• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १६, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१९ घण्टा अघि
२

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ दिन अघि
३

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

२ दिन अघि
४

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

३ दिन अघि
५

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

४ दिन अघि
६

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

४ दिन अघि
७

उपल्लो मुस्ताङमा हिमपात

५ दिन अघि
८

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

५ दिन अघि
९

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

६ दिन अघि
१०

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

६ दिन अघि
११

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (१ साल अघि)

औंस्या किराले पाक्ने बेलामा सुन्तला झरेपछि देउपुरका कृषक चिन्तित

फोटो : सामाजिक संजाल

  • ३४२ पटक पढिएको
  • पर्वत, मंगसिर-२०,  पाक्ने बेलाको सुन्तलामा औंस्या  किरा फैलिएर नष्ट गर्न थालेपछि पर्वतका कृषक चिन्तित बनेका छन् । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं. ३ त्रिवेणीमा पछिल्लो दुई साता यता औंस्या  किराको प्रकोप फैलिएको हो। सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औंस्या  किरा र पतेरोले सुन्तला झरेर बगैंचा भरिएको किसानले बताएका छन् । देउपुरका दाताराम चापागाईले असिना र खडेरीबाट जोगिएको सुन्तला विक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औंसे किराका कारण सुन्तला झर्न र बोट समेत मर्न थालेपछि चिन्तित बनाएको बताउनुभयो ।

    गतवर्ष राम्रो आम्दानी गरेको भएपनि यसपालि सुन्तला कम फलेको भन्दै चापागाईले झर्न थालेपछि झनै चिन्ता बढेको बताउनुभयो । देउपुरमा मात्रै तीन सय बढि कृषक व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँवाट गत वर्ष मात्र रु ३ करोडको सुन्तला विक्रि भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समुहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिनुभयो । पछिल्ला केहि दिन यता औसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उहाँले बताउनुभयो । यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरेपनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताउनुभयो । उहाँका अनुसार किरा लागेर झरेका सुन्तला जम्मा गरेर नष्ट गर्न थालिएको बताउनुभयो ।

    अर्का कृषक लालु चापागाईले किरा लागेर धमाधम सुन्तला नष्ट भएपछि यस वर्ष सुन्तलामा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाण्डौ र बुटबल सम्म जाने भएपनि अहिलेसम्म व्यापारी आईपुगेका छैनन । टिप्ने बेलामा झर्ने र भएका दानामा पनि किरा लागेर खानै नमिल्ने समस्या देखिएको उहाँको भनाई छ ।

    यता कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणी लगायतका ठाउँमा आँसे किरावाट झण्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले औँसा किराले झरेका सुन्तलालाई प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले कृषकलाई प्लाष्टिकमा जम्मा गरेर नष्ट गर्न लगाईएको समेत बताउनुभयो । औसा किराको प्रकोपबारे पोखरावाट बाल संरक्षण प्रयोगशालावाट विज्ञहरु लगेर समेत स्थलगत अनुगमन गरिएको किराको प्रकोप निदानका लागि कृषकहरुलाई आवश्यक सल्लाह र विषादी समेत सिफारीस गरिएको बताउनुभयो । चाइनिज फ्रुट प्लाई अर्थात् औंस्या किराको चक्र ब्रेक गर्न झरेका सुन्तला प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्नुनै अहिलेको मुख्य उपाय रहेको उहाँको भनाई छ।

    झरेका सुन्तला भुँइमा नष्ट गरियो भने फेरि जमिनमा किराले फुल पार्ने र अर्को सिजनका सुन्तलालाई असर नगर्ने अधिकारीले बताउनुभयो । लोकतन्त्र अनलाइनबाट साभार

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १९ घण्टा अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

    १ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    २ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार


  • ३ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • ४ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ५ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • ५ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • समाचार
  • १

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १९ घण्टा अघि

  • २

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ दिन अघि

  • ३

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    २ दिन अघि

  • ४

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ३ दिन अघि

  • ५

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ४ दिन अघि

  • ६

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ४ दिन अघि

  • ७

    उपल्लो मुस्ताङमा हिमपात
    ५ दिन अघि

  • ८

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ५ दिन अघि

  • ९

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ६ दिन अघि

  • १०

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution