• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)

एमालेको बेनी र धवलागिरिमा चुनावी सभा

तस्विर : देवी जिसी

  • ७६० पटक पढिएको
  • म्याग्दी, कार्तिक-२२,  मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा आज (मङ्गलवार) नेकपा एमालेले बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा आयोजना गरेको हो ।

    सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान गर्न र जिल्लाको विकासमा आवश्यक भूमिका खेल्न आफू उम्मेदवारको रुपमा चुनावी मैदानमा आएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकास गर्ने उद्देश्यसहित निर्वाचनमा उठेको बताउँदै आफूले म्याग्दीवासी आम जनतालाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो ।

    सोही कार्यक्रममा प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले राष्ट्रियताको सवालमा र देशको समग्र क्षेत्रको विकासमा एमालेको स्पष्ट भिजन रहेको बताउँदै आउँदो निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभयो । उहाँले यसअघि आफू जनप्रतिनिधिको हिसाबले जिल्लालाई नजिकबाट बुझ्नुका साथै जिल्लाको विकास निर्माणमा आवश्यक पहल गरेको बताउँदै थप विकासमा जनतासँग हातेमालो र विकास गर्नेगरी पुनः चुनावी मैदानमा आएको बताउनुभएको छ ।

    एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दीमा एमालेको जित सुनिश्चित रहेको बताउँदै सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्प पुरा गर्न एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यद्वय डिपी शर्मा, पशुपति शाही, बेनी नगर कमिटी अध्यक्ष एवं युवा नेता नारायण जिसी, जिल्ला सदस्य बेलबहादुर चोखाल, अनेरास्ववियुका नेता मिलन खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रम एमालेका स्थानीय नेताहरु बुद्धिबहादुर चोखाल, कृष्ण मल्ल र बाबुराम सुवेदीले अध्यक्षता गर्नुभएको थियो ।

    यसैगरी प्रदेशसभा (२)को मल्कबाङ र मराङमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले देशका गरिब, निमुखा र विपन्न समुदायको पक्षमा काम गर्ने पार्टी एमाले भएकाले आउँदो निर्वाचनमा एमालेलाई अत्यधिक भोट दिएर जिताउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा मराङ र मल्कबाङलाई लक्षित गरी म्याग्दीखोला तथा अर्गलामा पक्की मोटरेबल पुल निर्माणको पहल, मराङ–विम जोड्ने झोलुङ्गे पुल निर्माण, विम–मराङ–मल्कबाङ सडक विस्तार तथा विद्युतीकरणलगायत थुप्रै विकास निर्माणका कामहरु गरेको बताउँदै थप काम गर्नका लागि एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।

    प्रदेशसभा निर्वाचन (२)का उम्मेदवार एमाले गण्डकी प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजाले पश्चिम म्याग्दी क्षेत्रमा रहेको जडिबुटी तथा वनपैदावरको परिचालन, कृषि, पर्यटन र पूर्वाधारको विकास गरी जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो एजेण्डा रहेको सुनाउनुभयो । उहाँले प्रदेशसभा (२)अन्तर्गत मंगला, मालिका र धवलागिरि गाउँपालिकाभित्र रहेको स्रोतसाधनको परिचालनको साथै स्वदेशमै रोजगारको सिर्जना गरी युवा पलायन रोक्ने, कृषि, जडिबुटी, पर्यटन र जलविद्युतको विकास गर्ने तथा ग्रामीण क्षेत्रका सर्वसाधारण, नागरिकको आर्थिक अवस्था सुधार्न आवश्यक पहल गर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यद्वय रामचन्द्र गौतम, पदमलाल सापकोटा, एमाले म्याग्दीका उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जनमुखी बजेट, नीति तथा कार्यक्रम बनाएर देशको समुचित विकास गर्नका लागि एमालेलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई आग्ह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution