• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

५ घण्टा अघि
२

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१ हफ्ता अघि
३

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ हफ्ता अघि
४

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ हफ्ता अघि
५

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
६

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
७

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
८

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
९

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
१०

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
११

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

२ हफ्ता अघि
१२

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर १४, बुधबार (३ साल अघि)

अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

तस्विर : प्रताप बानिया

  • ४७४ पटक पढिएको
  • म्याग्दी, मंसिर-१३,  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा  मङ्गलवार बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो ।

    अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्चले आयोजना गरेका थिएभने सुआहारा कार्यक्रम (दोस्रो) र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) म्याग्दी शाखाले सहकार्य गरेका थिए । समुदायस्तरमा हुने बालविवाहले पार्ने असरको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले समुदायस्तरमा रहेको बालविवाहलाई सरोकारवाला निकाय सबै मिलेर न्युनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कानुनका हिसाबले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै सानै उमेरमा विवाह गर्दा विभिन्न समस्याहरु आइपर्ने हुँदा त्यसमा अभिभावकहरुले विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । परिवार वा समुदायमा कसैले पनि कसैलाई हिंसा गर्न नहुने बताउँदै उहाँले समुदायमा हुने जुनसुकै किसिमको हिंसालाई पनि रोक्नुपर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले बालविवाह र यसले पार्ने असर तथा बालविवाह न्युनीकरण गर्नको लागि कानुनी व्यवस्थासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र सुआहारा कार्यक्रम म्याग्दीका वरिष्ठ कार्यक्रम विज्ञ बालकुमारी पुनले सुआहारा कार्यक्रम तथा पोषणको विषयमा सहजीकरण गर्नुभएको थियो ।

    अन्नपूर्ण–६, घारका कार्यवाहक वडा अध्यक्ष पुष्पा बानियाँ बरुवालको अध्यक्षता, घार स्वास्थ्यचौकीका अहेव मातृकाप्रसाद जोशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अवसरमा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो ।

    यही मंसिरको ९ गतेदेखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा यसवर्ष घारमा बालविवाह न्युनीकरण तथा महिलाहरुलाई प्रजनन् स्वास्थ्यको विषयमा समेत जानकारी गराउन कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा बालविवाह तथा प्रजनन् स्वास्थ्य र पोषणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुका साथै सन्देशमूलक भिडियो डकुमेन्ट्री पनि देखाइएको थियो । उक्त कार्यक्रममा घारका महिलाहरुले उल्लेख्य रुपमा सहभागिता जनाएका थिए ।

    नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ ।

    महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यस अभियानअन्तर्गत हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधिहरु र कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    १ हफ्ता अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    १ हफ्ता अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • २ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता
    ५ घण्टा अघि

  • २

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १ हफ्ता अघि

  • ३

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ हफ्ता अघि

  • ४

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ६

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ७

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ८

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ९

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution