• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
Close
२०८० मंसिर १४, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

२ दिन अघि
२

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

२ दिन अघि
३

म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

३ दिन अघि
४

जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो

४ दिन अघि
५

पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

६ दिन अघि
६

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

१ हफ्ता अघि
७

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

१ हफ्ता अघि
८

भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

१ हफ्ता अघि
९

फरार भएको ६ महिना पछी फेसबुक मार्फत सम्पर्कमा आए देव कुमार नेपाली

१ हफ्ता अघि
१०

२१ औं जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर र लोगो सार्वजनिक

१ हफ्ता अघि
११

मल्लाज कालान्जर सेवा समाज पोखराले समाजका सदस्यको खेतको धान भित्र्याउन सहयोग गरे

१ हफ्ता अघि
१२

मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौं  साधारण सभा तथा  छैटौँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

११ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (१ साल अघि)

इमान्दार र अनुभवि नेता एमालेबाट प्रदेश (ख) का उम्मेदवार याम गर्वुजा

फाईल तस्विर

  • २५१ पटक पढिएको
  • २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ । जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ ।

    २०४१ सालमा तत्कालिन नेकपा मालेका विद्यार्थी संगठन अनेरास्ववियु एकताको पाँचौमा आवद्ध हुँदै राजनैतिक यात्रा सुरु गर्नुभएका गर्वुजा २०४२ सालमा पार्टीमा युवाहरुको संगठन वाइ.एलमा पनि आवद्ध हुनुभएको थियो ।

    २०४४ सालमा पृथ्वीनारायण क्याम्पस शिक्षा संकायको प्रारम्भिक कमिटी सदस्य भएर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हकहित र अधिकारका निम्ती आवाज उठाउनुभएको थियो । विद्यार्थी राजनीतिको समयमै गर्वुजाले क्याम्पसमा लोकप्रीय विद्यार्थी नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

    २०४३ भदौ १ गतेदेखि करिव ४ बर्ष सम्म शिक्षण पेशा अंगाल्नुभएका गर्वुजाले जागिरे जीवनको छोटो त्यो समयलाई पनि विद्यालय र विद्यार्थीको परिवर्तनका निम्ती उपलव्धीमुलक बनाउनुभएको थियो ।

    २०४८ सालमा शिक्षक संगठनको जिल्ला सदस्य हुनुभएका गर्वुजा २०५१ सालमा म्याग्दी काठमाण्डौ सम्पर्क मञ्चको संस्थापक सदस्य हुँदै २०७० सालमा अध्यक्ष भएर सफलताका साथ कार्य सम्पादन गर्नुभएको थियो ।

    २०७३ सालमा नेकपा एमाले अञ्चल कार्यसमितिको कोषाध्यक्ष भएर पार्टीको संगठनलाई बजुबत बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएको छ ।

    २०७५ सालमा नेकपा एमालेको गण्डकी प्रदेश सम्पर्क कमिटी सदस्य तथा २०७७ सालमा गण्डकी प्रदेश कमिटी सदस्य हुनुभएका गर्वुजा पार्टीको एक अथक सिपाही बनेर राजनैतिक यात्रालाई अनवरत रुपमा अगाडी बढाईरहनुभएको छ ।

    ५३ बर्ष उमेर पुग्नुभएका गर्वुजाले जिल्लाको विकास र परिवर्तनमा जीवन समपर्ण गर्ने अठोट लिनुभएको छ । विपतको समयमा होस या विकास निर्माणको काममा निगरानी गर्न, खवरदारी गर्न गर्वुजाले अग्रसरता देखाउनुभएको छ । सामाजिक सेवाको भावनाले ओतप्रोत भएका गर्वुजाले विदेशमा ज्यान गुमाएका म्याग्देलीको शव नेपाल ल्याउन पहल गर्ने देखि लिएर विदेश तथा नेपालमा समेत दुख, विमार तथा अप्ठ्यारो अवस्थामा रहेका थुपै्र म्याग्देलीको समस्यामा हातेमालो गरेर म्याग्देलीहरुको मन जित्नुभएको छ ।

    २०७५ साल फागुनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख स्वकिय सचिवको रुपमा दुई बर्ष काम गर्नुभएको थियो ।

    उहाँ स्वकिय सचिवको रुपमा रहदा जिल्लामा बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि विभिन्न गतिविधिहरु संचालन गर्न भूमिका निभाउनुभएको थियो भने मन्त्रालयका गतिविधिहरु नजिकबाट नियालेर थुप्रै अनुभव समेत बटुल्नुभएको छ ।

    २०७९ भदौमा सम्पन्न लोकतान्त्रिक मगर संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालय सदस्यमा निर्वाचित हुनुभई गर्वुजाले आफ्नो मगर समुदायको संस्कार, संस्कृति, पहिचान र अस्तित्वका लागि रचनात्मक गतिविधिहरु संचालन गरिरहनुभएको छ ।

    म्याग्देली माटोमा जन्मिएर सामाजिक सचेतनाका आन्दोलनमा अग्र रुपमा लाग्नु भएका नेता गर्वुजा राजनैतिक यात्रामा सक्रिय हुनुहुन्छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गर्वुजा प्रदेशसभा क्षेत्र ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

    मंगला, मालिका, र धवलागिरी गाउँपालिका समेटिएको प्रदेश निर्वाचन क्षेत्रबाट उहाँको मुख्य प्रतिपर्धीमा पाँच दलीय गठवन्धनबाट नेकपा माओवादीका जिल्ला संयोजक समेत रहनुभएका रेशम जुग्जाली सुविन उम्मेदवार हुनुहुन्छ ।

    स्थानीय निर्वाचनमा दुईवटा पालिका अध्यक्ष, उपाध्यक्ष र ९ वटा वडा जितेको एमालेको संगठन मजवुत भएकाले पनि आफ्नो जित सुनिस्चित रहेको उम्मेदवार गर्वुजाको भनाई छ ।

    करिव ३८ बर्षको राजनैतिक यात्रामा कहिकतै कसैसंग पनि विवादित नवनी सवैसंग मित्रवत व्यवहार गरी उच्च नैतिकता र छवि बनाएकाले पनि भोट आउने आशा गर्वुजामा छ ।

    एमालेको सरकार हुँदा सो क्षेत्रको सडक, पर्यटन, शिक्षा, भौतिक निर्माण लगायतको क्षेत्रमा राम्रो काम भएकाले पनि जनताले म र हाम्रो पार्टी एमालेलाई विश्वास गरि भोट दिनेछन यो कुरामा म विश्वस्त छु, उम्मेदवार गर्वुजाले सुनाउनुभयो ।

    आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन, सडक लगायतमा तीनै तहको सरकार संग समन्वय गरि विकासका गतिविधि संचालन गर्ने उम्मेदवार गर्वुजाको प्रतिवद्धता छ । बेनी देखि दरवाङ, मराङ, मल्कावाङ, कुइने, ठाडाखानी, पाखापानी हुँदै फेरी बेनी पुग्ने सडकलाई स्तरउन्नति गरि बाह्रै महिना संचालन हुने गरि रिङ्गरोड संचालन गर्ने, मालिकाको ओखरबोट लगायतको स्थानमा रहेका तामाखानी र रुमको स्लेट ढुङगाखानी संचालनमा ल्याइ स्थानीयलाई स्वरोजगार बनाउने गर्वुजाको योजना छ ।

    एकपालिका एक छात्रावास ( करिव २०० क्षमताको ) संचालन गरि त्यस पालिकाका गरिव तथा विपन्न र अनाथ बालबालिकाहरुलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाउने, एक पालिका एक सुविधा सम्पन्न अस्पताल निर्माण कार्य संचालन गर्ने, जलविद्युत उत्पादनलाई मेघा प्रोजेक्टको रुपमा विकास गर्ने, धवलागिरि हिमाल आधार शिविर जाने पदमार्गलाई व्यवस्थित बनाउने र आवश्यक पूर्वाधार निर्माण गरि पर्यटन विकासमा टेवा पुर्‍याउने, पालिकाका केन्द्र जोडने तथा पालिका भित्रका मुख्य मुख्य सडकहरुलाई कालोपत्रे गर्ने, मंगलाको टोड्के, झाँक्रीपानी, चिनाकोट, चाँङगा, मालिकाको दुरुलेक, बराहीताल, भाले बास्ने ताल, गाइखर्कताल, धवलागिरीको ताकमकोट, मुना मालिकाधुरी लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरि आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि योजना निर्माण गर्ने र कार्यान्वयनका लागि पहल गर्ने लगायतका एजेन्डा गर्वुजाको रहेको छ ।

    जिल्लाको विकास, परिवर्तन र नागरिकहरुको समृद्धि चाहने नेकपा एमालेका पाका र अनुभवि नेता गर्वुजालाई प्रदेश ख मा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई सूर्य चिन्हमा मतदान गरि भारी मतका साथ विजयी गराउनका लागि नेकपा एमाले निर्वाचन परिचालन कमिटी प्रदेश (ख) ले मंगला, मालिका, र धवलागिरि गाउँपालिकाबासी सम्पूर्ण महानुभावहरुमा हार्दिक अपिले गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

    २ दिन अघि

    मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

    ३ दिन अघि

    म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ


  • ४ दिन अघि

    जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो

  • ६ दिन अघि

    पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

  • १ हफ्ता अघि

    सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

  • १ हफ्ता अघि

    लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

  • समाचार
  • १

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन
    २ दिन अघि

  • २

    मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास
    २ दिन अघि

  • ३

    म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ
    ३ दिन अघि

  • ४

    जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो
    ४ दिन अघि

  • ५

    पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ६ दिन अघि

  • ६

    सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न
    १ हफ्ता अघि

  • ७

    लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर
    १ हफ्ता अघि

  • ८

    भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
    १ हफ्ता अघि

  • ९

    फरार भएको ६ महिना पछी फेसबुक मार्फत सम्पर्कमा आए देव कुमार नेपाली
    १ हफ्ता अघि

  • १०

    २१ औं जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर र लोगो सार्वजनिक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution