उहाँले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरु पनि पेशा प्रति जिम्मेवार कर्तव्यनिष्ठ बन्नुपर्ने बताउनुभयो । उहाँले बानियाँ परिवारले स्थापना गरेको छात्रवृत्तिले गरिवीका कारण पढाई छोड्न बाध्य हुनुपर्ने विद्यार्थीहरुलाई पढाईलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो । कार्यक्रमका अवसरमा स्व. बानियाँको तस्विरमा प्रमुख अतिथिको रुपमा रहनुभएका पूर्व मन्त्री ज्ञवालीले माल्यार्पण समेत गर्नुभएको थियो ।

    कोषका संस्थापक संरक्षक किरण बानियाँले वुवाको शिक्षाको क्षेत्रमा सेवा गर्ने चाहनालाई पुरा गर्नका लागि कोष स्थापना गरेको बताउँदै गरिव, दलित, असहाय, तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । हाल ५ लाखबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै २५ लाख पुराउने लक्ष रहेको पनि उहाँले बताउनुभयो । वार्षिक व्याजबाट ६० प्रतिशत छात्रवृत्ति वितरण गर्ने र ४० प्रतिशत रकम कोषमा नै थप गर्दै लगिने उहाँले बताउनुभयो । कोषबाट उच्च शिक्षा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई समेत सहयोग गर्न सकिनेछ ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयका पूर्व शिक्षक अभिभावक संघ सदस्य समेत रहनुभएका स्व. हिरा बहादुर बानियाँको सामाजिक योगदानको चर्चा गर्नुहुँदै विद्यार्थीको शैक्षिक उन्नयनमा टेवा पु¥याउने उद्देश्य राखेर छात्रवृत्ति कोष स्थापना गरेकोमा स्व. बानियाँका छोरा प्रकाश, किरण बानियाँ र सम्पूर्ण परिवालाई आभार प्रकट गर्नुभयो । कोषका संस्थापक, संरक्षक र विद्यालय विच समझदारी गरेर कोष संचालन निर्देशिका तयार गरिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा रु बानियाँ परिवारले रु ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै विद्यालयका ११४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको कोषका संस्थापक संरक्षक किरण बानियाँले जानकारी दिनुभयो । वि.स.२००८ साल वैशाख २८ गते जन्मिएका बानियाँको २०७९ साल कार्तिक १० गते हृदयघातका कारण मृत्युभएको थियो । स्व. वानियाँका २ श्रीमति, २ छोरा र ३ छोरी रहेका छन ।

    कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, प्रकाश माविका प्रधानाध्यापक लेख बहादुर हमाल, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममामा स्व. वानियाँको श्रीमति बलदेवि बानियाँ, बाल कुमारी बानियाँ, भाई गणेश बानियाँ लगायत सम्पूर्ण परिवारको उपस्थिति रहेको थियो । कार्यक्रम कोषका संस्थापक प्रकाश बानियाँको अध्यक्षता र विद्यालयका शिक्षक टेक बहादुर चोखालको संचालनमा सम्पन्न भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

    ५ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम


  • ५ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • समाचार
  • १

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १३ घण्टा अघि

  • २

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    १ दिन अघि

  • ३

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ५ दिन अघि

  • ४

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ५ दिन अघि

  • ५

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ६

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ७

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • ८

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ९

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • १०

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution