• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

६ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१ हफ्ता अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)

बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

फोटो : प्रताप बानिया

  • ६९९ पटक पढिएको
  • म्याग्दी, चैत, २,  म्याग्दीको बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बेनीबजारमा बजार व्यवस्थापन गर्ने भएको छ । बेनीबजारको विभिन्न स्थानमा अव्यवस्थित रुपमा विद्युतका पोलहरुमा टाँगिएका तार हटाउने तथा सडक पेटी र ठेलागाडाको व्यापारलाई व्यवस्थापना गर्ने तयारी गरिएको हो ।

    यसैक्रममा बुधवार बेनी नगरपालिका–७ र ८ नम्बर वडा कार्यालयको आयोजनामा बेनीका सरोकारवालाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको छ । बेनीबजार भित्रका टोल विकास समितिका पदाधिकारी, उद्योगी, व्यापारी र सरोकारवालाहरुसँग बेनीबजारको व्यवस्थापन गरेर बेनीलाई सुन्दर, हराभराको साथै पर्यटकको आगमन बढाउने विषयमा छलफल तथा अन्तत्र्रिmया गरिएको वडा कार्यालयले जनाएका छन् ।

    बेनीबजारलाई व्यवस्थित बनाउन आयोजित अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा सडक, पेटीमा अतिक्रमण गरेर राखिएका सामान, पाली र छाना हटाउनका लागि पर्सि ३ गते जनप्रतिनिधि, प्राविधिक तथा टोल विकास समितिसहितको टोलीबाट मार्किङ गरेर एरिया (क्षेत्र) छुट्याइने भएको छ । यसैगरी ५ गते सम्बन्धित व्यक्ति, संस्था वा पसलेलाई अतिक्रमित क्षेत्र आफै हटाउन १५ दिनको समय दिएर अपिलमार्फत अनुरोध गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

    त्यस्तै बजार क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारको व्यवस्थापन गर्नको लागि सम्बन्धित सेवा प्रदायक संस्थाहरुसँग ५ गते बेनी नगरपालिकाको कार्यालयमा वैठक बस्ने निर्णय भएको छ । यदि १५ दिनको समयभित्र पनि सम्बन्धित पक्षले अतिक्रमित क्षेत्र हटाउन र सडक, पेटीमा राखेको सामान नहटाएको खण्डमा बेनी नगरपालिकाले आउँदो १८ गतेदेखि अभियानको रुपमा आफै हटाउने जनाएको छ । बेनीबजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका पेटी जेसिभी मेसिनमार्फत भत्काउने, छाना तथा पाली वल्डिङ गर्ने मिस्त्रीको सहयोगमा निकाल्ने, ढुङ्गा, काठ, गिट्टी, बालुवाको सम्मिश्रणबाट बनेका संरचना मिस्त्री खटाएर अव्यवस्थित संरचनाहरु हटाउने कार्य सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थायी संरचनालाई हित हुने गरी निर्णय गरिएको हुँदा बेनीबजार क्षेत्रलाई व्यवस्थित बनाइने बताउनुभयो । उहाँले बजार क्षेत्रमा टाँगिएका अव्यवस्थित तारले बजारलाई कुरुप बनाएको, सडक–पेटी र ठेलाको व्यापारले अनावश्यक भीडभाड भएर दुर्घटनाको जोखिम समेत बढेको बताउँदै तारको उचित व्यवस्थापन तथा व्यापार, व्यवसायमा सहजीकरण गरिने बताउनुभयो । म्याग्दी भ्रमण गर्न आउने पर्यटकहरुको बेनीमा बसाई लम्व्याउनको लागि बेनीको हस्पिटलचोकदेखि महारानीथान र मङ्गलाघाटदेखि कालीपुल बसपार्क क्षेत्रसम्म पदमार्ग निर्माण गरिने तथा अन्य संरचनाहरु बनाइने उहाँको भनाइ छ ।

    कार्यक्रमका सहभागीहरुले बेनीबजारलाई व्यवस्थित बनाएर व्यापार–व्यवसाय बढाउने कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै यस कार्यमा नगरपालिकाले तदारुकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, बेनपा–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम बेनी नगरपालिकाका प्रवक्ता श्रेष्ठको अध्यक्षता र बेनपा–८, बेनीका वडा सदस्य यामबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । बेनी नगरपालिकाले यसअघि घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गरेको कार्य अहिले प्रभावकारी बन्दै गैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ४ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ६ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १ हफ्ता अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution